Sunday, December 01, 2019

जिल्लामा ठूला उद्योग सञ्चालनको माग

विदुर/नुवाकोटमा पाँचौ उद्योग दिवस मनाईएको छ । त्यस अवसरमा गएको सोमवार अन्तक्रिया भएको थियो । कार्यक्रममा औद्योगिक क्षेत्रमा लगानी बढाउने र आबाश्यक सम्भाब्यताको खोजी गर्नु पर्ने सरोकारवालाहरूले बताए । नुवाकोट उद्योगको लागी पुर्बाधार सम्पन्न जिल्लाको रुपमा लिएपनि ठुला उद्योग धन्दाहरू खुल्न सकेको छैन । नुवाकोट उद्योग बाणिज्य संघले जिल्लामा ठुला उद्योग तथा कलकारखानाहरू सञ्चालनका लागि पहल गर्नु पर्न सहभागीहरूले बताए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उद्योगको लागी नुवाकोट उपयुक्त रहेको बताए । त्रिदेशिय मार्गको ट्रान्जिट प्वाईन्ट, काठमाण्डौ जस्तो ठुलो बजार क्षेत्रबाट नजिक, जल, जमिन र जङगल पर्याप्त भएकाले नुवाकोटमा उद्योगको प्रचुर सम्भाबना रहेको उनले बताए ।
औद्योगिक क्षेत्रको उत्पादनमा सरकार, उद्योगी र श्रमिकहरूबीच राम्रो समन्वय भएमा मात्रै उद्ययोग फष्टाउन सक्ने बताईएको छ । जिल्ला भित्रै रहेका उद्योगहरूलाई बढावा दिन स्थानिय तहले समेत नीति नियम निर्माण गर्नुपर्ने आबाज उठेको छ । नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जिल्ला बिशेष आर्थिक क्षेत्र ‘सेज’को निर्माण प्रकृयामा रहेको बताए । संघका पुर्ब अध्यक्ष शरणउत्सुक सापकोटाले जिल्ला भित्र उत्पादन हुने बस्तु तथा सेवाको बजारिकरणको लागी समस्या नरहेको दावी गरे । औद्योगिक प्रवद्र्धनका लागि लगानीको वातावरण बनाउन तथा सरकारी, गैरसरकारी र निजि क्षेत्रको सम्बन्ध बनाई समन्वयात्मक रुपमा उद्योग क्षेत्रको विकास अघि बढाउने उद्देश्यले १९९२ मंसिर ९ गते उद्योग परिषद् स्थापना भएको थियो । उद्योग परिषद्को स्थापना भएको स्मरण गर्दै दिबस मनाउने गरिएको छ ।

No comments:

Post a Comment