Sunday, November 24, 2019

सडक मर्मत थालियो

विदुर/पासाङल्हमु मार्गको बेत्रावतीदेखि स्याफ्रुबेशीसम्मको सडकमा परेका खाल्डाखुल्डी पुर्न थालेको छ ।
सुख्खायाम सुरु भएसँगै बेत्रावतीदेखि कालिकास्थान, धुन्चे हुदै स्याफ्रुबेशीसम्मको सडकमा परेको खाल्डाखुल्डी पुर्न सुरु गरेको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । गएको शनिबारदेखि धुन्चे–कालिकास्थान सडकखण्ड अन्तर्गत स्याउबारीबाट खाल्डाखुल्डी परेको सडक मर्मत सुरु गरेको कार्यालयले जनायो ।
गएको बिहिबार जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवालासँगको छलफलपछि बिग्रिएका सडक सुधारको अभियान सुरु गर्ने निर्णय गरिएको थियो । छलफलले सडक डिभिजन कार्यालय नुवाकोटको समन्वयमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाको नेतृत्वमा बिग्रेका सडक मर्मतको काम सुरु गर्ने निर्णय गरिएको थियो । सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यका अनुसार आवश्यक जेसिभि, लोडर र टिपर प्रयोग गरि बिग्रेको सडक मर्मत सुरु भएको छ ।
यस्तै, अन्तराष्ट्रिय ब्यापारिक नाका जोडिएको सडक जिर्ण बने पछि सडक मर्मत गरी सहज रुपमा सवारी सञ्चालन गर्ने वातावरण बनाउन सवारी चालकहरूले सम्बन्धित निकायसंग माग समेत गरेका छन् ।

No comments:

Post a Comment