विदुर/नुवाकोटमा निर्माणाधीन जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको पहिलो योजना ‘माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत् आयोजना’को निर्माण ४० प्रतिशत काम सकिएको छ ।
आयोजनाको प्रवद्र्धक कम्पनी त्रिशुली जलविद्युत् कम्पनीका अनुसार आयोजनाको ३८ सय पाँच मिटर मुख्य सुरुङ मध्ये १४ सय मिटर खनिसकेको कम्पनीले जनायो । यो आयोजना इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा अघि बढाइएको हो । २०७४ फागुन मसान्तमा सुरु भएको ३७ मेगावाट क्षमताको यो आयोजना २०७७ फागुन मसान्तभित्रै पूरा गर्ने जिम्मेवारी दिइएको छ ।

No comments:
Post a Comment