उषा रेग्मी
विदुर/नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टले दुई चरणमा काम सम्पन्ने गर्ने भएको छ । नौं महिना अघिनै निर्माण सम्पन्न हुनुपर्ने आयोजनाको काम अहिलेसम्म पनि जारी रहेको छ ।
निर्माण सम्पन्न भई उत्पादनको अन्तिम चरणमा रहेपनि यसले सुरुमा झण्डै आधा कम मात्रै उर्जा उत्पादन गर्ने छ । जारी काम अनुसार तीन महिनाभित्र १० मेगावाट उत्पादन गर्ने तयारीमा रहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए । हालै मात्र प्राधिकरणले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरिसकेको छ ।
आयोजनाबाट दुई चरणमा आगामी छ महिनाभित्र शतप्रतिशत विद्युत् उत्पादन लक्ष्य छ । नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ र वडा नं. १२ मा पर्ने देवीघाट जलविद्युत् केन्द्रको खाली जग्गा सम्याउने काम पूरा भइसकेको छ ।
२.५ मिटर लम्बाइको ‘पिल्लर गाड्न ड्रिल’ गर्ने उपकरण प्रयोगमा ल्याइएकाले तीन महिनामै १० मेगावाट विद्युत् उत्पादन गर्न सकिने आयोजनाको दाबी छ । पिल्लर गाड्ने काम भइरहेको र अन्य आवश्यक सामग्रीसमेत कार्यक्षेत्रमा ल्याउने आउने क्रममा रहेको आयोजनाका प्रमुख रघुवंशीले बताए । निर्माण तीव्र बनाउन सकेमा माघमै विद्युत् उत्पादन गर्न सकिने उनले बताए ।
पहिलो चरणमा १० मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्न दुई स्थानमा प्यानल जडान भइरहेको छ । नेपाली सेनाको ब्यारेक पछाडिको चउरमा सौर्य प्यानल जडानका लागि ३६ सय पिल्लर गाड्ने काम अन्तिम चरणमा पुगिसेको बताइएको छ ।
आयोजनाले कूल २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याउन लागेको छ । ऊर्जा मिश्रण परियोजना अन्तर्गत सो कार्य अगाडि बढेको प्राधिकरणले
जनाएको छ । पहिलो चरणमा १० मेगावाट विद्युत् उत्पादन शुरु भएपछि अर्को तीन महिनाभित्रै बाँकी १५ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाका इञ्जिनीयर नीरज कर्णले बताए ।
थप विद्युत् उत्पादनका लागि अन्य पाँच स्थानमा एकै साथ सोलार प्यानल जडान गर्न लागिएको हो । दोस्रो चरणमा विदुर नगरपालिकाको ६ र १२ मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको स्थान अन्य थप पाँच स्थानमा जग्गा सम्याउने काम अन्तिम चरणमा छ ।
नेपालकै ठूलो सौर्य प्लान्टको रुपमा निर्माण भइरहेको ‘ग्रिड सोलार आयोजना’ नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण थालिएको हो ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना मार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’ मार्फत भइरहेको छ । करिब तीन अर्ब ८० करोड रुपैयाँ लागत रहने अनुमान गरिएको आयोजना विद्युत् उत्पादनका लागि प्रभावकारी र सस्तो हुने दाबी छ ।
प्राविधिकका अनुसार यस आयोजना २५ मेगावाट विद्युत् उत्पादन भए पनि डिसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रुपान्तरण गर्दा २० मेगावाट विद्युत प्रयोगयुक्त हुनेछ । आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भारको सम्पूर्ण काम निर्माण व्यवसायीले पाँच वर्षसम्म गर्ने सम्झौता उल्लेख भएअनुसार आयोजनाको हस्तान्तरण त्यसपछि मात्रै हुने छ ।
परियोजनाबाट उत्पादित विद्युत् देवीघाट जलविद्युत् केन्द्रमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिने छ । त्यसका लागि सवस्टेशन निर्माण भइरहेको छ ।
प्लान्ट र सवस्टेसनको दूरी ५०० मिटरदेखि दुई किलोमिटर मात्र पर्ने हुँदा प्रसारण लाइन विद्युत् उत्पादनभन्दा अघि नै सम्पन्न भइसक्ने आयोजनाले जनाएको छ । प्लान्ट सञ्चालनमा आएपछि वार्षिक तीन करोड ३० लाख युनिट विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा थप हुने प्राधिकरणले जनाएको छ ।

No comments:
Post a Comment