Sunday, December 01, 2019

वकिलहरूको भुमिका सकारात्मक

विदुर/नुवाकोटमा कार्यरत कानुन व्यवसायीहरूको कार्य क्षमता र विगतको योगदानको सार्वजनिक व्यक्तिहरूले खुलेर प्रशंसा गरेका छन् । १० बर्षे शसस्त्र द्धन्द्धमा मानव अधिकार रक्षाका लागि र जनआन्दोलनकामा वकिल र उनीहरूको छाता संस्थाले पु¥याएको योगदानको चर्चा भएको हो ।
शुक्रवार नेपाल वार एशोसिएसन नुवाकोट जिल्ला अदालत वार इकाईको विदुरमा भएको १३ औं बार्षिक साधारण सभामा बोल्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नागरिकहरूले बढि भरोगार गरेको व्यवसायिक संस्था बारले समुदाय र राष्टूका लागि गरेको योगदान भुल्दा कानुनी राज्य नै मासिने खतरा हुने बताए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सरकारी तवरबाट गरिने न्याय सम्पादनमा बार एशोसिएसन र यहाँका कानून व्यवसायीहरूको सहयोग र सकारात्मक भुमिका उल्लेख्य रहेको बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उप प्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका उप प्रमुख गीताकुमारी दाहाल, जिल्ला सकारी वकिलको कार्यालयका प्रमुख न्यायाधीवक्ता गोपाल ढकाल, जिल्ला अदालत नुवाकोटका श्रेष्तेदार शिबप्रसाद बञ्जरा, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनाल, जिल्ला बार एसोसिएसन नुवाकोटका पुर्व अध्यक्ष रामेश्वर उपाध्यायले नुवाकोट बारको कामको बारेमा प्रशंसा गरे । उनीहरूले संविधान कार्यान्वय र कानूनको जानकारी तथा न्यायलाई सहज र सरल बनाउ वकिलहरूले गर्न सक्ने योगदानको सुझाव समेत दिएका छन् ।
नुवाकोट बारले जिल्ला अदालत अगाडी भवन निर्माण गरिरहेको छ । दुई ढलान भएको भवन निर्माणको अन्तिम चरणमा रहेको अध्यक्ष देवराज कँडेलले बताए । २०४५ सालमा स्थापना भएको बारले पेशागत हक संरक्षण, सामाजिक उत्तरदायित्वको साथमा भौतिक संरचना विकासमा पनि एकै साथ काम गरिरहेको छ । बार्षिक साधारण सभामा जिल्ला अध्यक्ष कँडेलको वार्षिक कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष कुमार अधिकारीको आर्थिक प्रतिवेदन बन्दसत्रले सर्बसम्मत रुपमा पारित गरेको छ ।

No comments:

Post a Comment