नर्जामण्डप/नुवाकोटको तादी गाँउपालिकाले दुई बिद्यालयलाई खेलकुद र शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।
नर्जामण्डपको बिज्ञान मावि र जनजागृत माविलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेको हो । शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई उत्तिकै सक्रिय गारउन सामाग्ी हस्तान्तरण गरिएको तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए ।
गाँउपालिकाका उपाध्यक्ष ईश्वरी उप्रेतीले शिक्षा र खेलकुदलाई संगै लगेमा स्वस्थ्य समाज र जनशक्ति उत्पादन हुने बताए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अशोक बिष्ट, वडा नम्बर ५ का अध्यक्ष बिष्णुप्रसाद अधिकारी, वडा नम्बर ६ का अध्यक्ष केशब थापा लगायतको उपस्थिति थियो ।

No comments:
Post a Comment