Sunday, December 01, 2019

गोसाइँकुण्ड सहकारीको स्थापना दिवस

उषा रेग्मी
बट्टार/ॐ श्री गोसाइँकुण्ड बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेडले बट्टारमा निर्माण भइरहेको क्रियापुत्री भवनका लागि कल्याण प्रतिष्ठानलाई ५१ हजार १२५ रुपैयाँ प्रदान गरेको छ ।
      सहकारीको १८ औं स्थापना दिवसको अबसरमा बुधवार आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ३ को उपसभामुख राधिका तामाङले प्रतिष्ठानका अध्यक्ष मोहनबहादुर खड्कालाई सहकारीको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य कल्पना नेपाली जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रवक्ता टलकमान श्रेष्ठ, जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष राजेश श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, बिदुर खानेपानी, सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष सञ्जिब श्रेष्ठले मन्तब्य राखे ।
२०५८ सालमा स्थापना भएको सहकारीले रेमिट्यान्स सेवा, लघु कर्जा कार्यक्रम, सिप बिकास तालिम तथा जीविकोपार्जनको विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सहकारीका सचिब रामकृष्ण राजभण्डारीले जानकारी दिए । हाल सहकारीमा २१ सय २५ जना शेयर सदस्य छन् । सहकारीले कबिन्द्रमान प्रधान, धननारायण चित्रकार, इन्द्रबहादुर पण्डित, पुष्प अमात्य, कृष्णसिंह प्रधान, ठाकुर पुडासैनी लगायत २५ जना संस्थापक सदस्यहरूलाई सम्मान समेत गरेको छ ।

No comments:

Post a Comment