शर्मिला उप्रेती
नुवाकोटको म्यागाङ गाउँपालिका वडा नं. ४ किम्ताङका ५१ वर्षिया पुर्णबहादुर तामाङको परिचय र दैनिक फेरिएको छ । जीवनकको सुरुवाती समय भेडा चराएर बिताएका उनको उर्वर समय भने खाडी मुलुकमा पसिना बगाएर बित्यो । तै पनि आफ्नै ठाउँमा केही गर्ने र आफ्नै काम गर्ने यिनको सोच र जाँगर यसरी भरिएर आयो कि साउदी अरबमा १६ वर्ष ६ महिनाको अभ्यस्त जीवनलाई चटक्कै छाडेर उनी १३ वर्षदेखि मातृभुमिमा छन् । त्यो पनि संसारभर रुचाईएको रेम्बो ट्राउट माछा पालनका लागि । ‘आफैले काम गरेको मम्पनी हेर्दा हेर्दै कहा पुग्यो कहाँ, अन िआफु चाँही के जाँगरि खाएर बस्नु भनेर आफ्नै काम गर्न विदेशबाट फकिए’ तामाङले भने । उनी साउदी अरवमा आल्मुनियको फ्याक्ट्रीमा काम गर्थे भने यता आएर ट्राउट माछा पालन गरिरहेका छन् ।
त्यसो त, नेपालमै ट्राउट माछा व्यवसाय नुवाकोटबाट शुरू भएको हो । ककनीबाट सुरु भएको ट्राउट माछा पालन र व्यवसायीक उत्पादन अहिले आन्तरिक रुपमा प्रशस्त विस्तार भएको छ । यही उत्पादन हुने मध्येको यो किम्ताङ ट्राउट माछा उत्पादन केन्द्र र यसका सञ्चालकले अहिले नुवाकोटमा पाइने ट्राउट माछा मध्ये सबै भन्दा स्वादिलो माछा उत्पादनको पंक्तिमा देखिएको छ । समुन्द्रि सतहदेखि १८ सय मिटर उचाईमा भइरहेको यो व्यवसायीक खेतीको सोच समुन्द्रि किनारा वरपरनै तामाङले बुनेका थिए ।
आठ वर्षदेखि व्यवसायीक रुपमा उत्पादन भइरहेको किम्ताङको यो रेम्बो ट्राउट माछा पालनमा ७० लाख लगानी भइसकेको छ । यहाँ २०६८ साल मंसिरबाट माछा पालन सुरु भएको हो । बैदेशिक रोजगारीबाट आर्जन भएको रकमले जोडेको घडेरी विक्रि गरेर पखेरोमा यसरी लगानी गरेका यी पुर्णबहादुरलाई सुरुमा अत्यास लागेको थियो । २३ लाख ४० हजार रुपैयाँ लगानी सकिँदा पनि उत्पादनको सुरसार नभएको उनको स्मरण छ । तर अब अवस्था फेरिएको छ । आफ्नो उत्पादनलाई विक्रिका लागि बजारको समस्या झेलेका यिनले आफ्नै विक्रि केन्द्र समेत सञ्चालनमा ल्याएका छन् । आफ्नै परिवारका सदस्यहरू मिलेर भइरहेको ट्राउट माछा पालनले अहिले यिनलाई खुसी दिएको छ । ‘विदुर नगरपालिकाको माछापोखरी मुनी रहेको मत्य अनुसन्धान केन्द्र नजिर्क एक वर्षदेखि ट्राउ माछाम खुवाउने रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ, पुर्णबहादुर तामाङ भने–स्वरोजगको बाटोमा छु, त्यही भएर घरपरिवारका सदस्यले हेर्ने गरेका छन् रेष्टुरेन्ट र माथी रहेको माछा पोखरी पनि ।’
संसारभर रुचाइएको ट्राउट माछा २० डिग्रीसेल्सियस भन्दा कम तापक्रम हुने सङ्लो पानीमा मात्र हुन्छ । त्यसैले पनि यो हिमालको काखमा रहेको किम्ताङमा असाध्यै राम्रोसंग हुर्किरहेको छ । यही पोखरी र माछा पालन हेरेर पुर्णबहादुर तामाङका छिमेकी दमाई घले समेत फुरुङ्ग छन् । यसरी जंगलको बीचमा कोही आएर लाखौं लगानी गर्लान् भन्ने नै उनले कल्पना गरेका थिएनन् । ‘पुर्णबहादुरको कामले हामी पनि उत्साही भएका छौंं, दमाई घलेले भने– गाउँका युवाहरू यसरी काम गर्नुपर्छ भनेर सल्लाह गर्न थालेका छन् ।’
यसरी छिमेकीलाई समेत प्रेरणा बनेको किम्ताङको ट्राउट माछा पालनको सुरुवातमा पुर्णबहादुर तामाङका दाजुभाई पनि सक्रिय रहेका थिए । भाईहरूले गाउँमा गर्न लागेको काम देखेर विदेशबाट फर्किएका पन्तबहादुर तामाङ पनि बसे । अहिले उनी आफ्नो सवारी चलाउने पेशामा रहेपनि माछा पोखरीमा बरोबरी भेट भइरहन्छन् । काम राम्रो भइरहेको छ कि छैन, रोग लागेको छ कि माछालाई भन्ने चिन्ताले उनी धरी धरी पोखरीतिर गइरहन्छन् । ‘म सन् २०१२ मा विदेशबाट आउँदा त भाईहरूले के गर्यो यो पखेरमा डोजर लगाएर सम्याएको छ, भन्ने लागिरहन्थ्यो, अहिले खुसी लाग्छ’ पन्तबहादुर तामाङले भने ।
नुवाकोटको त्रिशुली बजारबाट २७ किलोमिटरको दुरीमा रहेको यो किम्ताङ रेम्वो ट्राउट माछा पालन भइरहेको फर्ममा पुग्नका लागि सडकको सहज पहँुच रहेको छ । नुवाकोट र धादिङ्गका कत्तिपय आन्त्रिक पर्यटकहरू यही आइपुगेर माछा खाने गर्दछन् ।
यहाँसम्म आउन नसक्नेहरूका लागि विदुर नगरपालिका वडा नं. ९ को माछापोखरीको मत्य अनुसन्धान केन्द्रसंगै रेष्टुरेन्ट सञ्चालनमा आएको छ । माछा पालन केन्द्रमा आइपुग्नका लागि विदुर नगरपालिकाको भैरमकोट–देउराली–म्यागङडाँडा हुँदै किम्ताङ पुग्न सकिन्छ । नुवाकोटको विदुर नगरपालिका, किस्पाङ गाउँपालिकाका मात्रै होइन धादिङ्गको नेत्रावती गाउँपालिका, खनायोबास गाउँपालिका लगायतका स्थानबाट समेत यहाँ माछा खान आउने गरेका छन् । कुनै समय यहाँको माछा बोकेर विक्रि गर्न टाढा जानुपरेको अवस्था र अहिले यही माछाको पारखीहरू आउने गरेको तुलना गर्छन् पुर्णबहादुरका दाई पन्तबहादुर तामाङ ।
यसरी पारिवारिक रुपमा सुरु भएको निजी व्यवसायले गाउँपालिका र गाउँकै नाम परपरसम्म पुग्ने अवस्थाको सृजना भएको छ । सुरुमा भएको दुःखपनि अहिले सुखको महशुस पुर्णबहादुर तामाङ र उनको परिवारलाई हुन थालेको छ । भएभरका १८ वटै पोखरी २०७२ सालको भुईचालोका कारण चुहिने भएपनि माछा पालनमा चाँहि केही समस्या परेको छैन । पोखरीबाट पानि चुहिरहेता पनि उनले निरन्तर आफ्नो ब्यबसाय सञ्चालन गरि रहेका छन् । सुखको काम गरियो जस्तो महशुस गरेका पुर्णबहादुरकी श्रीमती आशामाया तामाङलाई अब पोखरी मर्मत गर्ने रहर छ । ‘पोखरी मर्मत गरेर सधै भरिलाई हुने गरी माछा पालेर बस्न मन छ, खेतिपाती भर्नुभन्दा त यो पेशा धेरै सजिलो लाग्यो’ उनले भनिन् ।
विदुर नगरपालिका वडा नं. ९ मोछापोखरीमै रहेको किम्ताङ ट्राउट रिसोर्टमा भन्दा यही माछा पालन केन्द्रमा अझ सस्तोमा माछा उपलब्ध हुँदै आएको छ । रिसोर्टमा जिउँदो ट्राउट माछाको १३ सय, फ्राई गरेको १५ सय र ग्रेभीको १६ सय रुपैयाँ प्रतिकिलोमा विक्रि गरिदै आएको छ । माछा पालन केन्द्र किम्ताङमै आएर माछा खरिद गर्ने वा यहि बनाउन लगाएर खानेलाई ति सबै प्रकारमा एक÷एक सय रुपैयाँ कम रहेको छ । यसरी यहाँ आइपुग्ने पाहुना अतिथिहरूको चाहाना अनुसारको स्वादमा समेत माछा फर्मले सेवा दिँदै आएको छ ।
अहिले विदुर नगरपालिकामा आफ्नै लगानीमा ट्राउट माछा खुवाउनकै लागि सञ्चालनमा ल्याएको यो रेष्टुरेन्ट हुनुभन्दा पहिला पुर्णबहादुर तामाङलाई बजारिकरणको सास्ती थियो । पोखरी भरी भएको माछा विक्रिको चिन्ताले रातोदिन पिरलोमा परेका यिनी आफै माछा लिएर विक्रिका लागि पोखरासम्म पुगेका थिए । तर अहिले अवस्था फेरिएको छ । ‘अहिले त आफुले पालेको माछा आफ्नै रेष्टुरेन्टबाट विक्रि गर्दै आएको छु’ उनले भने– पहिला बजार आफैले तयार गर्नुपर्ने रहेछ यो माछाको लागि, ढिलै भएपनि सिकियो, गरिरहेको छु ।’
झण्डै १ वर्षदेखि मात्र उत्पादन लिन सकिने यो माछा दाना खुवाएर पाल्नुपर्ने भएकोले लागत धेरै देखिएको छ । सामान्य व्यवस्थापन नमिल्दा पनि लगानी स्वाहा हुनसक्ने यो जोखिमपूर्ण व्यवसायलाई असाध्यै मिहिनेतले जोगाएका छन् यि पुर्णबहादुरले । अहिले यिनको रेष्टुरेन्टमा माछा विक्रिको चाप यसरी बढेको छ कि आफ्नो उत्पादनले नभ्याएर रसुवा र सिन्धुपाल्चोबाट ल्याउने गरेका छन् ।
बैदेशिक मोह लत्याएर आफ्नै पाखुरी बजारिरहेका पूर्णबहादुर तामाङलाई हौसला र प्रोत्साहन समेत मिलेको छ । माछा पालक कृषकहरूलाई प्राप्त हुने केही अनुदान र स्थानीय सरकारको सहयोग धेरथोर यिनले प्राप्त गरेका छन् । यहाँ माछाको ह्याचरी घर निर्माणका लागि कृषि कार्यालयले साढे सात लाख रुपैयाँ प्रदान गरेको छ । त्यस्तै म्यागाङ गाउँपालिकाले पोखरी संरक्षणका लागि तारबार लगाउन झण्डै तीन लाख रुपैयाँ अनुदान दिएको छ । यसरी सरकारी स्तरबाट समेत प्राप्त हौसलाका कारण पूर्णबहादुर तामाङ र उनको परिवारले आन्तरिक तथा बाह्य पर्यटनका लागि समेत काम गर्ने सोच बनाएका छन् । केही पोखरीलाई आधुनिक र बलियो बनाउने, माछा नियमित उपलब्ध हुने वातावरण तयार गर्ने योजना पूर्णबहादुर तामाङको छ । त्यसो त उनी गाउँपालिका स्तरमै होमस्टे सञ्चालन गर्ने योजनमा पनि छन् ।
आफ्नै काम र सृजनशिल बन्नका लागि आफ्नै गाउँ पसेका पुर्णबहादुर तामाङ र उनको परिवारका कारण भएको यो गाउँको चर्चा र आर्थिक आर्जनले जिल्लामा नमूनाको रुपमा चर्चा पाउन थालेको छ । आफ्नो उत्पादनलाई आफै विक्रि गर्ने देखि आफ्नै पाखुरीले आर्जन गरिरहेका पुर्णबहादुरलाई सरकारले समेत प्रोत्साह दिन थालेपछि अन्य कृषकहरू समेत ट्राउट माछा पालनको आकर्षमा छन् ।

No comments:
Post a Comment