Sunday, November 24, 2019

पुरानै शैलीमा दरवार

बशन्ती दरवारको पुर्न निर्माण । तस्बिर : दिपेन्द्र श्रेष्ठ/इमेज
दिपेन्द्र श्रेष्ठ
ककनी/नुवाकोटको ककनीस्थित ऐतिहासिक बशन्ती दरबारको पुनःनिर्माण सुरु भएको छ । कुनैबेला नेपालकै शान पनि रहेको दरबारको पुरातत्व बिभागले पुनःनिर्माण थालेको हो ।
नगरकोटसँगै पर्यटकिय क्षेत्र घोषणा भएको ककनीमा पर्यटकलाई तान्ने यही दरवार लगायतका संरचना अस्तब्यस्त भएकै कारण पर्टकको संख्यामा कमी हुँदै आएको छ । दरवारको पुननिर्माणले पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा स्थानीयहरूले गरेका छन् ।
जिर्ण अबस्थामा रहेको दरबारलाई २०७२ सालको बिनाशकारी भुकम्पले ध्वस्त बनाएको थियो । ककनी गाँउपालिका वडा नम्बर ५ को ककनीडाँडामा रहेको बशन्ती दरबार पुरातत्व बिभागले अघिल्लो आर्थिक बर्षबाट पुनःनिर्माण सुरु गरेपनि काम हुन सकेको थिएन । निर्माण कम्पनीले ठेक्का लिएर काम गर्न आनाकानी गर्दै आएको थियो । हाल पुरातत्व बिभागको नियमित निगरानी र निर्देशन पछी काम सुरु भएको छ । दरबार पुनःनिर्माणको लागी किर्तिपुरबाट कालिगढ ल्याईएको छ ।
दरवारको निर्माणलाई समयमै सम्पन्न गराउनका लागि गाउँपालिकाको तर्फबाट पनि अनुगमन र चासो व्यक्त भइरहेको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताए । उनका अनुसार दरवारको निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष भ्रमण योजना तयार गर्नका लागि यस सम्वन्धि काम गर्ने व्यवसायीलाई गाउँपालिकाले सघाउने छ ।  काठमाडौंबाट नजिकै रहेर पनि छायाँमा रहेको ककनीलाई बशन्ती दरवारको नयाँ संरचनाले ‘मार्केटि’मा  मद्दत मल्निे अनुमान गापा उपाध्यक्ष सीता लामा खतिवडाको छ ।
जङ्गबहादुर राणाको पालामा उनका विश्वास पात्र गगनसिंह भण्डारीले रोपाईमा देखेका मिँठु नामकी गाँउले सुन्दरीसित मोहित भए पछी दरबारमा लगेर बशन्तीको नामले सुसारे राखेको ईतिहास छ । उनकै लागी निर्माण गरेको दरबार नै बशन्ती दरबारको नामले परिचित छ ।  साहित्यकार डायमण्ड शमशेर राणाले यही विषयमा बशन्ती नामक उपन्यास लेखेका छन् । त्यही उपन्यासका आधारमा नेपाली चलचित्र ‘बशन्ती’ समेत नीर शाहले तयार गरेका छन् । 

घ्यावरमै बिजुलीको मिटर

विदुर/दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङफेदीका नागरिकलाई नेपाल विद्युत प्राधिकरणले शिविर नै सञ्चालन गरेर विजुलीको मिटरबक्स विक्रि गरेको छ ।
घ्यावरचौरमा गएको साता झण्डै एक सय घरधुरीले विद्युतीय मिटर बक्स प्राप्त गरेका छन् । मिटर बक्स विक्रि कार्यक्रममा संघिय सांसद् हितवहादुर तामाङ, गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङ उपाध्यक्ष अञ्जु आचार्य लगायतको उपस्थिति थियो ।
दुर्गमबस्तीका बासिन्दालाई विजुली उपलब्ध गराउने अभियान अन्र्तगत दुई वर्ष अघि हेलिकोप्टरबाट घ्याङफेदीमा विजुली बत्तिको ट्रान्सफर्मर ओसारिएको थियो । त्यसपछि गाउँमा विस्तार भएको विजुली बत्ति प्रयोग गर्न मिटर बक्स लिनका लागि त्यहाँका नागकिरलाई झण्झट हुँदै आएको थियो । त्यही कामका लागि मात्रै त्रिशुली आउने पर्ने अवस्थाका कारण प्राधिकरणले यो शिविरको आयोजना गरेको हो । गाँउमै पुगेको सामाग्री वितरण शिविरले ग्राहकलाई २१ सय ५० रुपैयाँमा मिटरबक्स विक्रि गरेको छ ।

सामाजिक सञ्जालबाट

एकआपसका प्रतिस्पर्धी नेकपा र काँग्रेस नुवाकोटका शिर्ष नेताहरू लिखु र पञ्चकन्याको सामुहिक खेती प्रवद्र्धन समितिको आयोजनामा काठमाडौंको एक होटलमा भएको छलफलमा । दाँयाबाट काँग्रेसका डा. प्रकाशशरण महत, डा. रामशरण महत, नेकपाका हितबहादुर तामाङ, राधिका तामाङ, बद्री मैनाली, काँग्रेसका अर्जुननरसिंह केसी लगायतका ।   

बिवाह गर्न लागेका उसन पक्राउ

विदुर/बालिका बिबाह गर्न लागेको अभियोगमा नुवाकोट प्रहरीले तादी गाँउपालिकाका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वडा नं २ का उसन जिम्बा छन् । २१ वर्षका उनले १४ वर्षकी बालिका बिबाह गरेर घर भित्र्याउन लागेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खरानीटारले उनलाई नियन्त्रणमा लिएको हो । उनी विवाहको अन्तिम तयारीमा थिए । 

विनियोजित बजेटको पूर्ण विवरण

नुवाकोट जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्र्तगत प्रदेश नं. १ (राधिका तामाङ निर्वाचित क्षेत्र)को आ.व. २०६७/०७७ मा ३ नं. प्रदेश सरकारबाट सञ्चालित :



जन्ती बस दुर्घटनामा एकको मृत्यु

विदुर/धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आइतवार बिहान भएको जन्ती बस दुर्घटनामा नुवाकोट जिल्लाको एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी ४० घाइते भएका छन् । मृत्यु हुनेमा बेलकोटगढी वडा नं. ५ की १४ वर्षीया डोल्मा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङ्गले जानकारी दिएको छ ।
बेलकोटगढी नगरपालिका बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नं. को जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएको र काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ । २३ जनाको यो समाचार तयार पर्दासम्म बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको छ । 

प्रहरीको तीन वटा भवन बन्यो

कुमरीमा चौकी उद्घाटन गर्दै प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेत ।
विदुर/राष्ट्रिय पुनर्निमाण कोषको सहयोगमा निर्माण भएको तीन वटा प्रहरी कार्यालयको भवन गएको साता उद्घाटन भएको छ । गएको आइतवार दुई स्थानको प्रहरी चौकी भवनको उद्घाटन भएको छ ।
ककनी प्रहरी चौकीको विहान र लिखु गाउँपालिकाको ढिकुरे प्रहरी चौकी भवनको दिउँसो प्रदेश नं. ३ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले उद्घाटन गरे ।
त्यस्तै मंगलवार बेलकोटगढी नगरपालिकाको कुमरीमा प्रहरी चौकीको भवन प्रदेश प्रमुख बस्नेतले उद्घाटन गरे । सो अवसरमा बस्नेतले भवन निर्माण कार्यमा सहयोग गर्नेहरूलाई प्रशंसा–पत्र प्रदान गरे  । उद्घाटन कार्यक्रममा बेलकोटगढी नगरपालिकाको प्रमुख राजेन्द्ररमण खनाल, संघिय प्रहरी ईकाई कार्यालय काभ्रेका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भोजजंग शाह, जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रमुख प्रहरी उपरिक्षक अबिनारायण काफ्ले लगायत सहभागि थिए ।
प्राधिकरण कोषको १ करोड २० लाख ६९ हजार रुपैयाँमा भवन निर्माण भएको नुवाकोट प्रहरी प्रमुख काफ्लले जानकारी दिए ।

‘पहिरो नजाने गरी बिकास गरौ’

विदुर/ग्रामिण क्षेत्रमा सडक निर्माण हुँदा पहिरो जाने जोखिम सधै देखिएकोले त्यसको नियन्त्रणका लागि विदुर नगरपालिकाले दिर्घकालिन योजना बनाएर अघि बढ्ने भएको छ ।
विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पहिरोको जोखिम पहिचानमा नक्साको उपयोग सम्वन्धी अन्तरक्रिया बोल्दै आफु त्यसमा सचेत रहेको बताए । पण्डितले विकासले विनास ननिम्तियोस् भन्नेमा अन्त पनि जनप्रतिनिधिदेखि स्थानीय र निर्माण कम्पनी सबै चनाखो हुनुपर्ने बताए ।
     २०७२ को भूकम्प अघि अति प्रभावित १४ जिल्लामा सानाठूला गरी १३ हजार २ सय पहिरो गएको थियो । भूकम्प पछि १८ हजार ६ सय पहिरो गएको तथ्याङ्क छ । हिउदमा सडक निर्माण गर्ने र बर्षातको समयमा पहिरोले समस्या पर्ने गरेको सरोकारवालाहरूले बताएका छन् ।
      विपद आइसके पछि उद्धार गर्न तम्सिने बानी हटाएर विपदको पूर्वतयारीमा लाग्नु आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।
त्रिचन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. मेघराज धितालले कार्यक्रममा पहिरो जानुको कारण, पहिरो रोकथामको उपाय लगायतको विषयमा जानकारी गराए । उनले नक्साको उपयोग हचुवामा गर्दा पहिरोको जोखिम बढिरहेको तर्क गरे । कार्यक्रममा स्थानीय तहमा कार्यरत इन्जिनियरहरूलाई नक्साको उचित प्रयोगको बारेमा प्रशिक्षण समेत दिइएको थियो । 

देउसीभैली खेलेको रकम विद्यार्थीलाई

विदुर/जिपी कोईराला अध्ययन केन्द्रले गएको तिहारमा देउसीभैली कार्यक्रमबाट सङ्कलित रकम नुवाकोटको तादी गाउँपालिका वडा नं. १ उर्लेनीका केही विद्यालयहरूमा खर्चेको छ । सो रकमबाट गगांदेबि प्राबि, सुन्दरादेबि माबि, मगंलेश्वरी प्राबिमा कम्प्युटर, शैक्षिक, खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रमका जिपी कोईराला अध्यायन केन्द्रका महासचिव निरञ्जन थापाले सामाग्री हस्तान्तरण गरेको  नेबिसंघ नुवाकोट कोषाध्यक्ष स्वेच्छा उप्रेतीले जनाकारी दिए ।

माता मनकामनाको साधारण सभा

विदुर/माता मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड ढुङ्गेको छैटौँ बार्षिक साधारण सभा शनिवार विदुरमा सम्पन्न भएको छ ।
साधारण सभाले विदुरमा हरेको नयाँ आन्तरिक पर्यटकिय क्षेत्रको पहिचान र प्रचारमा समेत टेवा पु¥याएको छ । बनदेवी मन्दिर परिषरमा भएको साधारण सभाले त्यस क्षेत्र भ्रमण, कार्यक्रम तथा ‘पिकनिक’का लागि उपयुक्त रहेको देखाएको छ । सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजन श्रेष्ठले स–साना लगानीसँगै ठुला ब्यबसायीक क्षेत्रमा अग्रसर हुनु पर्ने बताए । छरिएको पुँजी सङ्कलन गर्दै ठुलो रकम जम्मा गर्ने सहकारीहरू ब्यबसायीक क्षेत्रमा आएमा मुलुकमा आर्थिक सम्बृद्धि हुने उनको तर्क छ ।
सहकारीका अध्यक्ष नबिनकृष्ण राजभण्डारीले सहकारीमा आबद्ध सदस्यहरूको हितका लागि जीबन सुरक्षा कोषको ब्यबस्था गरेको घोषणा गरे । स्थापनाको छोटो समयमा सहकारीले गरेको प्रगति र सदस्य बीच छाएको लोकप्रियताको सहभागिहरूले चर्चा गरे ।

बजारमा ‘स्पिड लिमिट बोर्ड’

बट्टार/जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले बट्टार बजारमा ‘स्पिड लिमिट बोर्ड’ राखेको छ ।
नुवाकोट उद्ययोग बाणिज्य संघको सौजन्यमा बोर्ड राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पछिल्लो समय बजार क्षेत्रमा सबारी दुर्घटना बढेकोले ट्राफिक सङ्केत राखिएको बताइएको छ ।
नुवाकोटको सडक अन्तराष्ट्रिय राजमार्गको रुपमा विकास भएकोले बढ्दो बसारी चाप अनुसारको ट्राफिक सचेतना आवश्यक रहेको सरोकारवालाहरूले बताउँदै आएका छन् । सवारी चालक चालकदेखि नागरिकहरूलाई समेत सचेता बनाउने र ट्राफिक नियम स्मरणका कार्यक्रम र गतिविधिहरू आवश्यक रहेको नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए । त्यही अभियान अन्र्तगत यसरी संकते वोर्डहरू राखिएको प्रतिक्रृया उनले दिएका छन् । 

सुख्खा बन्दरगाहको शिलान्यास

विदुर/मित्रराष्ट्र चीनसँगको अन्तराष्ट्रिय नाका रसुवागढी नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको एक  कार्यक्रमका बीच बुधबार शिलान्यास भएको छ ।
दुई वर्ष अघिदेखि निर्माणको हल्ला चलिरहेको बन्दरगाहको सिनर्माणको अब सुरुवात भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र तिब्बत कमर्स डिपार्टमेन्ट अफ् चाइनाका निर्देशक पियान चनले संयुक्त रुपमा बन्दरगाहको शिलान्यास गरेका छन् ।
चीन सरकारको सहयोगमा निर्माण हुन लागेको बन्दरगाह ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । बन्दरगाह निर्माणको जिम्मा तिब्बत फुली कन्ट्रक्सनले लिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी गरी साढे ८ हेक्टर जग्गामा सुख्खा बन्दरगाह बनने छ । त्यसका लागि आवश्यक सबै जग्गा अधिग्रहण भइसकेको छ ।
रसुवागढी नाकालाई व्यवस्थित बनाउनका लागि अघि बढाइएका प्रमुख तीन काममध्ये यो एक रहेको जनाइएको छ । स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नति, नाकामा एकीकृत जाँच चौकीको निर्माण र सुख्खा बन्दरगाह निर्माण प्राथमिकतामा रहेको छ । 
पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक तथा ल्याब रहने छ । बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० बर्गमिटरका दुई वटा जाँचपास स्थल हुनेछ । ३५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ । साढे ८ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने छ । 

बिप्लव समुहका दुई कार्यकर्ता पक्राउ

विदुर/मंगलवार नुवाकोटको लिखु गाउँपालिका वडा नं. ३ स्थित ढिकुरे बजार र चौखुडा जोड्ने पुल नजिकबाट नेकपा बिप्लव समुहका दुई जना कार्यकर्ताहरूलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।
चन्दा संकलन गरेर जाँदै गरेको सूचनाको आधारमा प्रहरीले उनीहरूको पिछा गरी पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका वडा नं. १ का ६३ वर्षिया  कृष्णहरि घिमिरे र रामेछाप सुनपानी गाउँपालिका वडा नं. ३ का ३१ वर्षिया रामदल श्रेष्ठ पक्राउ परेका हुन् ।
उनीहरूसित सोधपुछ गर्ने क्रममा प्रहरीलाई नै दुब्र्यहवार गरेको र अनुसन्धानमा वाधा उत्पन्न गरेको आरोप प्रहरीको छ । घिमिरेका साथबाट ४५ हजार ६३५ र श्रेष्ठको साथबाट १२ हजार २७५ फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले उक्त रकम चन्दा संकलनको रहेको अनुमान गरेको छ । उनीहरू चढेको ना २२ प ३००९ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा राखेको छ ।
बुधवार जिल्ला अदालत नुवाकोटमा पेश गरी उनीहरूमाथी सार्वजनिक शान्ति, हित विरुद्दको कसूर अन्तर्गत म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

तस्बिर खबर

आर्थिक वर्ष २०७४÷७५ मा नुवाकोट जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने त्रिशुली ब्रिडिङ एण्ड रिसर्च फार्म प्रालिका सञ्चालक विष्णुप्रसाद रिमाललाई मंसिर ४ गते आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आन्तरिक राजश्व कार्यालय कलंकीले सम्मान गर्दै । तस्बिर : इमेज  

काफलगेडीद्धारा खाद्यान्न सहयोग

विदुर/काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोलोनीले १२ औं बार्षिक साधारण सभाको अवसरमा वृद्धवृद्धाहरूलाई शनिवार खाद्यान्न र नगद सहयोग गरेको छ ।
देविघाटमा रहेको वृद्धाश्रममा शनिवार सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी ११ हजार रुपैयाँ अक्षकोषका लागि र केहि दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको हो । सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले वृद्धाश्रमका अध्यक्ष विष्णुप्रसाद नेपाललाई नगद र सामाग्री हस्तान्तरण गरे । सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त हसयोग प्रदान गरेको सहकारीका अध्यक्ष श्रेष्ठले बताए ।
यसै बीच, सहकारीको बार्षिक साधारण सभा शनिवार नै ढुङ्गेमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले गरे । उनले त्यस अवसरमा आर्थिक सम्बृद्धीको पहिलो पाटो सहकारी रहेको बताए । समन्वय प्रमुख तामाङले बैङ्क तथा अन्य बित्तिय संस्थाले साना ब्यबसायीहरूलाई सम्बोधन गर्न नसकेकाले सहाकरीको योगदान ठुलो रहेको बताए ।
सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बिभिन्न निकायसँग समन्वय गर्दै युवाहरूलाई समेत ब्यबसायीक क्षेत्रमा काफलगेडी सहकारी संस्थाले जोड्दै आएको बताए ।
सहकारीको १२ औँ साधारण सभाले अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष प्रदिपरत्न शाक्यद्धारा प्रस्तुत प्रतिबेदन पारित गरेको छ । सहकारीले यस आर्थिक बर्षमा ५ लाख रुपैयाँ भन्दा बढि रकम खुद नाफा गरेको छ । लगानीको उच्च प्रतिफल दिदै आएको सहकारीले शेयर रकम बढाउने निर्णय गरेको छ । सहकारीले बिदुर नगरपालिका वडा नम्बर ९ कोलोनीमा ब्यबसायीक भवन निर्माण गर्ने पनि जनाएको छ । शेयर सदस्यहरूबाट शेयर रकम थप गर्दे ब्यबसायीक भवन निर्माण गर्ने सहकारीको योजना रहेको छ ।
सहकारीले आफ्ना शेयर सदस्यका एसईई परीक्षामा उत्कृष्ठ हुने छोराछोरीहरूलाई सम्मान गरेको छ । मनिस केसी, श्रेया अधिकारी र लस्ता महर्जन सम्मानित भएका छन् । उनिहरूलाई जनही ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ । 

सुइरे चौर प्याराग्लाडिङ्गको गन्तव्य

तस्बिरःराजेन्द्रप्रकाश लोहनीको फेसबुक

– हरि भेटुवाल
शिवपुरी/यहाँको ‘सुइरे चौर’ प्याराग्लाडिङ्गको गतिलो गन्तव्य बन्ने  सम्भावना छ । सात जिल्लाको दृश्य देखिने र रमणीय स्थान रहेको सुइरे चौरबाट लाङटाङ, गणेश, मनासलु हिमाल, जुगल हेल्मबु हिमालको दृश्य अबलोकन गर्न सकिन्छ ।
खुल्ला आकाशमा पन्छि जस्तै स्वतन्त्रपूर्वक उडेर खेलिने साहसिक खेलको रुपमा रहेको प्याराग्लाडिङ्ग प्रतिको आर्कषण पछिल्लो समय युवापुस्तामा बढ्न थालेको हो । ‘प्याराग्लाडिङ्गको लागि हावाको स्तर मिल्नुपर्ने र त्यस्तो वातावरण सुइरे चौरमा पर्याप्त भएकाले पनि प्याराग्लाडिङ्गको लागि सुइरे चौर उत्तम स्थान रहेको बिज्ञहरूले बताएका छन् ।
जाडो तथा चिसो मौसम सुरु भएसंगै त्यहाँ नेपालका विभिन्न स्थानबाट बनभोज तथा पिकनीक आउनेको सङख्यामा पनि वृद्धि भईरहेको छ । त्यसका साथै यस क्षेत्रको विकासको लागि प्याराग्लाडिङ्ग आएसंगै पर्यटन आगमनमा पनि वृद्धि हुने प्रति स्थानियहरू खुसी भएका छन् ।
समग्र नुवाकोटको विकाशको लागि आफु पहिलेबाट नै प्रयत्नरत रहेको र त्यस मध्येको एउटा महत्वपूर्ण आधार प्याराग्लाडिङ्ग भएको शिबपुरी गाँउपालिकाले जनाएको छ । सुइरे चौर काठमाडौंसंगै छ ।


सडक मर्मत थालियो

विदुर/पासाङल्हमु मार्गको बेत्रावतीदेखि स्याफ्रुबेशीसम्मको सडकमा परेका खाल्डाखुल्डी पुर्न थालेको छ ।
सुख्खायाम सुरु भएसँगै बेत्रावतीदेखि कालिकास्थान, धुन्चे हुदै स्याफ्रुबेशीसम्मको सडकमा परेको खाल्डाखुल्डी पुर्न सुरु गरेको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । गएको शनिबारदेखि धुन्चे–कालिकास्थान सडकखण्ड अन्तर्गत स्याउबारीबाट खाल्डाखुल्डी परेको सडक मर्मत सुरु गरेको कार्यालयले जनायो ।
गएको बिहिबार जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवालासँगको छलफलपछि बिग्रिएका सडक सुधारको अभियान सुरु गर्ने निर्णय गरिएको थियो । छलफलले सडक डिभिजन कार्यालय नुवाकोटको समन्वयमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाको नेतृत्वमा बिग्रेका सडक मर्मतको काम सुरु गर्ने निर्णय गरिएको थियो । सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यका अनुसार आवश्यक जेसिभि, लोडर र टिपर प्रयोग गरि बिग्रेको सडक मर्मत सुरु भएको छ ।
यस्तै, अन्तराष्ट्रिय ब्यापारिक नाका जोडिएको सडक जिर्ण बने पछि सडक मर्मत गरी सहज रुपमा सवारी सञ्चालन गर्ने वातावरण बनाउन सवारी चालकहरूले सम्बन्धित निकायसंग माग समेत गरेका छन् ।

१३ योजनाका लागि ३ करोड

योजना छनौटका लागि सांसद बद्री मैनाली जनतासित अन्तरक्रिया गर्दै । 
विदुर/नुवाकोटबाट निर्वाचित प्रदेश नं. ३ का सांसद् बद्री मैनालीले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तरगत प्राप्त तीन करोड रुपैयाँ १३ वटा योजनामा बाँडफाँट गरेका छन् ।
कार्यक्रम निर्देशक समितिको बैठकले प्रदेश क्षेत्र नं. ‘ख’ का २२ वटा वडाबाट माग भएका १३ वटा योजनामा बजेट तर्जुमा गरिएको सांसद् मैनालीले जानकारी दिए । चारवटा वडामा ठूला चार वटा योजना पचास लाख रुपैयाँ बिनियोजन गरेको र बाँकी ९ वटा योजना १० देखि १५ लाख रुपैयाँको रहेको उनले जानकारी दिए ।
५० लाखको योजना लिखु गाउँपालिकाको वडा नं. ५ र ६ मा मरणपाटी मुलकुलो थानसिंग सिचाई, ककनी गाउँपाकिला वडा नं. ७ को सिस्नेरी छहरे डुम्रीचउर सिचाई योजना, ककनी वडा नं. ३ को लाउके–डिपबोरिङ–मुकुन्देश्वरी मावि–आलेटार पैरे खानेपानी योजना र ककनी वडा नं. ४ को ३५ किलो जुरेथुम–कटुञ्जे–ओख्ले बेलकोटगढी सडक छन् । बाँकी ९ वटा योजनामा एक करोड बिनियोजन गरिएको छ ।
पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद्ले ३ करोड रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा विकासका लागि खर्चन पाउने छन् । 

६० मेगावाटको त्रिशुली थ्रि ए उद्घाटन

विदुर/चैतदेखि नियमित विद्युत् उत्पादन सुरु गरेको माथिल्लो त्रिशुली थ्रि ए आयोजनाको गएको सोमवार औपचारिक रूपमा उद्घाटन भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्रीले राष्ट्रिय हितका आयोजनामा नियमानुसार कम मात्रै मुआब्जा तथा क्षतिपूर्ति लिनेतर्फ आम नागरिकसमेत लाग्नुपर्ने बताएका छन् । सरकारको हैसियत अनुसार नै मुआब्जा माग्ने र विकास निर्माणको कामलाई सहज बनाउने तर्फ लाग्न प्रधानमन्त्रीले आग्रह गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजना निर्माण सम्पन्न भएपनि स्थानिय नागरिकहरूको चाहना अनुसारका बाँकी कार्यक्रमहरूलाई नेपाल सरकारले सम्बोधन गर्ने बताए । बिभिन्न कारणले रुग्ण आयोजनाको रुपमा राखेको आयोजनालाई नुवाकोट र रसुवाकै नागरिक र जनप्रतिनिधिका कारण आयोजना निर्माण सम्न्न भएको बताए ।
अर्थमन्त्रि डा. युवराज खतिवडाले नुवाकोट र रसुवा हाललाई नेपालको बिद्युत उत्पादन जिल्लाको रुपमा नेपाल सरकारले लिएको बताए । दश बर्षे रणनीति बनाउदै नेपाल सरकारले नेपाललाई नै दक्षिण एसियामा जलबिद्युतको पावर हाउसको रुपमा स्थापित गर्ने नीति लिएको उनले बताए ।
नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो प्रयास र मेहनतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको बताए । सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गरेको बताउदै उनले माथिल्लो त्रिशुली थ्रि ए जलबिद्युत आयोजनाले नेपालको कुल बिद्युत प्रबाहमा ८ प्रतिशत योगदान दिएको उनले बताए ।
क्षमता वृद्धि, भूकम्प तथा कहिले निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण समस्यामा पर्दै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ को दोस्रो युनिटले पनि बितेको साउन १५ गतेदेखि परीक्षण उत्पादन गरेको थियो ।
अनुमानित लागत १२ अर्ब ६० करोड  रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलित ऋणमा निर्माण भएको हो ।
प्राधिकरणका अनुसार यस आयोजनाबाट करिब नौ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछ । यस्तै हिउँदका तीन महिना आयोजनाले ४५ मेगावाट विद्युत् उत्पादन गर्नेछ । आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक करिब पाँच अर्ब आम्दानी गर्छ ।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत १४ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । निर्माण अवधिको २ अर्ब ८९ करोड व्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण सम्पन्न भएको छ ।  चिनिया एक्जिम बैकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी प्रवाह भएको यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माण भएको हो ।
उत्पादित विद्युत् किस्पाङ ५ सिम्ले स्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई)सँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।
इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रप अफ कम्पनीज (सिजिजिसी)संग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो ।  आयोजनाबाट वार्षिक रुपमा करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुने बताइएको छ । यसै बीच, २०७७ फागुन मसान्तभित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य राखेको माथिल्लो त्रिशुली ३ बीको निर्माण कार्य ४० प्रतिशत सकिएको छ । किस्पाङ गापा–५ मा रहेको आयोजनाको सुरुङ खन्ने, विद्युतगृह, सर्च ट्यांक, पेनस्टकको प्रारम्भिक निर्माण कार्य भइरहेको छ । अहिलेसम्म १२ सय मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ । इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग ठेक्का सम्झौता भएको थियो ।

सडकमा पोलको झमेला

विदुर/स्याफ्रुबेँसी–रसुवागढी खण्डको सडक छेउमा रहेका विद्युतको तार र पोल सार्न नसक्दा सडक स्तरोन्नतिको काम स्थगन भएको छ ।
स्याफ्रुबेँसीदेखि रसुवागढी सम्मको १६ किलोमिटर सञ्चालन भइरहेको अन्तराष्ट्रिय राजमार्ग दुई लेनको कार्य चीन सरकारको सहयोगमा हुन लागेको र काम गर्न चिनियाँ ठेकेदार समेत कार्यक्षेत्रमा आइसके पनि सडक छेउमा रहेका विद्युत लाइन अन्यत्र सार्न ढिलाइ हुँदा राजमार्ग स्तरोन्नति गराउने काम स्थगन भइरहेको गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
दशैँ अगाडि नै टिमुरेको घट्टेखोलामा एक छलफल गरी सडक स्तरोन्नति गर्न जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले काम गर्न आई सडक विस्तारमा सहज पार्न राजमार्ग छेउका विद्युत् लाइन स्थानान्तरण गरिदिन आग्रह गरेको थियो ।
लाइन स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरण धुञ्चेलाई आग्रह गरिए पनि विद्युत् खम्बा सार्ने प्रक्रिया अगाडि नबढ्दा राजर्माग सुधारमा ढिलाइ भइरहेको आयोजना प्रमुख भण्डारीले बताए ।

शैक्षिक सामाग्री वितरण

विदुर/नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभाका सदस्य बहादुरसिंह लामाले आफ्नो चुनावी क्षेत्रमा पर्ने नुवाकोटको विभिन्न विद्यालयमा आफ्नै लगानीमा शैक्षिक सामग्रीका साथै न्यानो कपडा वितरण गरेका छन् ।
बेलकोटगढी नगरपालिका वडा नं. ९ मा रहेको शिलासीता प्रावि, करुणाकर आधारभूत विद्यालय र महामाया माविमा सामग्री वितरण भएको हो । ३९५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण भएको बताइएको छ । 
जनताले तिरेको करबाट प्राप्त सुविधा जनतालाई नै फिर्ता गर्ने उद्देश्यले शैक्षिक क्षेत्रमा टेवा पु¥याउन यो अभियान थालेको तामाङले प्रतिक्रृया दिए ।

बाल अधिकार दिवस विशेष समुदाय र एफएममा

विदुर/अन्तराष्ट्रिय बाल अधिकार दिबसको अबसरमा बुधवार नुवाकोटमा कानुनी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा गेर्खुमा रहेको सुर्योदय सामाजिक क्लबमा बाल अधिकार सम्बन्धि बहस गरिएको छ ।
यही सन्र्दभमा नुवाकोटको सामुदायिक रेडियो ८८.४ मेगाहर्जमा रेडियो त्रिशुलीले समेत विशेष कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापा, जिल्ला सरकारी वकिलको कार्यालय नुवाकोटका प्रमुख न्यायधीबक्ता गोपाल ढकाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापा र जिल्ला बालकल्याण समिति नुवाकोटका सदस्य ईन्द्रबहादुर पण्डित सहभागि थिए ।
सन् १९८९ मा संयुक्त राष्ट्र संघले बाल अधिकार सम्बन्धि महासन्धि पारित गरेको दिनलाई स्मरण गर्दै यो दिबस मनाउने गरिएको छ ।
बिश्वमा सबै भन्दा धेरै मुलुकले अनुमोदन गरेको महासन्धिका रुपमा बाल अधिकार महासन्धि रहेको छ । यो महासन्धिलाई नेपालले सन् १९९० मा अनुमोदन गरेको थियो । महासन्धिको अनुमोदन पछी बाल अधिकार सम्बन्धि बिभिन्न नीति, नियम र कानुनहरू निर्माण गर्दै बाल अधिकारको संरक्षणमा लागेको छ ।

नीतिका कारण पुनर्निमाणमा ढिलाई भएको दावी

विदुर/सरकारको नीतिगत अस्प्रष्टताले भुकम्प पछिको पुननिर्माणमा ढिलाई भएको नुवाकोटका सरोकारवालाहरूले बताएका छन् ।
      ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल नुवाकाटले गएको सोमवार गरेको कार्यक्रममा सहभागीहरूले सरकार परिवर्तन भएपछि भएको नीति फेरबदलले पुननिर्माण सन्तोषजनक नरहेको बताए । जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले लाभग्राहीको छनोट प्रकृयामै पुननिर्माण प्राधिकरण अल्झिरहेकोले अहिले सन्तोषजनक रुपमा पुननिर्माण हुन नसकेको बताए ।
अधिबक्ता कृष्णप्रसाद भण्डारीले पुननिर्माणमा सदाचारको कार्यक्रम सञ्चालन गर्ने देखि पुनर्निमाणमै काम गरिरहेका गैर सरकारी संस्थाहरूको गरेको कामको पारदर्शिता खोज्नु पर्ने बताए । जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधारले निजी आवास निर्माणमा भएका प्रगति बारे प्रतिवेदन प्रस्तुत गर्यो । नुवाकोटमा तेश्रो किस्ता लिनेको सङ्ख्या ७३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । नुवाकोटमा भुकम्पले क्षति पुर्याएको २६ वटा विद्यालयको पुननिर्माण कार्य सुरु हुन नसकेको पनि बताइएको छ ।
बिदुर नगरपालिकाको निमित्त प्रशासकीय अधिकृत दिवाकर चापागाई, शिक्षा तथा समन्वय ईकाइ नुवाकोटका प्रमुख अर्जुनबहादुर श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित, सम्बाद समुह नुवाकोटका कार्यक्रम संयोजक सन्तोष खनाल लगायतले पुनर्निमाणको लामो समय गुज्रिसक्दा पनि हुननसकेको प्रगतीप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।

शिक्षकलाई यथास्थानमा राख्न विद्यार्थीको दवाव

विदुर/लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा रहेको क्षेत्रपाल माध्यामिक विद्यालयमा गणित विषय अध्यापन गराउदै आएका राजु मिजारलाई सूर्यगढी गाउँपालिकामा सिफारिस गरेको भन्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यार्थीले विरोध जनाएका छन् । गएको कार्तिक २९ गते शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले शिक्षक सेवा आयोगमा उर्तीण भएका प्राथमिक तहका शिक्षकहरूलाई स्थानीय तह छनौट गरी नियुक्ति पत्र दिएको थियो ।
डेढ वर्ष अघि क्षेत्रपाल माध्यामिक विद्यालयले गणित शिक्षक मिजारलाई करारमा नियक्ति गरेको थियो । मिजार विद्यालयमा नियुक्ति भएसँगै विद्यार्थीहरूको गणित विषयको नतिजा राम्रो हुदै आएको भन्दै अन्य शिक्षकलाई विद्यालयमा पठाउनुको सट्टा उनलाई पठाईदिन माग गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रकुमार राई, शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र अगस्ती सहित कक्षा १० का विद्यार्थीहरूले मबुधवार शिक्षा  विकास तथा समन्वय इकाई नुवाकोटमा ज्ञापन पत्र बुझाएका छन् ।
गणित शिक्षक मिजारलाई प्राथमिक शिक्षकमा नियुक्ति गरी अन्यत्र पठाउदा एसईईको परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष असर पर्ने देखिएकोले यस विषयमा विद्यालयको ध्यानाकर्षण  भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रकुमार राईले बताए ।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले शिक्षक मिजारको लागि पालिका विभाजन गर्दा क्षेत्रपाल माध्यामिक विद्यालयमा रिक्त रहेको प्राथमिक शिक्षकको पदपूर्ति हुने गरी लिखु गाउँपालिकामा सिफारिस गरिदिन स्कुलको माग छ ।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका निमित्त प्रमुख विजयराज बडुले इकाई प्रमुख काम विशेषले नुवाकोट बाहिर रहेकाले लिखु गाउँपालिकाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यपक लगायतसँग छलफल गर्ने प्रतिक्रृया दिएका छन् ।
लिखु गाउँपालिकाको विभिन्न विद्यालयमा रिक्त रहेको प्राथमिक शिक्षकको पदपूर्ति गर्न ४ जना शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गरि पठाएको थियो ।

२०७६ मङ्सिर ९ गतेको सम्पादकिय

ओझेल पर्दै छ धुञ्चे
सामान आयातका लागि चीनसितको नाका रसुवागढी जाने सवारी साधनले रसुवाकै मैलुङतर्फको सडक प्रयोग गर्न थालेको देखिएको छ । सडक दुरी कम भएकोले पेट्रोल, डिजेल कम लाग्ने भएकोले यो सडक बढीको रोजाईमा पर्न थालेको हुनसक्ने । भदौंको अन्तिम दिनबाट फेरि सञ्चालनमा आएको बेत्रावती, मैलुङ, स्यापु्रmबँेसीतर्फको राजमार्ग क्रमशः सहज हुन थालेपछि धुन्चे हुँदै केरुङ जाने सबैखाले मालवाहक सवारी साधन बेत्रावतीदेखि मैलुङतर्फ रहेको नयाँ राजमार्गबाट आवतजावत गर्न थालेको अनुमान सहज रुपमा गर्न सक्निछ । वर्खाभरि बन्द जस्तै रहेको उक्त सढडक खण्ड अहिले बढि ब्यस्त हुनुका कारण सहज भएर भन्दा पनि छोटो दुरी भएर नै हो । सुरक्षाका हिसावमा पनि प्रहरी चौकी स्थापना भएपछि चालकहरूले केही सहजता महशसु गरेका छन् । दैनिकरूपमा सयाँै सवारी साधन गुड्ने नदी किनारको राजमार्गमा सुरक्षा जाँचका लागि मैलुङमा सुरक्षा चौकी स्थापना भइसकेको छ । गल्छी, त्रिशूली, बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाले धादिङको गल्छीदेखि नुवाकोटको शान्ति बजारसम्म सडक सुधार गर्ने काम धमाधम अगाडि बढाइरहेको अधिकांश ठाउँका राजमार्ग फराकिलोे पारिसकेकाले हिउँदयाममा सवारी साधन गुडाउन सहज देखिएको छ । गल्छीदेखि त्रिशूली, बेत्रावती, धुञ्चे हँुदै स्याफ्रु, रसुवागढीसम्म पुग्न १०३ किलोमिटर रहेको छ । यता, बेत्रावतीबाट त्रिशूली र भोटेकोशीको किनार हुँदै रसुवागढी पुग्न २५ किमी दूरी कम पर्ने भएकाले ईन्धन खपत हुने छ ।
त्यसो त, रसुवा जिल्लाको ग्रामिण बस्तीहरूमा सडक सञ्चालनले जोडिएपछि चहल–पहल बढदै गएको छ । र त्यो संगै पुरानो मार्ग र त्यसको केन्द्रमा रहेको धुञ्चे सुनसान बन्दै जान थालेको छ । २०४२ सालमा नुवाकोटको त्रिशुली बाट सोमदाङसम्म १०५ किमि सडक निर्माण भएपछि धुञ्चे सम्म केन्द्रित बस सेवा अहिले गाउँ गाउँ पुगेको छ । यसरी ग्रामिण् भेगमा बढेको चहल पहल र सिमा जाने सवारी साधनहरूले छोटो मार्गका कारण तल्लो बाटो प्रयोग गरेपछि पुरानो सडक र त्यसमा आश्रित विकासोन्मुख बजार अनि धुञ्चे बजारमा मार पर्न थालिसकेको छ । लामो समय देखि विकास हुँदै आएको सभ्यता र भौतिक संरचनाको पूर्ण भोग नहुँदै धुञ्चे र रसुवाको पुरानो सडक आसपासमा देखिएको सुनसानले बदलिदो मानव रुची र नयाँ क्षेत्रको सम्भावनाहरूलाई प्रस्तुत गरिरहेको छ ।