Sunday, November 17, 2019

१८ महिनामा १० प्रतिशत काम

सोलार प्लान्ट निर्माण ९ महिनामा सकिनुपथ्र्यो

ऊर्जामन्त्री वर्षमान पुन लगायतका पाहुना १८ महिना अघि नुवाकोटको देविघाटमा सोलार प्लान्टको शिलान्यास गर्दै । फाईल तस्बिर 

इमेज समाचारदाता
विदुर/सरकारले निकै महत्व दिएर अगाडी बढाएको आयोजनाको तोकिएको मिति सक्किदा पनि कामको सुरुवातै नै नभएको छैन ।
नुवाकोटमा निर्माण सुरु भएको २५ मेगावाटको सोलार प्लान्टको काम सुस्त बनेको छ । सोलार प्लान्ट निर्माणको ठेक्का सम्झौता भएको मिति सकिएपनि कामले तिब्रता पाउन सकेको छैन । यो योजना १० महिना पहिल्यै सम्पन्न हुनुपर्ने थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ वैशाख १४ मा सोलार प्लान्ट शिलान्यास गरेका थिए । यसलाई नौ महिनामा सक्ने लक्ष्य राखिएको थियो । २५ मेगावाटको डेभलपमेन्ट अफ ग्रिड सोलार फार्म नुवाकोटको निर्माणको गति भने अत्यन्तै सुस्त भएको छ । शिलान्यास भएको १९ महिना बित्दा समेत बिजुली उत्पादनको आधार समेत तयार हुन सकेको छैन । आयोजनाको साइट क्लियर समेत हुन सकेको छैन । ग्रिड सोलार एन्ड इनर्जी इफिसियन्सी प्रोजेक्ट कोअर्डिनेटर नुतनदेव भट्टराईले मुद्दा–मामिला र समयमै साइट क्लियर हुन नसक्दा सोलार प्लान्टको निर्माण समयमा सम्पन्न हुन नसकेको बतए । मुद्दा–मामिला र समयमा नै साइट क्लियर हुन नसक्दा आयोजनाको समय लम्बि रहेको उनको तर्क र दावी छ ।
सोलार ग्रिड राख्नको लागी करिब सय रोपनी क्षेत्रफलको अझै साइट क्लियर हुन बाँकी छ । आयोजनाका अनुसार अहिलेसम्म १० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सन् २०१७ मा उक्त आयोजनाको ठेक्का राइजिन इनर्फीले पाएको थियो । 

चराले दुखायो मेयरको टाउको

विदुर/विदुर नगरपालिका वडा नं. ६ तिर उड्ने चराचुरुङ्गी अहिले नगरपालिकाको टाउको दुखाई बनेको छ । नगर क्षेत्रको फोहोर फालेको ठाउँ वरपर उड्ने चराका कारण नागरिकहरूले डम्पिङ साइट नै सार्नुपर्ने माग लिएर मेयरसंग भेट गरेका छन् । चराले फोहोर बोकेर घरघरमा आउने भएपछि फोहोर फाल्ने ठाउँकै विकल्प खोज्न स्थानियहरूले विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितलाई आग्रह गरेका हुन् ।
विदुर नगरपालिका वडा नम्बर ६ का नागरिकहरूले डम्पिङ साईडका कारण आफुहरू समस्यामा परेको भन्दै नगर प्रमुख सञ्जु पण्डितको ध्यानाकर्षण गराएका हुन् ।
नगरपालिकाको वडा नम्बर ६ मा रहेको पुरानो ‘खम्बालीक्याम्प’मा नगरपालिकाको फोहोर थुपार्दा समस्या भएको स्थानीयहरूले बताएका छन् । केन्द्रिय कारागार निर्माण भैरहेको स्थल नजिकै ३५ बर्ष देखि फोहोर व्यवस्थापन हुँदै आएको छ । त्यहाँको फोहोरबाट आएको दुर्गन्धले स्थानियहरूको स्वास्थ्यमा प्रतिकुल असर परेको स्थानीयहरूको दावी छ ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले फोहोर बिर्सजनको लागी बिकल्पको खोजी भैरहेको उनीहरूलाई बताएका छन् । स्थानीयको सम्भव भएका माग तत्कालै पुरा गर्ने नगरपालिकाले जनाएको छ । अहिले फोहोर फालिरहेको स्थानमा केन्द्रिय कारागार तयार भइरहेकोले पनि विदुर नगरपालिकाले नयाँ र लामो समय प्रयोगमा आउन सक्ने डम्पिङ साइटको खोजी गरिरहेको छ ।  

एक हजार शिक्षक नपुग

विदुर/शिक्षक सेवा आयोगले नुवाकोटका सबै स्थानिय तहहरूमा (१२ वटै) प्राथमिक तहका शिक्षक पठाएको छ ।
दुप्चेश्वर गाँउपालिकामा २१, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिकामा र शिवपुरी गाउँपालिमा १४/१४ जना, तादी गाँउपालिकामा १० जना, सुर्यगढी गाँउपालिकामा ९ जना, म्यागाङ र पञ्चकन्या गाँउपालिकामा ८/८ जना, किस्पाङ, तारकेश्वर र ककनी गाँउपालिकामा ६/६ जना, लिखु गाँउपालिकामा ४ जना प्राथमिक तहका शिक्षक पठाएको छ ।
नुवाकोटलाई अहिले १२० जना प्राथमिक तहको शिक्षक आयोगले पठाएको हो । नुवाकोटमा रहेका सबै बिद्यालयलाई आबाश्यक शिक्षकको संख्या एक हजार
भन्दा बढि रहेको बताईएको छ । नपुग भएका शिक्षकहरूका लागिस्थानियतहहरूले स्वयंमसेबक शिक्षकको रुपमा परिचालन गर्न सुरु गरेको छ । आयोगबाट अपुग भएका शिक्षकहरूको ब्यबस्थापनमा स्थानिय तह आफै जुट्न थालेको छ । जसले गर्दा प्राय : स्थानीय तहको विकास तथा निर्माणको बजेट चाँही शिक्षकको तलवमा खर्च भइरहेको छ ।   

कलिला हातहरूको अपत्यारिलो विज्ञान सृजना

 बट्टार/सुभेनियर ईङ्लिस बोडिङ स्कुलले आफ्ना विद्यार्थीहरूले आविष्कार गरेको बिज्ञानको सामाग्रीको प्रदर्शनी गरेको छ ।
बिद्यालय प्राङ्गणमै १ दिन सञ्चालित प्रर्दशनीमा कक्षा कक्षा ६ देखि १० सम्म अध्यायन गर्ने बालबालिकाहरूले सिृजना रहेको थियो । बिज्ञान प्रदर्शनीमा ५५ प्रकारका सामाग्रीहरू रहेका थिए । नुवाकोट साइन्स क्लबको प्राबिधिक सहयोगमा बिद्यार्थीहरूले बिभिन्न सामाग्रीहरू निर्माण गरेका हुन् ।
प्रदर्शनीमा राखिएका बिषयहरूले बिद्यार्थीहरूमा प्रयोगात्मक शिक्षामा जोड दिएको बिद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले बताए । सुभेनियरको विज्ञान प्रर्दशनी हेर्नका लागि छिमेकी विद्यालयमा अध्ययानरत विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायका प्रतिष्ठित व्यक्तिहरूको भिड लागेको थियो । विदुरका झण्डै २० विद्यालयबाट विज्ञान प्रदर्शनी अवलोकनका लागि आएका थिए ।

स्वचालित धारा, क्विज बक्स, रिमोटबाट सञ्चालन हुने गाडी, स्मार्ट सिटि, दैनिक घरमा प्रयोग हुने अत्यावश्यक सामाग्रीहरू, हाइड्रोपावरको नमूना, वाईफाईको नयाँ पुस्ताको परिकल्पना गरिएको लिफाई लगायतका बैज्ञानिक आविष्कार बढि रोचक थिए । दुई हजार भन्दा बढिले प्रर्दशनी अवलोकन गरेको अनुमान छ ।

दैनिक रुपमा कितावी पढाईका लागि कक्षा मात्रै सञ्चालन हुँदा बिद्यार्थीहरूमा शैक्षिक बोध नहुने भएकाले क्लबको प्राबिधिक सहयोगमा बिज्ञान प्रदर्शनी कै आयोजना गरेको सुभेनियर बोडिङ स्कुलका बिज्ञान बिषयमा शिक्षक काजी खानले बताए ।

डंगोलको चित्रकला ग्यालरी

विदुर/बेत्रावतीका कलाकार शशीकुमार डंगोलको चित्रकलाको ग्यालरी तथा विक्रि केन्द्र नुवाकोटमा स्थापना भएको छ । २५ वर्षदेखि चित्रकलामा क्रियाशिल कलाकार डंगोलको आर्ट ग्यालरी विदुर स्थित सुखद पाहुना घरमा सञ्चालनमा आएको हो ।
कलाकार डंगोल र सुखद पाहुना घरका सञ्चालक ध्रुवकुमार रावलले संयुक्त रुपमा सुरु गरेको आर्ट ग्यालरीको गएको आइतवार एक औपचारिक कार्यक्रमका बीच समुद्घाटन भएको छ । बरिष्ठ कलाकार राकेशचन्द्र श्रेष्ठले नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाललाई कलाकार डंगोलको चित्रकला हस्तान्तरण गरेर ग्यालरीको समुद्घाटन गरेका हुन् ।
सुखद आर्ट ग्यालरीमा कलाकार शशीकुमार डंगोलले तयार पारेको नुवाकोट रसुवा तथा अन्य स्थानका जनजीवन, ऐतिहासिक स्थल र विभिन्न पक्षलाई समेटिएको चित्रकलाहरू राखिएको छ । प्रर्दशनी तथा विक्रिका लागि सुरु भएको आर्ट ग्यालरीमा अहिले ३० भन्दा बढी चित्रकला रहेको छ । आफ्नो जीवनको सबै भन्दा ठूलो सपना पुरा भएको भन्दै यसले मोफसलमा पनि कलाकारिताको संरक्षण र श्रीवृद्धिमा टेवा पुग्ने कलाकार शशीकुमार डंगोलले बताए ।
चार दिनसम्म चलेको रसुवा कला यात्राको समापनको क्रममा नुवाकोट आइपुगेका राष्ट्रिय कलाकारहरूको बीचमा आर्ट ग्यालरीको सुरुवात भएको हो । उत्कृष्ठ चित्रकलामा नाम कमाएका बेत्रावतीका कलाकारले नुवाकोटमा सुरु गरेको आर्ट ग्यालरीले कलाको संरक्षण र विकासका लागि उपत्यका भन्दा बाहिर पनि अभियान सुरु भएको सन्देश मिलेको बरिष्ठ कलाकाहरूले बताएका छन् ।
कलाकारितामा समेट्न सकिने, ऐतिहासिक क्षेत्र, परिवेश र प्रकृति नुवाकोट र रसुवामा रहेको उल्लेख गर्दै बरिष्ठ कलाकार दीपेन्द्रमान बनेपालीले यसरी सुरु भएको आर्ट ग्यालरी नेपालका लागि नै नमूना रहेको बताए ।

जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाइने

विदुर/विभिन्न नीतिगत निर्णय गर्दै जिल्ला समन्वय समिति नुवाकोटको तेश्रो जिल्लासभा गएको सोमबार सम्पन्न भएको छ ।
नुवाकोट जिल्लाको समग्र विकासमा जनप्रतिनिधिहरू लागिपर्ने र सवै सरोकारवाला निकायसंगको समन्वय र सहकार्यमा सम्वृद्ध जिल्ला निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
सभाले जिल्लामा हुने गरेका विकास निर्माणका कामहरूको प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय गरेको छ । जिल्ला सभाले अनुगमनका कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । आगामी दिनमा समन्वय समितिको कामलाई प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ ।
तेश्रो जिल्ला सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले डोजर लगाउदैमा बिकास तिब्र भयो भन्ने गलत भान परेको बताए । सडक निर्माण मात्रै स्थानिय तहको बिकास नभएको बताउदै उनले डोजरकै कारण केहि जनप्रतिनिधिहरू माथी प्रश्न चिन्ह उठेको बताए ।
अर्का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले संघियताको सार्थकता नै स्थानिय सरकारको सफलतामा अन्तरनिहित भएको बताए । संबिधानको भावना अनुसार पारदर्शि र सुशासनयुक्त स्थानिय शासन प्रबद्र्धनमा जनप्रतिनिधि प्रतिबद्ध हुनुपर्ने बताए ।
जिल्ला सभामा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले २०७६÷७७ को लागी २० बुँदे बार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । तामाङको नीति तथा कार्यक्रममा भ्रमण बर्ष २०२० अभियानलाई प्रभाबकारी बनाउने, २०७७ असार मसान्त भित्र जिल्लालाई बालमैत्री जिल्ला घोषणा गर्ने, नदीलाई स्वच्छ र सफा बनाउने, त्रिशुली नदीलाई निर्मलिकरण गर्ने योजना छन् ।
यसका साथै जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्रहरूको विकास र विस्तारका लागि स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने नीतीगत निर्णय समेत गरेको छ । जिल्ला सभाले स्थानिय तहहरू भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन जोड दिएको छ । प्रदेश नम्बर ३ को राजधानी नुवाकोट
लाई बनाउन पहल गर्ने छ । नेपाल भ्रमण बर्ष २०२० को लक्ष्य अनुसार नुवाकोटमा आन्तरिक एवं बाह्य पर्यटन भित्र्याउनको लागी स्थानिय तह बीचमा आपसी समझदारी तथा समन्वय गर्ने भएको छ ।
यस्तै, सबै स्थानिय तहले आफ्नो क्षेत्र भित्र १÷१ वटा ‘होम स्टे’ अभियानलाई स्थापित गर्ने जिल्ला सभाले निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिले सम्पादन गरेका कार्यहरू तथा जिल्लाको समग्र विकासको लागि आगामी नीति तथा कार्यक्रमहरू र तादी गाउँपालिका प्रमुख नारायण पाण्डेले बाचन गरेका गर्नुपर्ने कार्यहरू सहितको प्रतिबद्दता पत्र सर्वसम्मत पारित गरी नुवाकोटको तेश्रो जिल्ला सभा सम्पन्न भएको हो ।

खरिद नियमावलीको विरोधमा व्यवसायी

विदुर/नुवाकोट निर्माण ब्यबसायी संघले सार्बजानिक खरिद नियमावलीको आठौ संसोधनले ब्यबसायीहरूमा नकारात्मक असर परेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को ध्यानाकर्षण गरायो ।
गएको सोमवार ७७ वटै जिल्लाबाट महासंघको निर्णय अनुसार सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । राज्यको पुँजिगत खर्चको ६५ प्रशित बजेट कार्यान्वयन गर्ने ब्यसायीहरूलाई राज्यले नियमावली संसोधन भन्दै ब्यसायीहरूलाई धारासायी बनाउने काम गरेको ज्ञापन पत्रमा उल्लेख गरेको छ । नुवाकोट निर्माण ब्यबसायी संघका बरिष्ठ उपाध्यक्ष शैलेन्द्र प्याकुरेलले सार्बजानिक खरिद नियमावलीको पटक पटक संसोधनले ब्यसायीहरूले काम गर्न नसक्ने बनाएको बताए । राज्यको ठुलो रकम खर्च गर्ने क्षेत्रमा काम गर्ने बाताबरण सिर्जना गर्नुको सट्टामा राज्यले नै बाधा र अड्चन सिर्जना गरेको उनको भनाई छ ।
सार्बजानिक खरिद नियमावलीको छैटौँ संसोधन देखिनै ब्यबसायीहरूले बिरोध गर्दै आएका छन् । ठेक्क बिडिङ गर्दा देखिनै राज्यले ब्यबसायीहरूलायृ आर्थिक भार बढाउदै लगेको बताएका छन् । ठुला ठुला ठेक्का बिडिङ गर्दा बैङकले बनाउने लेटर अफ क्रेडिटको लागी ठुलो रकम बुझाउनु पर्ने भन्दै त्यसलाई न्युनतम शुल्क निर्धारण गर्न ब्यबसायी संघले माग गरेको छ । यस्तै, निर्माण ब्यबसायी महासंघले राज्यले लिएको हालको नीतिले साना ब्यबसायीहरूलाई बोलपत्रमा भाग लिनै नसक्ने अबस्था सिर्जना गरेको जनाएको छ ।
ठेक्का सम्झौतागरी लामो समयसम्म काम नगर्ने ठुला ब्यबसायीहरूलाई लागु गर्नुपर्ने नीति साना ब्यबसायीहरूलाई लागु गरेको भन्दै महासंघले बिरोधको कार्यक्रम गर्दै आएको छ ।

मासु, अण्डामा अनुदान घट्दै

विदुर/मासु र अण्डामा नेपाल आत्मनिर्भर भएकाले सरकारले यस तर्फ अनुदानको कार्यक्रम घटाउदै लगेको प्रदेशसभा सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले बताए ।
नुवाकोटका पोल्ट्रि ब्यसायीहरूको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मासु र अण्डा नेपालमा पर्याप्त उत्पादन भैरहेकाले राज्यले अनुदानका कार्यक्रम कटौती गरेको बताए ।
नुवाकोटका पोल्ट्रि ब्यबसायीहरूले राज्यले निश्चित मापदण्ड तयार नपार्दा आफुहरूको ब्यबसाय संकटमा परेको बताएका छन् । दिनानुदिन अस्वस्थ प्रतिष्पर्धा र अण्डा/मासुको भाउमा आएको गिरावटले ब्यबसाय बन्द गर्नु पर्ने बाध्यतामा पुगेको नुवाकोट अण्डा उत्पादन संघका कोषाध्यक्ष सुबर्णमान श्रेष्ठले बताए ।
ब्यबसायीहरूले देखासिकिको भर र प्राबिधिक ज्ञान बिना कुखुरा पाल्ने, अण्डाको दरभाउ निर्धारण नहुनु लगायतले आफुहरूमा समस्या रहेको बताए । कार्यक्रममा पोल्ट्रि ब्यबसायीहरूले अण्डाको ग्रडिङ अनुसारको दररेट निर्धारण गर्नु पर्ने उनीहरूको माग रहेको छ । 

१० हजारमा बेचिईन् बालिका

विदुर/उपत्यका बस्ने नुवाकोटका एक बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ । आफन्त पर्ने सुर्यगढी गाउँपालिका–६ का चापागाउँ बस्ने सुनिता तामाङ भन्ने कृष्णमाया लामाले बालिकालाई पढाई दिने प्रलोभनमा भारतमा बेचेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा अभियुक्त लामाले २०६८ सालमा आफ्नो नाता पर्ने बालिकालाई बेचेको खुल्न आएको हो । बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय ति बालिकालाई सिमा पार गराएर बिक्रि गरेको घटना सार्वजनिाक भएको छ ।
आरोपी लामालाई आठ वर्षपछि प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोप लागेका सोही ठाउँका ४२ वर्षीय शेरबहादुर लामा भने फरार छन् । उनले बालिकालाई घर जाने बहानामा बसमा चढाई बान्ता नआउने औषधि भनी लठ्याउने औषधि खुवाएर भारत लगेको र उनी होसमा आउँदा भारतको मधुन भन्ने ठाउँमा पुगेको खुल्न आएको छ । बालिकालाई १० हजार भारतीय रुपैयाँमा बेचेको अनुसन्धान ब्यूरोले जनाएको छ ।

अध्यक्ष काठमाडौं चलान

विदुर/लागूऔषध मुद्दामा पक्राउ परेका नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले काठमाडौं पठाएको छ ।
लागू औषध चरेस मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका वडाअध्यक्ष तामाङलाई गएको आइतवार पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु काठमाडांै बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनलाई जिल्ला अदालत काठमाडौंले २०६१ सालमा ३ वर्ष कैद र २५ हजार जरीवाना गरेको थियो । यसअघि ३० हजार धरौटीमा छुटेका तामाङ बाँकी तीन वर्ष कैद सजाय भुक्तान गनृका लागि प्रहरीले फेरि पक्रेको हो । तामाङ नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्बाचित भएका थिए ।

दुई दिनसम्म चल्यो पाँचकन्या मेला

मेला भर्न आएका पत्रकार महासंघ नुवाकोट सचिव जगदीश खनाल झाक्री भेषमा तस्विर खिचाउँदै । 
घलेभञ्याङ/नुवाकोटको पञ्चकन्या गाँउपालिकाको वडा नम्बर ३ घलेभञ्ज्याङमा शनिवार र आइतवार बृहत मेला लागेको छ । पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म चल्ने पाँचकन्या मेला लागेको हो ।
मेलाको अवसमार शनिवार साँझ राष्ट्रिय स्तरका कलाकारहरू ल्याएर साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । उक्त अवसरमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । मेलाका लागि मन्दिर परिसरको क्षेत्रमा मैदान निर्माण, सरसफाई, सजावट, सांस्कृतिक कार्यक्रम तयारी र प्रचारप्रसारका काम गरिएको थियो । मेला भर्न आउने भक्तजनहरूको सुरक्षालाई लिएर स्थानिय तहले सुरक्षा संयन्त्र परिचालित थियो । बर्षैपिच्छे हुने जात्राको लागी स्थानिय तहले सहयोग गर्दै आएको छ ।
मेलामा स्थानीय र छिमेकी गाउँका झाँक्रीहरूको नाँच देखायएको छ । मेलाको पहिलो दिन झाँक्रीहरू सिँगारिएर मन्दिरमा जाने, झाँक्रीसँगै स्थानीयले मनोकांक्षा पूरा हुने विश्वासले दियो र मादी बत्ति बाल्ने चलन छ ।
बेलुकी र बिहान मादी सेलाउने अनि पञ्चमीका दिन झाँक्री घर पुग्ने बेलासम्मै महिला, पुरुष हात समाएर राम्ररी नाच हो झाँक्री नाँच भन्दै भट्याउने चलन छ ।
मेलामा गाउँपालिकाबासीको उल्लेख्य सहभागिता रहेको थियो । गाउँपालिकास्तरमै बनाइएएको उत्तः मेलामा अन्य पालिका टाढाबाट समेत दर्शक तथा पाहुनाहरू आएका छन् । गाउँपालिकाको नामाकरण नै यही मन्दिरवाट गरिएकोले छ । आइतवार १ दिन स्थानिय पर्व बिदा दिने निर्णय समेत कार्यपालिकाको बैठकले गरेको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले बताए । 

मेरो माइक्रोफाईनान्सको साधाण सभा

बट्टार/नुवाकोटको बट्टारमा मुख्य कार्यालय रहेको मेरो माईक्रोफाईनान्स लघुबित्ति बित्तिय संस्था लिमिटेडको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा अध्यक्ष सञ्जिब मानन्धर र कार्यालय सचिब रामहरि दाहालले प्रस्तुत गरेको प्रतिबेदन पारित भएको छ । यस आर्थिक बर्षमा मेरो माईक्रोफाईनान्स लघुबित्तले २० करोड रुपैयाँ मुनाफा गरेको छ । नुवाकोटमा मुख्य कार्यालय रहेको लघुबित्तको अहिले ५२ जिल्लामा शाखा कार्यालय सञ्चालन भैरहेको छ । साधारण सभामा लघुबित्तका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले मेरो माईक्रोफाईनान्स लघुबित्त मध्ये उत्कृष्ट दश भित्र पर्न सफल भएको बताए । कम्पनीमा लगानी गर्ने शेयर सदस्यहरूलाई उच्च प्रतिफल दिदै आएको संस्थाले ७७ वटै जिल्लामा शाखा कार्यालय सञ्चालन गरी सेवा प्रबाह गर्ने जनाएको छ ।

संगम सहकारीको अध्यक्ष नारायण

नयाँ कार्य समिति सामुहिक तस्बिर खिचाउँदै । तस्विर : इमेज
बट्टार/संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ बार्षिक साधारण सभा शनिवार बट्टारमा सम्पन्न भएको छ ।
पछिल्लो समय नुवाकोटको उत्कृष्ट सहकारीको रुपमा दर्ज हुँदै आएको संगम सहकारीले यस आर्थिक बर्षमा ४० लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । छरिएको पुँजी संकलन गर्दै ब्यबसायिक क्षेत्रमा लगानी गर्दै आएको सहकारीको कुल निक्षेत्र १७ करोड रहेको छ ।
सानो बजार क्षेत्रमा समेत ठुलो आर्थिक क्रान्ति गर्न सक्षम रहेको संगम सहकारीको बार्षिक साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले नुवाकोटमा रहेको सहकारी मध्ये संगम सहकारी उत्कृष्ट रहेको बताए ।  सहकारी अभियान आन्दोलन हुँदै अब ठुला ब्यबसायीक क्षेत्रमा लाग्नु पर्ने बताए । राज्यले नै सहाकरीलाई आर्थिक नीतिमा समाबेश गरेकाले राज्यको लक्ष्य अनुसार सहकारी सञ्चालन हुनु पर्ने बताए ।
साधारण सभामा सहकारीका अध्यक्ष रमेशकुमार श्रेष्ठले प्रतिवेदन पेश गर्दै बदलिदो सामाजिक, आर्थिक, साँस्कृतिक बाताबरण अनुसार सहकारीलाई परिमार्जन गर्दै आएकोले उत्कृष्ट रहेको बताए ।
सहकारीको १५ औं बार्षिक साधारण सभाबाट नयाँ कार्य समिति समेत चयन गरेको छ । जसको अध्यक्ष नारायण श्रेष्ठ, उपाध्यक्षकेशव मिश्र, सचिव विष्णुकुमार चित्रकार, सहसचिव सुजित श्रेष्ठ, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ छन् । त्यस्तै सदस्यहरूमा विष्णु श्रेष्ठ, उपेन्द्रराज पाठक, शनी चित्रकार र कमला मानन्धर छन् । लेखा समिति संयोजकमा सुदिप अमात्य र सदस्यहरूमा नरेन्द्र जोशी, किरण भट्ट छन् ।  

राष्ट्रियतामाथि प्रधानमन्त्रीको दोस्रो ‘इनिंग्स’

पुरुषोत्तम लम्साल

पुरुषोत्तम लम्साल
 ‘बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो’ कक्षा ८ मा पढ्दै गरेको गाउँको भाइले गोपाल योञ्जनले गाएको गीतलाई आफ्नै स्वरमा गाएको र अभिनय गरेको दृष्य पठायो । भर्खर जुँगाको रेखी बस्दै गरेको केटोभित्र उम्रदै गएको राष्ट्रियताको आवेग र भावनाको मैले सम्मान गरें र मायाको ‘इमोजी’ पठाएँ । ऊ खुसी भयो ।
चाणक्य भन्छन्, ‘व्यक्तिले गर्ने कुराकानीबाट उसको देशको चरित्र बुझ्न सकिन्छ ।’ यो भनाई मान्ने हो भने हामीले राष्ट्रको इज्जत गर्ने नयाँ पुस्ता तयार गर्दै गइरहेकोमा खुसी हुनपर्छ ।
एकपटक फेरि ‘भाइरल’ भयो २० वर्ष अगाडि बिधान श्रेष्ठको स्वरमा आएको गीत ‘माछी मार्न जाउँ न दाजै कालापानीमा ।’ यो गीत चल्तीमा रहँदा आजको बीस वर्षे पुस्ता जन्मिएकै थिएन । उनीहरूका लागि बिधान श्रेष्ठ फेरि ‘कालापानीका दूत’ बनेर सार्वजनिक भए । हिजोसम्म गुमनाम विजय श्रेष्ठलाई राष्ट्रियताको हावाले यति चाँडै पाखुरामा समातेर रेडियो र टेलिभिजनका अगाडि उभ्यायो ।
‘खोइ हाम्रो दिलमा त घामै लागेन’ भन्दै बद्री पंगेनीले सुस्ताबारे पोखेको दुःखेसो फेरि एकपटक जताततै ‘ट्यून’ भयो । ‘हाम्रै नालापानीको पानी पिउने धोको छ’ गाउने ऋषि अधिकारीहरूको स्वर देशभित्र र बाहिर रहेका किशोरकिशोरीले गुनगुनाउनु कम सुखद पक्ष होइन ।
सकारात्मक र स्वच्छन्द जागरणको अलग्गै मिठास हुन्छ । अझ त्यो देश र राष्ट्रियताको विषयमा भयो भने त्यसले असल सन्देश दिन्छ । सभाहरूमा बुद्धिनारायण श्रेष्ठहरू सुनिए । हिरण्यलाल श्रेष्ठहरूको माग भयो । सन्दुकहरूबाट धुँवा लागेका कागजहरू निस्कन थाले ।
कमैले प्राप्त गर्ने दुर्लभ अवसर र चुनौती प्रधानमन्त्रीको रुपमा केपी ओलीले दोस्रोपटक प्राप्त गरेका छन् । अब पुनः ‘सेञ्चुरी’ हानेर कीर्तिमान लेखाउने वा सीमा मामिलामा ‘क्लिन बोल्ड’ भएर ‘पेवेलियन’ फर्कने ? जवाफ प्रधानमन्त्रीसँग मात्र छ । लोक्ता पकाएर तयार गरिएका नेपाली कागजमा कोरिएका नेपालको पुरानो नक्सा आ–आफ्नै नाममा आउन थाले । देशको उपप्रधानमन्त्रीलाई भैरव रिसालहरूको आवश्यकता भयो र दैलोमै गएर अनुभवका खातमा अडेस लगाउन पाए ।
राज्य जनताको हातमा भएपछि नेताले सजिलै आत्मसमर्पण गर्न सक्दैन । सक्दैनन् । नसक्ने रहेछन् । जनताको एक स्वर भएपछि नेताहरू खोपी खोपीबाट निस्किएर जनताको दैलोमा आफैं पाउकष्ट गर्नु पनि आनन्दको विषय हो ।
माथिका कसैले पनि भारतको विरोध गरेका गरेका होइनन् र थिएनन् । मात्र नेपालको पक्षमा उभिएका थिए । बोलेका थिए । जागरणको यो शुभअध्याय सबैका लागि सम्झना योग्य छ । तर यही जागरण र एकतामा उभिएको वर्तमान सरकार चाँहि इतिहास मेटाउने कि भेट्टाउने भन्ने चुनौतीको तरबारको धारमा उभिन आइपुगेको छ । कमैले प्राप्त गर्ने दुर्लभ अवसर र चुनौती प्रधानमन्त्रीको रुपमा केपी ओलीले दोस्रोपटक प्राप्त गरेका छन् । अब पुनः ‘सेञ्चुरी’ हानेर कीर्तिमान लेखाउने वा सीमा मामिलामा ‘क्लिन बोल्ड’ भएर ‘पेवेलियन’ फर्कने ? जवाफ प्रधानमन्त्रीसँग मात्र छ ।
चारै वर्ष अगाडिकै कुरा त हो । संविधानसभामार्फत नयाँ संविधान जारी भयो । संविधानमा देशभित्रकै केहीको असन्तुष्टी जायजै थियो । तर देशबाहिरको नाजायज असन्तुष्टीको पारो झन् उच्च थियो । यही दोहोरो असन्तुष्टीको परिणाम नेपालले भारतको नाकाबन्दी भोग्यो । प्रधानमन्त्री थिए केपी ओली ।
संयोगले केपी ओली नै तात्कालीन र बहालवाला दुबै हुन् । त्यो नाकाबन्दीलाई भारत सरकारले अहिलेसम्म स्वीकार गरेको छैन । केही क्षेत्रीय दलहरू ‘हामीले सीमामा अवरोध गरेका हौं भारतले नाकाबन्दी लगाएको होइन’ भन्दै स्तुति र भजनमै मस्त रहे । देशभित्रकै अर्को प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेसले पनि नाकाबन्दीलाई नाकाबन्दी नै हो भन्न सकेन, जीब्रो चपाउनै व्यस्त रह्यो ।
कष्टसाध्य नाकाबन्दी सकियो । न भारतीय पक्षले पश्चाताप गर्यो न नेपालका राजनीतिक दलहरूले सामूहिक र गहिरो आत्मसमीक्षा । न नेपाली कांग्रेसलाई ग्लानी भयो न सीमामा ताण्डव नाच्ने समूहलाई पश्चाताप । तर जसले नाकाबन्दीलाई नाकाबन्दीकै रुपमा भोग्ने, सहने र उभिनेहरूले आफैंलाई छामे, आफनै छाती छामे, आफ्नै शीरको उचाई नापे र मखलेल भए ।
नाकाबन्दीले केही जागरणको काम गर्यो । पहिलो, देशलाई हामी के के मा परनिर्भर छौं भनेर स्पष्ट बनाउन मद्दत गर्यो । दोस्रो, देशभित्रकै दलहरूको राजनीतिक परनिर्भरता कहाँ कतिसम्म रहेछ भनेर देखाउन मद्दत गर्यो । तेस्रो, राष्ट्रियताको सवालमा हाम्रो तत्कालको आवश्यकता के के हो भनेर युवा पुस्तासमेतलाई शिक्षित गराउन मद्दत गर्रुयो । चौथो, नेपाल भारतबीचको स्थायी मनोविज्ञानलाई अझ बढी स्थायी बनायो । पाँचौं, केही दलहरू अलग्ग नै किन नबसून्, राज्यले ढाडस दियो भने नेपाली समाजले अभावका बीच पनि सरकारलाई सहयोग गर्नसक्ने रहेछ भन्ने सन्देश दियो ।
नाकाबन्दीको त्यही चुनौती थेगेकै भनेर एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले पछिल्लो चुनावमा पर्रुयाप्त जनमत प्रभावित गर्रुयो ।
यो तथ्य र सत्य दुबै हो । नाकाबन्दी लगत्तै प्रधानमन्त्री ओलीको सरकार खर्लप्पै ढालेर शेरबहादुर देउवाको काँध चढेका प्रचण्ड उनै ओलीको सारथी बने । नाकाबन्दीको चुनौतीलाई राष्ट्रियताको अवसरमा रुपान्तरण गर्न प्रधानमन्त्री ओलीले देखाएको थोरै हिम्मत भारतले थालेको सीमाको किचलोसम्म आइुपुग्दा अहिले पनि जनमत प्रभावित गरिरहेको देखिन्छ ।
अर्थात्, प्रधानमन्त्रीका रुपमा केपी ओलीले नाकाबन्दीबाट राष्ट्रियताको पहिलो इनिंग्स सफलतापूर्वक पूरा गरे । अहिले नेपाल–भारत सीमा समस्याको मुद्दामा राष्ट्रियताको दोस्रो इनिंग्स खेल्न मैदानमा छन् ।
अहिले देश एक स्वरमा छ । जनताको एक स्वर छ । सरकार, प्रतिपक्ष, राजनीतिक दलहरू, प्रवुद्ध समाज र समाजको तल्लो तप्कासमेतले एक स्वरमा सरकारलाई साथ दिएका छन् । सरकारलाई उनीहरू भनिरहेछन्, उभिऊ !, पछि नहट !, खुट्टा नकमाऊ !, भारतीय भाइगिरीको डटेर सामना गर ! लिम्पियाधुरा कालापानी मात्र होइन सुस्ताबारे पनि बोल ! जहाँ जहाँ सीमा मिचिएको छ त्यहाँ त्यहाँ बोल !
अहिलेको मुद्दाको दृष्य र चरित्र दुबै रुपमा नाकाबन्दीको भन्दा फरक छ । हिजो राजनीतिक प्रतिशोधको परिणाम नाकाबन्दी बनेर आएको थियो ।
सीमापारी भोजन गरेर नाकामा भारतको जयजयकार गर्ने नेता र समूह पनि थिए । लैनचौरमा ‘तामसी डिनर’ गरेर अखबारमा नाकाबन्दी नभएको ‘हेडलाइन’ बनाउने मिडिया पनि थिए । आज त्यस्तो छैन । त्यस्तो नहुनुको अर्थ राष्ट्रियताको यो दोस्रो इनिंग्स अलि बढी गम्भीर र पेचिलो छ भन्नु नै हो ।
नेपालमाथि भारतको भाइगिरीको परिणाम राजनीतिक नक्सामा नेपालको भूमी हडपिएकै हो । हुँदाहुँदा हिजोको र आजको दुबै पुस्ताले नेपालको पूरै भू—भागै नसमेटिएको नक्सा अध्ययन गरेरै मरिरहेको, बाँचिरहेको र हुर्किरहेको पनि तथ्यले प्रमाणित गर्दै गइरहेको छ । यो बिसङ्गतीलाई सङ्गती बनाउने अख्तियारी प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको दोस्रो इनिंग्समा प्राप्त गरेका छन् ।
अहिले देश एक स्वरमा छ । जनताको एक स्वर छ । सरकार, प्रतिपक्ष, राजनीतिक दलहरू, प्रवुद्ध समाज र समाजको तल्लो तप्का समेतले एक स्वरमा सरकारलाई साथ दिएका छन् । सरकारलाई उनीहरू भनिरहेछन्, उभिऊ !, पछि नहट !, खुट्टा नकमाऊ !, भारतीय भाइगिरीको डटेर सामना गर ! लिम्पियाधुरा कालापानी मात्र होइन सुस्ताबारे पनि बोल ! जहाँ जहाँ सीमा मिचिएको छ त्यहाँ त्यहाँ बोल ! राष्ट्रियताको सवाल उठ्नासाथ मतभेद र असमझदारीले आक्रान्त हुने नेपाली राजनीतिमा यति सपाट एकता हुनु सुखद् आश्चर्य मान्नपर्छ ।
प्रतिपक्षले नै पहलकदमी लिएर सरकारलाई अगाडि बढ भन्नुभन्दा ठूलो एकताको सन्देश अरु के हुन सक्दछ ? त्यसैले अलका लाम्बाले प्रतिनिधित्व गर्ने भारतीय शाशक बर्गको विकारग्रस्त मनोविज्ञानको प्रतिकार गर्न सरकारलाई यो उपयुक्त समय पनि हो ।
नेपालका राजनीतिक दलहरूलाई आज्ञाकारी मात्र सम्झने भारतीय अहंकारको शिष्ट प्रत्युत्तर दिने उपयुक्त समय पनि हो यो ।
जनकपुरमा अंगालो हालेर कालापानीमा छुरा रोप्न खप्पीस भारतीय मनोग्रन्थीमा बदलाव ल्याउन प्रधानमन्त्रीको डिप्लोमेसी प्रतिक्षित छ । मुक्तिनाथमा ध्यानमा बसेर सुस्तामा आतङ्क मच्चाउने भारतीय रवैयाको सङ्कलित जवाफ पनि सरकार र प्रधानमन्त्रीले नै देलान् । दिनुपर्छ । दशर्कौदेखि चहर्याइरहेको सीमाको पीलोको उपचार गर्ने अवसर प्रधानमन्त्री केपी ओलीले प्राप्त गरेका छन् । उनको परख यहीबेला हुनेछ ।
हाम्रो राष्ट्रिय नीति नै हाम्रो विदेश नीति ठहर गर्ने प्रधानमन्त्री केपी ओलीले सीमा मुद्दामा राष्ट्रिय सहमति जुटाउन गरेको प्रयासको सबैले प्रशंसा गरेका छन् ।
देश एक भएर प्रधानमन्त्रीलाई विदेशीसँग संवाद गर्ने आत्मबल प्रदान गरेका दुर्लभ परिघटनाका साक्षी हौं हामी । अब ‘काटिएको नक्सा नै हाम्रो हो’ भनेर प्रधानमन्त्रीले जनतालाई देखाउने कि लुटिएको भूमि फिर्ता ल्याएर नयाँ नेपाली नक्सा दिने ? पर्ख र हेर ।
वर्तमान सरकार र नेतृत्वकर्ता प्रधानमन्त्रीसँग अहिले हातमा नेपालको दुई थरी नक्सा छ, लुटिएको नेपाल र नलुटिएको नेपालको ।
लुटिएको नक्सा नै सदर हुने हो भने प्रधानमन्त्रीले ‘मैले सकिन र नाकाबन्दीमा गाडेको राष्ट्रियताको मेरो कोसेढुंगाबाट म रित्तो हात फर्किएको छु’ भन्नपर्ने हुन्छ । हामी त्यो दिनको अपेक्षा किमार्थ गर्दैनौं । सक्कली नक्सा फिर्ता लिन सफल भए भने त्यसपछि जयजयकार गरौंला ।

२०७६ मङ्सिर २ गतेको सम्पादकिय

तथ्याङ्क हेरेर योजना बनाउ
राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आकलन गर्न सरकारले पहिलो पटक सञ्चालन गरेको आर्थिक गणनाको तथ्याङ्कले नुवाकोटको केही अवस्थालाई प्रष्ट गरेको छ । अनुमानित नौ हजार व्यावसायिक प्रतिष्ठान वा भनौं आर्थिक एकाइ रहेको सरकारी तथ्याङ्क आएको छ । १२ स्थानीय तहमा आठ हजार ७९४ औद्योगिक प्रतिष्ठान छ । ति औद्योगिक प्रतिष्ठानमा ३० हजार १२९ जना जनशक्ति आबद्ध छन् । तयस मध्येमा महिलाको संख्या १२ हजार ५६ छ । औद्योगिक प्रतिष्ठानमध्ये जिल्लाको सबैभन्दा बढी विदुर नगरपालिकामा र सबैभन्दा कम शिवपुरी गाउँपालिकामा देखियो । २०७५ को वैशाखदेखि जेठ मसान्तसम्म दुई महिना लगाएर गरिएको स्थलगत तथ्याङ्क संकलनले केही सम्भावना र स्थानीय तहमा आर्थिक अवस्था कस्तो भनेर देखाएको छ । विदुरमा तीन हजार १०, बेलकोटगढीमा ९४९, दुप्चेश्वरमा ७६० ताँदीमा ५६४ सूर्यगढीमा ४०४, किस्पाङमा ४०९, म्यागङमा ४०४, तारकेश्वरमा ३९१ लिखुमा ५९४, पञ्चकन्यामा ३५७, शिवपुरीमा ३५२ र ककनीमा ६०० व्यावसायिक प्रतिष्ठान रहेको देखिन्छ ।
आर्थिक गणनामार्फत पूँजीगत स्थितिका आधारमा आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानका वितरण, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार वैदेशिक पूँजीको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्र अनुसार आम्दानी, बिक्री र सञ्चालन खर्चको वितरण, संस्था दर्ता स्थिति अनुसार प्रतिष्ठानको अनुपात, वैधानिक स्थिति अनुसार प्रतिष्ठानको अनुपात, व्यवसाय सञ्चालन हुने समयानुसार प्रतिष्ठानको वितरण लगायतका विस्तृत विवरण छुट्याएर सरकराले नुवाकोटको यो अवस्थाको सार्वजनिक गरेको छ । यसरी, स्थानीय तहअनुसार विवरण छुट्याइएकाले अब पालिकामा पठाएर प्रतिष्ठानको विश्लेषण अनुसार नयाँ योजना बनाउनका लागि सहजता मिल्ने छ । आफु कुनुकुल र राजनीति दृष्टिबाट मात्रै आर्थिक गतिविधि र अवस्थालाई ख्याख्या गरिदै बुझिदै आएको कत्तिपय स्थानीय तहहरूले आफ्नो पालिकाको आर्थिक अवस्था र क्रृयाकलापको बारेमा  पत्तो नआइरहेको अवस्थाको अव अन्त्य हुनेछ । राज्यले ठूलो लगानीमा तयार गरेको आर्थिक गणना नतिजाबाट स्थानीय तहको आर्थिक अवस्थाको सूचकको विश्लेषण गरेर नयाँ योजना तथा कार्यक्रम सञ्चालनका लागि मार्गनिर्देशमा सहयोग पुगास् र कार्यान्वय होस् ।