विदुर\आइतवार बिहान भएको सबारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । पाँच जनाको अवस्था गम्भिर छ । विदुर नपा ६ मुल्थलामा बिहान साढे आठ बजे आइचर दुर्घटना भएको हो । मृत्यु हुनेमा रसुवा लाङटाङका १९ बर्षिया सुदिप तामाङ र खोटाङका १९ बर्षिया अनिल तामाङ छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले बताए ।
अन्य पाँच जनाको अवस्था गम्भिर छ । उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ । गम्भिर घाइते हुनेहरूमा गाडीका चालक नुवाकोट ककनी गापा १ का ३८ बर्षिया गणेश बलामी, जाजरकोट स्याला गापाका १८ बर्षिया बिमल सुनार, जाजरकोट भेरी नपा २ का २२ बर्षिया टंकराज सुनार, सोही गाउँका २४ बर्षिया हेमराज ठकुरी, सोही गाउँका ३० बर्षिया तिलक खत्री छन् । विदुर नपा ६ मुल्थलाका ४५ बर्षिया सचितकुमार रिमालको अवस्था भने सामान्य छ ।
उनीहरू सबै मुल्थला चैनपुर भित्री सडक खण्डमा नागार्जुन कन्ट्रक्सन कम्पनी अन्र्तगत कार्यरत कामदार हुन् । उनीहरू सबार बा २ क ७९१० नम्वरको आइचर एक सय मिटर तल खसेको प्रहरीले जनायो ।
दुर्घटनामा फेरि अर्को संयोग
विदुर\सडक दुर्घटना न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटले शुक्रवार विदुरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले भने– ‘दुई महिना अघि हामीले विदुरमा सवारी चालक देखि सरोकारवाला जम्मा पारेर दुर्घटना न्युनिकरणका लागि कार्यक्रम गर्यौ, तर त्यसको पर्सीपल्टै बट्टारमा भएको दुर्घटनामा बालकको ज्यान गयो ।’
उनले भने जस्तै यो पटक दोश्रो संयोग नुवाकोटमा तुरुन्तै परेको छ । शुक्रवार सडक सुरक्षा र दुर्घटना न्युनिकरण गर्नका लागि भएको प्रयासको पर्सीपल्टै (आइतवार) दुर्घटना भएको छ । त्यो पनि दुई जनाको निधन र पाँच जना चिन्ताजनक अवस्थामा पुग्ने गरी । पछिल्लो समय देशका विभिन्न भागमा दैनिक सवारी दुर्घट्ना हुन थालेपछि प्रहरीले शुक्रवार देशैभरी अन्तरक्रिया कार्यक्रम गरेको थियो । त्यस कार्यक्रममा आफ्नो तर्क राखिरहेका डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्य सवारी साधन दुर्घटनामा मानिसको ज्यान जाने घटना मालबाहक साबरी साधनले मानिस बोकेपछि बढि हुने बताइरहेका थिए । केही महिना अघि घ्याङ्फेदीमा भएको आइचर दुर्घटनामा ३० जनाले ज्यान गुमाएको प्रसङ्गलाई उल्लेख गर्दै उनले अझै पनि मालबाहक सवारी साधनले
यात्रु बोकिरहे मृत्युको संख्या बढ्ने दावी गरेका थिए । आइतवार विदुर नगरपालिका वडा नंं. ६ मुल्थलामा भएको घटनाले यहि पुष्टि गरेको छ ।
नुवाकोट प्रहरी र ट्राफिक प्रहरी कार्यालय नुवाकोटले समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत सबारी दुर्घटना न्युनिकरण सम्बन्धि अन्तक्रिया आयोजना गरेको हो ।
त्यस कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सबारी तथा सडक सुरक्षामा यातायात ब्यबसायीहरू सचेत हुनु पर्ने बताए । ट्राफिक नियमको राम्रोसंग पालना नभएकै कारण सडक दुर्घटनामा ज्यान गइरहेको उनले बताए । जिल्लामा सञ्चालित सबै यातायातका साधनमा बढ्दो सवारी चाप र बिग्रदो सडक दुर्घटनाको कारक बनेकोले दुवै बिषयमा चालक सचेत रहनुपर्ने विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । बिगत देखिनै दुर्घटना न्युनिकरणमा आफुहरूले चाँसो देखाएको बताउदै जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख बिकल भट्टराईले देशभरको दुर्घनालाई हेर्दा नुवाकोटमा सामान्य जस्तै रहेको उल्लेख गरे । कार्यक्रममा नेकपा नुवाकोटका यमकुमार खाती, काँग्रेस नुवाकोट प्रवक्ता राजु थापा, नुवाकोट उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गीता अमात्य, नागरिक समाजका अध्यक्ष बाबुराम लामिछाने लगायतले सुझाव पेश गरेका थिए ।

No comments:
Post a Comment