Sunday, December 01, 2019

स्थानीय सरकारको प्रभावकारितामा छलफल

विदुर/जिल्ला समन्वय समिति र संवाद समुह नुवाकोटले स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सरोकारवालाहरूसंग आइतवार अन्तरक्रिया गरेको छ । दुई नगरपालिका र १० गाउँपालिकाबाटै प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतहरू सहभागि कार्यक्रममा स्थानीय सरकारले गर्नुपर्ने काम र त्यसको अवस्थाको बारेमा छलफल भयो ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव रुद्रसिंह तामाङले सहजिकरण गरेका छन् । गाउँपालिका, नगरपालिकामा सञ्चालन भइरहेको योजना तथा विकासका कार्यक्रमको प्रकृति र त्यसको प्रभावकारिताको बारेमा कार्यक्रममा बढि चर्चा भएको छ ।
उक्त छलफलले औल्याएको समस्या निराकरणका लागि जनप्रतिनिधिहरूबाट सामुहिक प्रतिवद्धता व्यक्त भयो । आयोजक संस्थाका भोलाराज पौडेलका अनुसार कार्यसम्पादनमा जनप्रतिनिधि र कर्मचारीबीचको सम्वन्ध कमजोर रहेको देखि योजनाहरूको स्थलगत अनुगमनको कमीसम्ममा सुधारको प्रतिवद्धता आएको हो ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सबै स्थानीय तहसंग समन्वय गरेका विकास निर्माण र नागरिकहरूले सेवा पाउने मुलभुत पक्षमा पारदर्शिता अपनाउन सहजिकरण गर्ने बताए ।  

No comments:

Post a Comment