नौ कोटमध्येको एक कोट फिर्केटकोटको बस्ति तस्बिर : राजु/इमेज |
फिर्केपकोट/नुवाकोट जिल्लाको नामाकरण भएको नौं वटा कोटहरू मध्येको एक यो फिर्केपकोटको ईतिहास र महत्व सामान्य छैन । नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहाले आफ्नो सेना लुकाएको र रणनीतिक योजना तय भएको ठाउँ मध्ये यो एउटा हो ।
नुवाकोट माथिको आक्रमणमा अघिल्लो पटक पराजय ब्यहोरेका शाहाले यस स्थानलाई प्रयोग गर्दा बिजयी भएको ऐतिहासिक तथ्य र सामरिक महत्व रहेको छ । पृथ्वीनारायण शाहाले राज्य एकीकरणका क्रममा दैविक शक्ति आर्जन गर्नका लागि स्थापना गरेका भुमेस्थान यहाँ अहिलेपनि अवस्थित छ । यो मन्दिरलाई यहाँका समुदायले उत्तिकै आस्था, प्राथमिकता र श्रद्धाका साथ पुज्दै आएका छन् । दैविकशक्ति प्राप्त गर्नका लागि, गाउँघरमा फैलने रोगब्याध हटाउनका लागी, खडेरीमा पानी माग्नका लागि स्थानीयहरूले यहाँ पुजाअर्चन गर्ने गरेका छन् । यस स्थानको विकास र संरक्ष्णका लागि स्थानीय सरकारले पहल गर्ने भएको छ । तारकेश्वर गाउँपालिका वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङ नुवाकोटको नामाकरण भएको कोट भध्येको एक यो कोटलाई जिवन्त राख्नेमा लागिपर्ने बताउँछन् ।
नुवाकोट जिल्लाको रमणिय र उच्च भाग मध्येमा पर्ने ढिकीजातो चुली त्यस्तै अर्को पर्यटकिय स्थल पोखरी चुली समेत यस फिर्केपकोटको वरिपरी रहेको छ । फिर्केपकोटमा पुर्ण रुपमा मगर समुदायको बसोवास छ । राज्य एकीककरणका क्रममा पृथ्वी नारायण शाहासंगै गोरखाबाट आएका मगरहरू स्थायी रुपमा आजसम्म यस कोट र वरपर बसोवास गरिरहेका स्थानीय कृष्णबहादुर मगर बताउछन् । नजिकिदै गरेको भ्रमण वर्षका बारेमा सुनेका उनी यो कोटलाई पर्यटकको गन्तब्य बनाउनु पर्ने बताउँछन् ।
नुवाकोटको नौं कोट मध्येको एक फिर्केपकोटसंगै रहेको यो ढिकीजाँतो चुली ऐतिहासिक स्थल हो । नुवाकोट, रसुवा, धादिङ्ग, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर लगायतका टाढासम्म देख्न सकिने यो चुली समुन्द्री सहतबाट १७ सय २० मिटरको उचाई रहेको छ ।
![]() |
दसैंमा ढिकीजाँतो चुलीमा औइरिएको पर्यटक तस्बिर : राजु/इमेज |
पहिलो पर्यटकिय गन्तब्यको रुपमा विकास गर्ने गरी स्थानीय तहले काम थालेको छ । यह िसिसिलामा दसैंको बेलामा जनप्रतिनिधि, व्यवसायी र नागरिकहरूले पैदय यात्रा गरेर ढिकीजाँतो चुलीको अवलोकन गरेको तारकेश्वर गापाका अध्यक्ष वस्ती बताउँछन् ।
तारकेश्वर गाउँपालिकाको वडा नं. ६ र विदुर नगरपालिकाको वडा नं. १२ को सिमानामा रहेको यो चुलीको मुख्य भाग भने तारकेश्वर गाउँपालिकामा पर्दछ । चुलीको एकातर्फको भाग विदुर नगरपालिकामा पर्दछ ।
त्यसो त यहाँ आइपुग्नका लागि दुबै स्थानीय तहले सडकको निर्माण गराएको छ । स्थानीयवासी भिमबहादुर मगर करिव ४५ मनिेटको पैदय यात्रामा चुलीमा पुग्न सकिने र फेदीसम्म मोटर लान सकनिे बताउँछन् ।
नुवाकोट जिल्लाको सबै भन्दा अग्लो डाडामा उभिएको महशुस गराउने ढिकीजाँतो चुलीको ईतिहास पुरानो छ । जनश्रुती अनुसार कुनै समय यहाँ आँखा नदेख्ने एक जना भोटे राजाको दरवार थियो । उनले दिनहुँ यहाँबाट धनुषबाण हानेर बट्टार, विदुरमा जनावरको शिकार गर्थे र सेनालाई ल्याउन लगाएर खाने गरेको इतिहास वडा नं. ६ का सदस्य नारायण रिमाल सुनाउँछन् ।
त्यत्तिबेलाको दरवारको भग्नावशेष यहाँ पाउन सकिन्छ । यो डाँडामा ढुङ्गैढुङ्गाबाट
तयार गरिएको दरवार, सेना बस्ने घर, ढुङ्गाबाट तयार भएको ढिकीजातोको अबशेष अहिले पाउन सकिन्छ । यहाँ रहेको ढुङ्गाको पुरानो ढिकी र जाँतो कसैले भिरबाट फालेपछि अहिले नमूनाको रुपमा ढुङ्गाको ढिकी बनाइएर राखिएको छ । यहाँको ऐतिहासिक पक्ष र सुन्दरताको प्रचार विस्तारै बढ्न थालेपछि जिल्ला भित्रका पर्यटकहरू पिकनिकका लागि र भ्रमणका लागि आउने गरेका छन् ।
यसका लागि स्थानीय सरकार प्रमुख र अन्य जनप्रतिनिधिहरूले अनुगमन गरेका छन् । गाउँपालिकाले यी सम्पत्तिहरूको संरक्षणका लागि गरिरहेको कार्य र प्रयासको नागरिकहरूले समेत महसुश गरेको स्थानीय हरिप्रसाद रिमालले सुनाए ।
६० को दशकमा प्रशस्त प्रचार भएको यस ठाउँको महत्वको बारेमा बीचको समयमा छलफल नभएपनि अहिले स्थानीय तह स्थापनासंगै फेरि उठेको छ ।
यस वडाका अध्यक्ष ज्ञानेन्द्र तामाङ विकट भएकै कारण यो रमणिय र पर्यटकिय स्थान ओझेलामा परेको तर्क गर्छन् । उनी स्थानीय स्तरबाट कस्ता योजना ल्याएर ढिकीजाँतो चुलीलाई पर्यटनसंग जोड्न सकिन्छ भने आन्तरिक तयारी गरिरहेको सुनाउँछन् । नुवाकोट जिल्लाको सबै गाउँपालिका र नगरपालिका अर्थात् १२ वटै स्थानीय तहलाई नजिकैबाट हेरेको महशुस हुने यस स्थानमा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरी तारकेश्वर गाउँपालिकाले काम थालेको छ । ‘यो कोट र चुलीलाई नुवाकोटको पहिलो पर्यटकिय गन्तब्य बनाउने छौं’ गापा अध्यक्ष वस्तीले भने ।