Sunday, November 24, 2019

सडकमा पोलको झमेला

विदुर/स्याफ्रुबेँसी–रसुवागढी खण्डको सडक छेउमा रहेका विद्युतको तार र पोल सार्न नसक्दा सडक स्तरोन्नतिको काम स्थगन भएको छ ।
स्याफ्रुबेँसीदेखि रसुवागढी सम्मको १६ किलोमिटर सञ्चालन भइरहेको अन्तराष्ट्रिय राजमार्ग दुई लेनको कार्य चीन सरकारको सहयोगमा हुन लागेको र काम गर्न चिनियाँ ठेकेदार समेत कार्यक्षेत्रमा आइसके पनि सडक छेउमा रहेका विद्युत लाइन अन्यत्र सार्न ढिलाइ हुँदा राजमार्ग स्तरोन्नति गराउने काम स्थगन भइरहेको गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
दशैँ अगाडि नै टिमुरेको घट्टेखोलामा एक छलफल गरी सडक स्तरोन्नति गर्न जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले काम गर्न आई सडक विस्तारमा सहज पार्न राजमार्ग छेउका विद्युत् लाइन स्थानान्तरण गरिदिन आग्रह गरेको थियो ।
लाइन स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरण धुञ्चेलाई आग्रह गरिए पनि विद्युत् खम्बा सार्ने प्रक्रिया अगाडि नबढ्दा राजर्माग सुधारमा ढिलाइ भइरहेको आयोजना प्रमुख भण्डारीले बताए ।

No comments:

Post a Comment