Sunday, December 01, 2019

नयाँ नेता चुनिए

सुजित भण्डारी
विदुर/दुई मुख्य राजनीतिक दलले नुवाकोटमा नयाँ संरचनाको आधारमा नेता चयन गरेको छ । नेपाल कम्न्युष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले जिम्मेवारी बाडफाँट गरेको हो । काँग्रेसले १२ वटा स्थानीय तहको संयोजकको मात्रै टुङ्गो लगाएको छ भने नेकपाले निर्वाचन क्षेत्र संयोजक देखि पालिकाको सचिवसम्मको टुङ्गो लगाएको छ । नेकपाले विभिन्न २८ वटा विभागको जिम्मेवारी बाढेको छ, तर यो समाचार तयार पार्दासम्म सार्वजनिक भने गरेको छैन ।
काँग्रेसको भने संयोजक मात्रै तोकिएकोले अन्य पदका लागि संयोजकहरूले आन्तरिक गृहकार्य थालेका छन् । निर्वाचित गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे र सन्तबहादुर घले तामाङले पार्टीको पनि जिम्मेवारी लिएका छन् ।
नेकपाले संघिय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी ६० जनालाई नयाँ जिम्मेवारी दिएको छ । अहिले दिइएको जिम्मेवारी अनुसार मुख्य राजनीतिक पात्रका रुपमा पदम उप्रेती (पुर्व एमाले) र राजकुमार रेग्मी (पुर्व माओवादी) उदायका छन् । उप्रेतीले शिवपुरी गापामा अध्यक्ष हारेका थिए । रेग्मी दुई वर्ष अघि नयाँ शक्ति पार्टीबाट पुनः माओवादीमा प्रवेश गरेका थिए । स्थानीय चुनाव हारेका अन्य पनि नेकपाको नेता बनेका छन् । निर्वाचित वडा अध्यक्ष, दुई पत्रकार सह ईञ्चार्ज बनाइएको छ । 
जिल्लामा एक महिलाले मात्रै जिम्मेवारी पाएका छन् । किस्पाङ गापाको सह ईञ्चार्जमा पुर्व एमालेका श्रीमाया लामा तोकिएको छ । महिला अधिकार र समाताको वकालत गर्ने तत्कालिन माओवादी समेत मिसिएको नेकपामा पुरुष हावी नेतृत्वको विषयमा नकारात्मक टिप्पणी भइरहेको छ । नीति भन्दा पनि नेतामुखी भएर जिल्लास्तरका नेता छानिएको कारण यो समस्या आएको नेकपाका एक नेताले बताए । ठूला नेताले काखी च्यापेका व्यक्ति नेकपाका ‘झन् बलियो’रुपमा उदायको उनी बताउछन् । ‘स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारका विरुद्ध खुलेर लाग्नेलाई पार्टीले ठुलो मान्छे बनायो’ उनले भने ।  नेकपाले जिम्मेवारी बाढ्दा ‘क्रस’ नीति लिएको बैठकमा सहभागि एक नेताले बताए । पहिलो र दोश्रो पदमा पुर्व एमाले र  पुर्व माओवादीलाई पालोमा राखिएको छ ।
काँग्रेस नुवाकोट
स्थानीय तहको नाम/संयोजकको नाम
बेलकोटगढी नगरपालिका/गोकुलप्रसाद दाहाल
विदुर नगरपालिका/नेत्रप्रसाद ढकाल
तारकेश्वर गाउँपालिका/होमबहादुर तामाङ
म्यागाङ गाउँपालिका/सिंहबहादुर तामाङ
शिवपुरी गाउँपालिका/प्रेमबहादुर थापा
ककनी गाउँपालिका/सुपोल तामाङ
सुर्यगढी गाउँपालिका/सन्तबहादुर घले तामाङ
पञ्चकन्या गाउँपालिका/बैकुण्ठ खनाल
लिखु गाउँपालिका/परशुराम लामिछाने
तादी गाउँपालिका/नारायणप्रसाद पाण्डे
दुप्चेश्वर गाउँपालिका/ईन्द्रबहादुर पाण्डे
किस्पाङ गाउँपालिका/रणबहादुर तामाङ

नेकपा नुवाकोट
कार्यक्षेत्र/नाम/जिम्मेवारी
प्रतिनिधि सभा क्षेत्र नं. १/पदम उप्रेती/संयोजक
     ” राजन गौतम/सचिव
प्र.स. क्षे.१ प्रदेश सभा क/बलराम आचार्य/संयोजक
     ” राजन श्रेष्ठ/सचिव
प्र.स. क्षे.१ प्रदेश सभा ख/सुभाष तामाङ/संयोजक
     ” जीतबहादुर घले/सचिव
प्रतिनिधि सभा क्षेत्र नं. २/राजकुमार रेग्मी/संयोजक
     ” हरि अधिकारी/सचिव
प्र.स. क्षे.२ प्रदेश सभा क/नविन पुडासैनी/संयोजक
     ” माधव पाण्डे/सचिव
प्र.स. क्षे.२ प्रदेश सभा ख/गणेश श्रेष्ठ/संयोजक
     ” सुभाष तामाङ/सचिव
विदुर नगरपालिका/रामचन्द्र पौडेल/ईञ्चार्ज
     ” शरणउत्सुक सापकोटा/सह ईञ्चार्ज
     ” राजकुमार श्रेष्ठ/अध्यक्ष
     ” सुजन मगराती/सचिव
बेलकोटगढी नगरपालिका/सुर्दशन नेपाल/ईञ्चार्ज
     ” शिवप्रसाद पौडेल/सह ईञ्चार्ज
     ” प्रेमबहादुर तामाङ/अध्यक्ष
     ” नमराज तिवारी/सचिव
दुप्चेश्वर गाउँपालिका/लालबहादुर तामाङ/ईञ्चार्ज
     ” सुरज शेर्पा/सह ईञ्चार्ज
     ” युवराज तामाङ लामा/अध्यक्ष
     ” शंकर थापा/सचिव
तादी गाउँपालिका/प्रमोदलाल श्रेष्ठ/ईञ्चार्ज
     ” बिजयकुमार खनाल/सह ईञ्चार्ज
     ” सोभियतराज पाठक/अध्यक्ष
     ” रोशन श्रेष्ठ/सचिव
लिखु गाउँपालिका/धर्मराज अधिकारी/ईञ्चार्ज
     ” प्रदिपकुमार पाठक/सह ईञ्चार्ज
     ” मेघनारायण श्रेष्ठ/अध्यक्ष
     ” बिवेक ढकाल/सचिव
शिवपुरी गाउँपालिका/उज्वल खड्का/ईञ्चार्ज
     ” गणेश उप्रेती/सह ईञ्चार्ज
     ” बिरबहादुर तामाङ/अध्यक्ष
     ” दिनेश अधिकारी/सचिव
पञ्चकन्या गाउँपालिका/अर्जुन कार्की/ईञ्चार्ज
     ” मणिनाथ लामिछाने/सह ईञ्चार्ज
     ” कुमार केसी/अध्यक्ष
     ” रामेश्वर सुवेदी/सचिव
ककनी गाउँपालिका/जीतबहादुर बलामी/ईञ्चार्ज
     ” उत्तम घिमिरे/सह ईञ्चार्ज
     ” रामहरि श्रेष्ठ/अध्यक्ष
     ” योगेन्द्र तामाङ/सचिव
सुर्यगढी गाउँपालिका/इमानसिंह तामाङ/ईञ्चार्ज
     ” घकुमार लामा/सह ईञ्चार्ज
     ” राजेन्द्र रिजाल/अध्यक्ष
     ” पुरुषोत्तम अधिकारी/सचिव
किस्पाङ गाउँपालिका/अर्जुन न्यौपाने/ईञ्चार्ज
     ” श्रीमाया लामा/सह ईञ्चार्ज
     ” बिरबल तामाङ/अध्यक्ष
     ” नेत्रप्रसाद भट्ट/सचिव
म्यागाङ गाउँपालिका/मेघनाथ तामाङ /ईञ्चार्ज
     ” सुकबहादुर तामाङ/सह ईञ्चार्ज
     ” बुद्धिबहादुर तामाङ/अध्यक्ष
     ” सेल्कर तामाङ/सचिव
तारकेश्वर गाउँपालिका/राजेन्द्र न्यौपाने/ईञ्चार्ज
     ” चुडामणी गजुरेल/सह ईञ्चार्ज
     ” केशव घिमिरे/अध्यक्ष
     ” सोमबहादुर तामाङ/सचिव

बिदेशको मोह त्यागेर किम्ताङमा माछा पालन

शर्मिला उप्रेती
नुवाकोटको म्यागाङ गाउँपालिका वडा नं. ४ किम्ताङका ५१ वर्षिया पुर्णबहादुर तामाङको परिचय र दैनिक फेरिएको छ । जीवनकको सुरुवाती समय भेडा चराएर बिताएका उनको उर्वर समय भने खाडी मुलुकमा पसिना बगाएर बित्यो । तै पनि आफ्नै ठाउँमा केही गर्ने र आफ्नै काम गर्ने यिनको सोच र जाँगर यसरी भरिएर आयो कि साउदी अरबमा १६ वर्ष ६ महिनाको अभ्यस्त जीवनलाई चटक्कै छाडेर उनी १३ वर्षदेखि मातृभुमिमा छन् । त्यो पनि संसारभर रुचाईएको रेम्बो ट्राउट माछा पालनका लागि । ‘आफैले काम गरेको मम्पनी हेर्दा हेर्दै कहा पुग्यो कहाँ, अन िआफु चाँही के जाँगरि खाएर बस्नु भनेर आफ्नै काम गर्न विदेशबाट फकिए’ तामाङले भने । उनी साउदी अरवमा आल्मुनियको फ्याक्ट्रीमा काम गर्थे भने यता आएर ट्राउट माछा पालन गरिरहेका छन् ।
त्यसो त, नेपालमै ट्राउट माछा व्यवसाय नुवाकोटबाट शुरू भएको हो । ककनीबाट सुरु भएको ट्राउट माछा पालन र व्यवसायीक उत्पादन अहिले आन्तरिक रुपमा प्रशस्त विस्तार भएको छ । यही उत्पादन हुने मध्येको यो किम्ताङ ट्राउट माछा उत्पादन केन्द्र र यसका सञ्चालकले अहिले नुवाकोटमा पाइने ट्राउट माछा मध्ये सबै भन्दा स्वादिलो माछा उत्पादनको पंक्तिमा देखिएको छ । समुन्द्रि सतहदेखि १८ सय मिटर उचाईमा भइरहेको यो व्यवसायीक खेतीको सोच समुन्द्रि किनारा वरपरनै तामाङले बुनेका थिए ।
आठ वर्षदेखि व्यवसायीक रुपमा उत्पादन भइरहेको किम्ताङको यो रेम्बो ट्राउट माछा पालनमा ७० लाख लगानी भइसकेको छ । यहाँ २०६८ साल मंसिरबाट माछा पालन सुरु भएको हो । बैदेशिक रोजगारीबाट आर्जन भएको रकमले जोडेको घडेरी विक्रि गरेर पखेरोमा यसरी लगानी गरेका यी पुर्णबहादुरलाई सुरुमा अत्यास लागेको थियो । २३ लाख ४० हजार रुपैयाँ लगानी सकिँदा पनि उत्पादनको सुरसार नभएको उनको स्मरण छ । तर अब अवस्था फेरिएको छ । आफ्नो उत्पादनलाई विक्रिका लागि बजारको समस्या झेलेका यिनले आफ्नै विक्रि केन्द्र समेत सञ्चालनमा ल्याएका छन् । आफ्नै परिवारका सदस्यहरू मिलेर भइरहेको ट्राउट माछा पालनले अहिले यिनलाई खुसी दिएको छ । ‘विदुर नगरपालिकाको माछापोखरी मुनी रहेको मत्य अनुसन्धान केन्द्र नजिर्क एक वर्षदेखि ट्राउ माछाम खुवाउने रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ, पुर्णबहादुर तामाङ भने–स्वरोजगको बाटोमा छु, त्यही भएर घरपरिवारका सदस्यले हेर्ने गरेका छन् रेष्टुरेन्ट र माथी रहेको माछा पोखरी पनि ।’
संसारभर रुचाइएको ट्राउट माछा २० डिग्रीसेल्सियस भन्दा कम तापक्रम हुने सङ्लो पानीमा मात्र हुन्छ । त्यसैले पनि यो हिमालको काखमा रहेको किम्ताङमा असाध्यै राम्रोसंग हुर्किरहेको छ । यही पोखरी र माछा पालन हेरेर पुर्णबहादुर तामाङका छिमेकी दमाई घले समेत फुरुङ्ग छन् । यसरी जंगलको बीचमा कोही आएर लाखौं लगानी गर्लान् भन्ने नै उनले कल्पना गरेका थिएनन् । ‘पुर्णबहादुरको कामले हामी पनि उत्साही भएका छौंं, दमाई घलेले भने– गाउँका युवाहरू यसरी काम गर्नुपर्छ भनेर सल्लाह गर्न थालेका छन् ।’ 
यसरी छिमेकीलाई समेत प्रेरणा बनेको किम्ताङको ट्राउट माछा पालनको सुरुवातमा पुर्णबहादुर तामाङका दाजुभाई पनि सक्रिय रहेका थिए । भाईहरूले गाउँमा गर्न लागेको काम देखेर विदेशबाट फर्किएका पन्तबहादुर तामाङ पनि बसे । अहिले उनी आफ्नो सवारी चलाउने पेशामा रहेपनि माछा पोखरीमा बरोबरी भेट भइरहन्छन् । काम राम्रो भइरहेको छ कि छैन, रोग लागेको छ कि माछालाई भन्ने चिन्ताले उनी धरी धरी पोखरीतिर गइरहन्छन् । ‘म सन् २०१२ मा विदेशबाट आउँदा त भाईहरूले के गर्यो यो पखेरमा डोजर लगाएर सम्याएको छ, भन्ने लागिरहन्थ्यो, अहिले खुसी लाग्छ’ पन्तबहादुर तामाङले भने ।
नुवाकोटको त्रिशुली बजारबाट २७ किलोमिटरको दुरीमा रहेको यो किम्ताङ रेम्वो ट्राउट माछा पालन भइरहेको फर्ममा पुग्नका लागि सडकको सहज पहँुच रहेको छ । नुवाकोट र धादिङ्गका कत्तिपय आन्त्रिक पर्यटकहरू यही आइपुगेर माछा खाने गर्दछन् ।
यहाँसम्म आउन नसक्नेहरूका लागि विदुर नगरपालिका वडा नं. ९ को माछापोखरीको मत्य अनुसन्धान केन्द्रसंगै रेष्टुरेन्ट सञ्चालनमा आएको छ । माछा पालन केन्द्रमा आइपुग्नका लागि विदुर नगरपालिकाको भैरमकोट–देउराली–म्यागङडाँडा हुँदै किम्ताङ पुग्न सकिन्छ । नुवाकोटको विदुर नगरपालिका, किस्पाङ गाउँपालिकाका मात्रै होइन धादिङ्गको नेत्रावती गाउँपालिका, खनायोबास गाउँपालिका लगायतका स्थानबाट समेत यहाँ माछा खान आउने गरेका छन् ।  कुनै समय यहाँको माछा बोकेर विक्रि गर्न टाढा जानुपरेको अवस्था र अहिले यही माछाको पारखीहरू आउने गरेको तुलना गर्छन् पुर्णबहादुरका दाई पन्तबहादुर तामाङ ।
यसरी पारिवारिक रुपमा सुरु भएको निजी व्यवसायले गाउँपालिका र गाउँकै नाम परपरसम्म पुग्ने अवस्थाको सृजना भएको छ । सुरुमा भएको दुःखपनि अहिले सुखको महशुस पुर्णबहादुर तामाङ र उनको परिवारलाई हुन थालेको छ । भएभरका १८ वटै पोखरी २०७२ सालको भुईचालोका कारण चुहिने भएपनि माछा पालनमा चाँहि केही समस्या परेको छैन । पोखरीबाट पानि चुहिरहेता पनि उनले निरन्तर आफ्नो ब्यबसाय सञ्चालन गरि रहेका छन् । सुखको काम गरियो जस्तो महशुस गरेका पुर्णबहादुरकी श्रीमती आशामाया तामाङलाई अब पोखरी मर्मत गर्ने रहर छ । ‘पोखरी मर्मत गरेर सधै भरिलाई हुने गरी माछा पालेर बस्न मन छ, खेतिपाती भर्नुभन्दा त यो पेशा धेरै सजिलो लाग्यो’ उनले भनिन् ।
विदुर नगरपालिका वडा नं. ९ मोछापोखरीमै रहेको किम्ताङ ट्राउट रिसोर्टमा भन्दा यही माछा पालन केन्द्रमा अझ सस्तोमा माछा उपलब्ध हुँदै आएको छ । रिसोर्टमा जिउँदो ट्राउट माछाको १३ सय, फ्राई गरेको १५ सय र ग्रेभीको १६ सय रुपैयाँ प्रतिकिलोमा विक्रि गरिदै आएको छ । माछा पालन केन्द्र किम्ताङमै आएर माछा खरिद गर्ने वा यहि बनाउन लगाएर खानेलाई ति सबै प्रकारमा एक÷एक सय रुपैयाँ कम रहेको छ । यसरी यहाँ आइपुग्ने पाहुना अतिथिहरूको चाहाना अनुसारको स्वादमा समेत माछा फर्मले सेवा दिँदै आएको छ ।
अहिले विदुर नगरपालिकामा आफ्नै लगानीमा ट्राउट माछा खुवाउनकै लागि सञ्चालनमा ल्याएको यो रेष्टुरेन्ट हुनुभन्दा पहिला पुर्णबहादुर तामाङलाई बजारिकरणको सास्ती थियो । पोखरी भरी भएको माछा विक्रिको चिन्ताले रातोदिन पिरलोमा परेका यिनी आफै माछा लिएर विक्रिका लागि पोखरासम्म पुगेका थिए । तर अहिले अवस्था फेरिएको छ । ‘अहिले त आफुले  पालेको माछा आफ्नै रेष्टुरेन्टबाट विक्रि गर्दै आएको छु’ उनले भने– पहिला बजार आफैले तयार गर्नुपर्ने रहेछ यो माछाको लागि, ढिलै भएपनि सिकियो, गरिरहेको छु ।’ 
झण्डै १  वर्षदेखि मात्र उत्पादन लिन सकिने यो माछा दाना खुवाएर पाल्नुपर्ने भएकोले लागत धेरै देखिएको छ । सामान्य व्यवस्थापन नमिल्दा पनि लगानी स्वाहा हुनसक्ने यो जोखिमपूर्ण व्यवसायलाई असाध्यै मिहिनेतले जोगाएका छन् यि पुर्णबहादुरले । अहिले यिनको रेष्टुरेन्टमा माछा विक्रिको चाप यसरी बढेको छ कि आफ्नो उत्पादनले नभ्याएर रसुवा र सिन्धुपाल्चोबाट ल्याउने गरेका छन् । 
बैदेशिक मोह लत्याएर आफ्नै पाखुरी बजारिरहेका पूर्णबहादुर तामाङलाई हौसला र प्रोत्साहन समेत मिलेको छ । माछा पालक कृषकहरूलाई प्राप्त हुने केही अनुदान र स्थानीय सरकारको सहयोग धेरथोर यिनले प्राप्त गरेका छन् । यहाँ माछाको ह्याचरी घर निर्माणका लागि कृषि कार्यालयले साढे सात लाख रुपैयाँ प्रदान गरेको छ । त्यस्तै म्यागाङ गाउँपालिकाले पोखरी संरक्षणका लागि तारबार लगाउन झण्डै तीन लाख रुपैयाँ अनुदान दिएको छ । यसरी सरकारी स्तरबाट समेत प्राप्त हौसलाका कारण पूर्णबहादुर तामाङ र उनको परिवारले आन्तरिक तथा बाह्य पर्यटनका लागि समेत काम गर्ने सोच बनाएका छन् । केही पोखरीलाई आधुनिक र बलियो बनाउने, माछा नियमित उपलब्ध हुने वातावरण तयार गर्ने योजना पूर्णबहादुर तामाङको छ । त्यसो त उनी गाउँपालिका स्तरमै होमस्टे सञ्चालन गर्ने योजनमा पनि छन् ।
आफ्नै काम र सृजनशिल बन्नका लागि आफ्नै गाउँ पसेका पुर्णबहादुर तामाङ र उनको परिवारका कारण भएको यो गाउँको चर्चा र आर्थिक आर्जनले जिल्लामा नमूनाको रुपमा चर्चा पाउन थालेको छ । आफ्नो उत्पादनलाई आफै विक्रि गर्ने देखि आफ्नै पाखुरीले आर्जन गरिरहेका पुर्णबहादुरलाई सरकारले समेत प्रोत्साह दिन थालेपछि अन्य कृषकहरू समेत ट्राउट माछा पालनको आकर्षमा छन् । 

तस्बिर खबर

दिपेन्द्र श्रेष्ठ
गतीशील मावि खड्गभञ्याङको भवन उद्घाटन तथा अभिभावक भेलामा सहभागि हुने क्रममा गएको सोमवार प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्रि कैलाशप्रसाद ढुङ्गेल(दाँयाबाट दोश्रो), प्रदेश सांसद केशव पाण्डे (दाँयाबाट पहिलो), विद्यालयका अध्यक्ष रामकृष्ण खड्का (दाँयाबाट चौथो) ।

संग्रहालय शिलान्यास

कुवापानीमा निर्माण सुरु भएको शाह संग्रहालयको नक्सा
मुकुन्दराज अर्याल  
विदुर/विदुर नगरपालिकामा पृथ्विनारायण शाह संग्रहालय निर्माण हुने भएको छ । संग्राहलयको गएको आइतवार विदुर नगरपालिका वडा नं. २ का अध्यक्ष बिरेन्द्रकुमार शाहीले शिलान्यास गरेका हुन् ।
वडा नं. २ नुवाकोट दरवार क्षेत्रको कुवापानीमा पृथ्वीनारायण शाह संग्रहालय बन्न लागेको हो । उशहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वय इकाई बवरमहलले भवन निर्माण गर्न थालेको हो । संग्रहालय भवन निर्माणको लागत ५ करोड २७ लाख रुपैयाँ रहने छ । श्रृङ्खला निर्माण सेवा प्रालि बट्टारले भवन निर्माणको जिम्मा पाएको छ । २०७६ असार २४ गते सम्झौता भएको थियो । २०७८ असार २३ मा भवन सम्पन्न गर्नुपर्नेछ ।

हिंसा विरुद्धको १६ दिने अभियान

विदुर/लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान गएको सोमवारबाट सुरु भएको छ । नुवाकोटमा अभियानको सुरु गर्दै दिपप्रज्वलन गरिएको छ । बिदुर नगरपालिका वडा नम्बर ४ लोकतान्त्रिक चौतारामा अधिकारकर्मिहरूले दिप प्रज्वलन गर्दै लैङिगक हिंसाको अन्त्यको माग गरेका छन् ।
१६ दिने अभियान हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरू आयोजना हुँदै आएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवस मनाउने निर्णय गरेपछि १६ दिने अभियान सञ्चालन हुँदै आएको छ ।

तयार भयो चिम्टेश्वरको ‘डिपिआर’

विदुर/नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेको चिम्टेश्वरमा बन्ने पार्क र भ्यूटावरको बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार भएको छ ।
स्थानीयले लामो समयदेखि आवाज उठाइरहेको यहाँ ‘भ्यू टावर’ निर्माणका लागि सरकारले यसअघि नै बजेट विनियोजन गरेको थियो । त्यसेको डिपिआर तयार भएको बेलकोटगढी नगरपालिकाले जनाएको छ । प्रदेश र संघ र स्थानिय तहको बजेटबाट भ्यु टावर सहितको पार्क निर्माण गर्ने बेल्कोटगढी नगरपालिकाले जनाएको हो ।
पार्कसँगै पर्यटन प्रबद्र्धनका लागी होमस्टेको समेत परिकल्पना गरिएको मेयर राजेन्द्ररमण खनालले बताए । बिभिन्न १५ जिल्ला तथा हिमालको अबलोकन गर्न सकिने चिम्टेश्वरमा आउने पाहुनालाई सत्कार गर्नको लागी होमस्टेको परिकल्पना गरेको उनको तर्क छ ।
चिम्टेश्वरलाई एतिहासिक, धार्मिक र पर्यटकिय स्थलको रुपमा मानिदै आएको छ । चिम्टेश्वरबाट नेपालका विभिन्न १५ जिल्लाको अवलोकन गर्न सकिन्छ । चिम्टेश्वरबाट लाङटाङ, गणेश, जुगल लगाएतका उच्च स्थानका मनोरम हिमालहरू देखिन्छ ।
नगरपालिकाले तयार पारेको डिपिआर अनुसार पार्क ब्यबस्थित रहेको छ । पार्कमा हेलिप्याडदेखि, होमस्टे, छुट्टै रेष्टुरेन्ट समेत रहने परिकल्पना गरिएको उपमयेर कविता ढुङ्गानाले बताए ।

गोसाइँकुण्ड हेलम्बु जोड्ने पदमार्ग बन्दै

सागर खनाल
विदुर/गोसाइकुण्ड र लाङटाङलाई सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुसँग जोडने पदमार्ग निर्माण कार्य तिव्र रुपमा अगाडी बढेको छ ।
पर्यटन विभागको दुई करोड लागत र हेलम्बु गाउँपालिकाको सहयोग तथा समन्वयमा हेलम्बुको शिर सिमिसिदाङ हिमाल हुँदै लाङटाङ जोडने ३० किमि मध्ये १५ किमिको काम भइरहेको छ । गापा प्रमुख निमा ग्याल्जेन शेर्पाकाअनुसार प्रमुख पदमार्ग बाहेक हयाल्मो धार्मिकस्थल जोडने र्माग बन्दै छन् ।
शाक्यमुनी बुद्ध पछिका दोस्रो बुद्ध मानिएका गुरु रिन्पोछेया पदसम्भव तिब्बत महायोगी मिलारेप तपस्या स्थल पुराना गुम्बादेखी आमायाङग्री (धनको देवी) सम्मको ट्रकिङ रुट कायम छ भने रसुवा र सिन्धुपाल्चोक वासि आवत–जावत गर्ने पुरानो पदमार्ग मानिने गञ्जलापास रसुवाको लाङटाङ ४० किमिमा मर्मतको काम बाँकी छ ।
पुरानो पदमार्गको निर्माण कार्यलाई तीव्रता दिइएको हो । लाङटाङबाट हेलम्बु भित्रने पर्यटकले हयोलमो परम्परा धार्मिक स्थल हुल्कुबाट मेलम्ची खानेपानीको मुहान भेम भेमचाङ हेर्ने प्याकेज टे«किङ स्पटको योजना हलम्बु गापाले बनाएको छ ।
हेलम्बु वडा नं.१ का अध्यक्ष मिङमार लामाले हयोलो ग्रन्थ अनुरुप पवित्र मानिने छुघ्यालागेन्जेन १०८ वटा पानीको मुल फुटिरहेको या बालुवा भएको खोलाको मुहान हेर्न पाइने बताए ।
गुम्बै गुम्बाको शेर्माथान, घ्योल्मो बस्ती मेलम्चीघ्याङ तार्केघ्याङ, घ्याङुल, झिचेन मिलारेपा र पघसम्भवले तपस्या गरेको गुफा तेम्बायाङ आमायाङग्री चिरिगुम्बा पाल्चोक भगवती कुटुम्साङजस्ता आर्कषक स्थल हेर्न सकिन्छ ।

स्थानीय सरकारको प्रभावकारितामा छलफल

विदुर/जिल्ला समन्वय समिति र संवाद समुह नुवाकोटले स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सरोकारवालाहरूसंग आइतवार अन्तरक्रिया गरेको छ । दुई नगरपालिका र १० गाउँपालिकाबाटै प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतहरू सहभागि कार्यक्रममा स्थानीय सरकारले गर्नुपर्ने काम र त्यसको अवस्थाको बारेमा छलफल भयो ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव रुद्रसिंह तामाङले सहजिकरण गरेका छन् । गाउँपालिका, नगरपालिकामा सञ्चालन भइरहेको योजना तथा विकासका कार्यक्रमको प्रकृति र त्यसको प्रभावकारिताको बारेमा कार्यक्रममा बढि चर्चा भएको छ ।
उक्त छलफलले औल्याएको समस्या निराकरणका लागि जनप्रतिनिधिहरूबाट सामुहिक प्रतिवद्धता व्यक्त भयो । आयोजक संस्थाका भोलाराज पौडेलका अनुसार कार्यसम्पादनमा जनप्रतिनिधि र कर्मचारीबीचको सम्वन्ध कमजोर रहेको देखि योजनाहरूको स्थलगत अनुगमनको कमीसम्ममा सुधारको प्रतिवद्धता आएको हो ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सबै स्थानीय तहसंग समन्वय गरेका विकास निर्माण र नागरिकहरूले सेवा पाउने मुलभुत पक्षमा पारदर्शिता अपनाउन सहजिकरण गर्ने बताए ।  

मैलुङ सडकखण्ड बढि प्रयोग

शशीकुमार डंगोल
बेत्रावती/सामान आयातका लागि चीनसितको नाका रसुवागढी जाने सवारी साधनले रसुवाकै मैलुङतर्फको सडक प्रयोग गर्न थालेका छन् । सडक दुरी कम भएकोले पेट्रोल, डिजेल कम लाग्ने भएकोले यो सडक बढीको रोजाईमा पर्न थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका इन्चार्ज शिवप्रसाद भट्टराईका अनुसार वर्षा कम हँुदा गत भदौ ३१ गते पुनः सञ्चालनमा आएको बेत्रावती, मैलुङ, स्यापु्रmबँेसीतर्फको राजमार्ग क्रमशः सहज हुन थालेपछि धुन्चे हुँदै केरुङ जाने सबैखाले मालवाहक सवारी साधन बेत्रावतीदेखि मैलुङतर्फ रहेको नयाँ राजमार्गबाट आवतजावत गर्न थालेका हुन् ।
दैनिकरूपमा सयाँै सवारी साधन गुड्ने नदी किनाराको राजमार्गमा सुरक्षा जाँचका लागि मैलुङमा सुरक्षा चौकी स्थापना भइसकेको बताइएको छ । गल्छी, त्रिशूली, बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाले धादिङको गल्छीदेखि नुवाकोटको शान्ति बजारसम्म सडक सुधार गर्ने काम धमाधम अगाडि बढाइरहेको र अधिकांश ठाउँका राजमार्ग फराकिलोे पारिसकेकाले हिउँदयाममा सवारी साधन गुडाउन सहज हँुदै गएको सवारी चालकहरूले बताए ।
गल्छीदेखि त्रिशूली, बेत्रावती, धुञ्चे हँुदै स्याफ्रु, रसुवागढीसम्म पुग्न १०३ किलोमिटर रहेको छ । यता, बेत्रावतीबाट त्रिशूली र भोटेकोशीको किनार हुँदै रसुवागढी पुग्न २५ किमी दूरी कम पर्ने भएकाले ईन्धन खपत हुने छ । यो सडकमार्ग कम घुम्तिले मालबाहक साधन चलाउन सजिलो भएको श्याम तामाङले बताए । 

सामुदायिक स्कुल किशोरी अनुकुल

प्रितिका थापा
विदुर/यहाँको चारघरे स्थित महेन्द्र माध्यमिक विद्यालयमा लैङ्गिकमैत्री शौचालय निर्माण पछी छात्राहरूलाई सहज भएको छ ।
महिनावारी भएको समयमा फोहोर र छात्रछात्रा सबैले प्रयोग गर्ने शौचालय एउटै हुँदा छात्राहरू कक्षा छाडेर घर जाने गरेका थिए ।
तर बिभिन्न निकायको सहयोगमा लैङ्गिकमैत्री शौचालय निर्माण भएपछी बिद्यालयका छात्राहरूमा उत्साह छाएको छ ।
महिनावारी भएको समयमा सरसफाईका लागी कक्षा छाडेर घर जानु पर्ने बाध्यता लैङिकमैत्री शौचालय निर्माण सँगै हराएको कक्षा ९ मा अध्यनरत छात्रा सुष्माले बताए । धेरैजसो महिनावारी भएको समयमा उनि घरमा नै बस्ने गर्दा पढाईमा समेत प्रभाब पर्दै आएको थियो । तर गुणस्तरिय शौचालय निर्माण र ‘स्यानेटरी प्याड’ बिद्यालयमा नै उपलब्ध भएपछी पढाईसँगै छात्राहरूमा पर्ने मानसिक तनाब समेत हटेको उनले सुनाए ।
महिनावारी हुनु भनेको नियमित प्राकृतिक जैविक प्रक्रिया हो तर नियमित सरसफाइ गरिएन भने योनाङ्गदेखि पाठेघरसम्म नै असर गर्न सक्छ । महिनावारी हुँदा बहने रगतले भिज्नेबित्तिकै र सामान्य अवस्थामा ७ घण्टामा प्याड फेर्नै पर्ने बैज्ञानिक आधार छ ।
फोहोर गरिएको प्याड जथाभावी फाल्दा वातावरणको स्वच्छतामा पनि कमी आउने देखेर विद्यालयले प्रयोग भएको प्याड राख्ने छुट्टै व्यवस्था समेत गरिदिएको छ ।
बिद्यालयमा लैङ्गिक शौचालय निर्माण भएपछी छात्राहरूसँगै शिक्षिकाहरूलाई समेत सहज भएको शिक्षक सुमित्रा पौडेलले बताए ।
बिद्यालयमा अध्यनरत छात्राहरूको लागी सेनेटरी प्याडको समेत निःशुल्क ब्यबस्था गरिएको छ । महिनावारी हुँदा अधिकांश छात्राहरू बिद्यालय नआउने भएकाले बिद्यलायले नै निःशुल्क प्याड उपलब्ध गराउन थालेको उनले बताए ।
बिद्यालयका प्रधानाध्यापक चिरञ्जिबि भट्टका अनुसार लैङ्गिकमैत्री शौचालय निर्माण गरि प्रयोगमा आएपछि विशेष गरी छात्राहरूको कक्षा नियमित भएको र पढ्ने वातावरणको सिर्जना भएको छ । बिद्यालयमा अध्यायन गर्न आउने छात्राहरूमा लैङ्गिकमैत्री शौचालय र निःशुल्क सेनेटरी प्याड बितरणले गर्दा बिद्यार्थीहरूले सुरक्षित महशुस गरेको उनले बताए । 
विद्यालयमा निर्माण गरिएको लैङ्गिकमैत्री शौचालय जाईकाको आर्थिक सहयोगमा निर्माण भएको प्रअ भट्टले जानकारी दिए ।
यसका साथै बिद्यालयका शिक्षिका तथा छात्राहरूलाई महिनावारी भएको बेलामा पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम समेत दिईएको छ ।
खुलेरै हुन थाल्यो छलफल
बट्टार/विदुर नगरपालिकाका प्रायः विद्यार्थीहरूले महिनावारीको विषयमा खुलेर कुरा गर्न थालेका छन् । विद्यार्थी, शिक्षक तथा अभिभावकमा यस विषयमा सदिऔंदेखि रहँदै आएको संकुचनका कारण किशोरी विद्यार्थीहरूलाई पढाईमा समस्या हुँदै आएको थियो । महिनावारी हूँदा विद्यालय जान मुस्किलसम्म हुने अवस्था सृजना भएको किशोरीहरूलाई सहजता प्रदान गर्न सरकारी र गैर सरकारी पक्षबाट एक वर्ष देखि अभियान नै सञ्चालन भएको छ ।
विदुर नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत ३० वटा विद्यालयमा एक वर्ष देखि परियोजना सञ्चालनमा रहेको थियो ।
परियोजनाको समापन तथा किशोर किशोरमिा आएको परिर्वनतलाई सार्वजनिक गर्न गएको आइतवार औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रस्तुत हुँदै स्पार्कल इन्टरनेशन स्कुलका सिम्रन पाण्डेले अब केटा साथीहरूसंग समेत महिनाबारी हुँदा स्कुलमा छलफल गर्न सक्ने वातावरण बनेको सुनाए ।
भैरुम मावि हात्तिगौडाका विकास अधिकारीले महिलाहरूमा हुने नियमित प्रक्रियालाई सहि रुपमा ख्याख्या गर्ने र बुझाउने काम नहुँदा किशोरीहरूलाई समस्या भएको अहिले आफुले बुझेको बताए । उनले केटाहरूबीच पनि यो प्रकृति प्रक्रृयाको बारेमा जानकारी हुनु र सरकारले किशोरीहरूलाई महिनाबारी हुँदा आवश्यक पर्ने प्याड लगाएतका सामाग्री विद्यालयमा निःशुल्क उपलब्ध गराउनु राम्रो रहेको बताए ।
विदुर नगरपालिका सहित केहि स्थानीय तहमा भिजिवल इम्प्याक्ट् नामक संस्थाले किशोरीहरूमा हुने महिनावारी प्रक्रृया र त्यसबाट पर्ने समस्या सहजिकरणको लागि अभियान सञ्चालन गर्दै आएको र नुवाकोटमा अभियान पुरा भएको घोषणा संस्थाले गरेको छ ।

सामाजिक सञ्जालबाट

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद बहादुरसिंह लामा तामाङ आफ्नो निजी खर्चमा बुधवार बिदुर नपा वडा नं. ११ गेर्खु स्थित कालिका माविमा बिद्यालय पोशाक तथा शैक्षिक सामाग्रीहरू बितरण गर्दै । उक्त विद्यालयका १२६ जना बिद्यार्थीलाई उनले पोशाक र सामाग्री हस्तान्तरण गरेका छन् । उनले सामाग्री हस्तान्तरण छिको कार्यक्रममा बोल्दै गुणस्तरिय र वैज्ञानिक शिक्षाबाट मात्र समृद्ध समाज निर्माण हुने बताए । शिक्षामा देखिएको राजनीतिकरणले शैक्षिक बिकासमा बाधा उत्पन्न भएकोले त्यसको अन्त्यका लागि खास अभियान चालाउनु पर्ने उनले बताए । 

हाइड्रोको रकम अन्तै

संगम दर्जी भड्ताल
विदुर/जलविद्युत् कम्पनीमा लगानी गर्न भनी एक व्यापारिक प्रतिष्ठानले सर्वसाधरणहरूबाट उठाएको रकम अन्यत्र खर्च गरेको पाइएको छ । त्रिशुली गल्छी बिद्युत आयोजनाको सेयरमा लगानी गर्ने भन्दै सिद्धकाली पावर लिमिटेडले सर्बसाधारणबाट ९० करोड असुलेर सेयर बजारमा लगानी गरेको भेटिएको हो ।
गुरुप्रसाद न्यौपाने अध्यक्ष र उनका आफन्तहरू सञ्चालक रहेको सिद्धकाली पावर लिमिटेडले संस्थापक शेयरमा लगानी भन्दै ९० करोड उठाएर ब्यक्तिगत कम्पनी मार्फत सेयरको दोस्रो बजारमा लगानी गरी रकमको दुरुपयोग गरेकोे हो । धादिङ र नुवाकोट सिमा गल्छीमा बनाईने भनिएको ७५ मेगावाटको जलबिद्युत आयोजनाको बिद्युत उत्पादन लाईसेन्स प्राप्त नगर्दै आयोजना बनाउने नाममा आब्हान पत्र छापेर कम्पनीले सर्बसाधारणबाट पैसा उठाएको थियो ।
त्रिशुली गल्छी आयोजनाले बिद्युत उत्पादन लाईसेन्सका लागि बिद्युत बिकास बिभागमा २६ नम्बरमा निबेदन दर्ता गराई प्रक्रियामा रहेको र तत्काल रकम आबश्यक नपर्ने भए पनि सर्बसाधारणबाट रकम असुल गरी दुरुपयोग गरिदा हजारौ सर्बसाधारणको रकम जोखिममा परेको छ ।
गुरुप्रसाद न्यौपाने बद्रिप्रसाद दाहाल, नातिहरू, ब्यक्तिगत पारिबारिक प्राईभेट कम्पनी र नजिकका नातेदारहरूको नाममा सेयर किनेको विवरण बाहिर आएको छ । पछिल्लो एक महिनाको बीचमा पारिबारिक कम्पनी, अपी हाईड्रोमेकानिकल कम्पनी, सिद्धकाली ईन्भेष्टमेन्ट कम्पनी, मकालु डेभलपर्स, पलाञ्चोक भगवती कन्ट्रक्सन प्रालि लगायतलाई सापटी र अल्पकालीन कर्जा लगायतका शीर्षक जनाएर सर्बसाधारणबाट संकलन भएको सिद्धकाली पावर लिमिटेडमने सेयर रकम अपचलन भएको हो ।

वकिलहरूको भुमिका सकारात्मक

विदुर/नुवाकोटमा कार्यरत कानुन व्यवसायीहरूको कार्य क्षमता र विगतको योगदानको सार्वजनिक व्यक्तिहरूले खुलेर प्रशंसा गरेका छन् । १० बर्षे शसस्त्र द्धन्द्धमा मानव अधिकार रक्षाका लागि र जनआन्दोलनकामा वकिल र उनीहरूको छाता संस्थाले पु¥याएको योगदानको चर्चा भएको हो ।
शुक्रवार नेपाल वार एशोसिएसन नुवाकोट जिल्ला अदालत वार इकाईको विदुरमा भएको १३ औं बार्षिक साधारण सभामा बोल्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नागरिकहरूले बढि भरोगार गरेको व्यवसायिक संस्था बारले समुदाय र राष्टूका लागि गरेको योगदान भुल्दा कानुनी राज्य नै मासिने खतरा हुने बताए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सरकारी तवरबाट गरिने न्याय सम्पादनमा बार एशोसिएसन र यहाँका कानून व्यवसायीहरूको सहयोग र सकारात्मक भुमिका उल्लेख्य रहेको बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उप प्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका उप प्रमुख गीताकुमारी दाहाल, जिल्ला सकारी वकिलको कार्यालयका प्रमुख न्यायाधीवक्ता गोपाल ढकाल, जिल्ला अदालत नुवाकोटका श्रेष्तेदार शिबप्रसाद बञ्जरा, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनाल, जिल्ला बार एसोसिएसन नुवाकोटका पुर्व अध्यक्ष रामेश्वर उपाध्यायले नुवाकोट बारको कामको बारेमा प्रशंसा गरे । उनीहरूले संविधान कार्यान्वय र कानूनको जानकारी तथा न्यायलाई सहज र सरल बनाउ वकिलहरूले गर्न सक्ने योगदानको सुझाव समेत दिएका छन् ।
नुवाकोट बारले जिल्ला अदालत अगाडी भवन निर्माण गरिरहेको छ । दुई ढलान भएको भवन निर्माणको अन्तिम चरणमा रहेको अध्यक्ष देवराज कँडेलले बताए । २०४५ सालमा स्थापना भएको बारले पेशागत हक संरक्षण, सामाजिक उत्तरदायित्वको साथमा भौतिक संरचना विकासमा पनि एकै साथ काम गरिरहेको छ । बार्षिक साधारण सभामा जिल्ला अध्यक्ष कँडेलको वार्षिक कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष कुमार अधिकारीको आर्थिक प्रतिवेदन बन्दसत्रले सर्बसम्मत रुपमा पारित गरेको छ ।

गाउँखर्कमा बस्ति हस्तान्तरण

रामचन्द्र खनाल
विदुर/दुप्चेश्वर गाउँपालिका–२ स्थित स्योमखर्कमा ह्योल्मो फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएका एकीकृत बस्तीका १७ घर सम्बन्धित व्यक्तिहरूलाई हस्तान्तरण भएको छ ।
भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर संख्यामध्ये १७ जनाले नयाँ घर पाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङ र दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बुधबार उक्त घरहरू हस्तान्तरण गरेका हुन् ।
पर्यटनमन्त्री भट्टराईले भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण सरकारको पहिलो प्रथामिकतामा रहेको बताए । भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणलाई अवसरको रूपमा एकीकृत बस्ती, विपद् प्रतिरोधी आवास निर्माण र जीविकोपार्जनका कार्यक्रम प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।
प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री हितबहादुर तामाङले गाउँखर्क मात्र नभई दुप्चेश्वर गाउँपालिकाभित्रको सबै स्थानमा एकीकृत बस्तीको आवश्यकता रहेको बताए । प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणमा अन्तरराष्ट्रिय दातासंग भएको सम्झौता अनुसारको काम प्रभावकारी नभएको बताए । भूकम्पपीडितले आवश्यकता अनुसार घर बनाउन नसकेको र दाताहरूले बनाएको सानो आकारको घर उनीहरूको परिवारका लागि उपयुक्त नभएको उप सभामुख तामाङको भनाई छ ।
स्विटजरल्याण्डको ‘माउन्टेन टु माउन्टेन’ संस्थाको अगुवाइमा ‘ह्योल्मो फाउण्डेशन’ नेपालले दुई वर्ष लगाएर निर्माण गरेको घर हस्तान्तरणमा नेपाल सरकारका सहसचिव रुद्रसिंह तामाङ, दुप्चेश्वर गाउँपालिकाको वडाका वडाध्यक्ष एवं जनप्रतिनिधिहरूको सहभागिता थियो ।

‘लेखिएकै मुल्यमा किताव बिक्रि गरौं’

रोशन बोगटी
विदुर/नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ जिल्ला शाखा नुवाकोटको १६ औँ बार्षिक साधारण सभा बुधवार बट्टारमा भएको छ ।
महासंघ प्रदेश नम्बर ३ का प्रथम उपाध्यक्ष तुलसीप्रसाद अधिकारीले पुस्तकमा अङ्कित मुल्यमै बिक्रि गर्न निर्देशन दिए । पुस्तकमा अङ्कित मुल्य भन्दा बढिमा पुस्तक विक्रि गर्न खोज्दा ब्यबसायीबीच प्रतिष्पर्धा हुँदा पुस्तक ब्यबसाय संकटमा पर्ने बताए ।
जिल्ला अध्यक्ष मिनकुमार खतिवडाले पुस्तक ब्यबसायीहरूको आर्थिक सुधारको लागी महासंघ स्थापना भएको स्मरण गराए । उनले बिभिन्न पब्लिकेशनको नाममा पुराना किताबहरू आउदा भएको समस्या समाधान गर्न महासंघ सफल भएको सुनाए । कार्यक्रममा पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष र कोषाध्यक्षको प्रतिबेदन सर्बसम्मत रुपमा पारित भएको छ । साथै महासंघले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै नुवाकोटको १२ वटै स्थानिय तहसँग समन्वय गर्ने जनाएको छ । 

नुवाकोट र गोरखालाई ३ अर्ब

विदुर\भारतीय एक्जिम बैंकले नुवाकोट र गोरखा जिल्लामा भुकम्प पछिको आवास निर्माणको तेश्रो किस्ताको लागी ३ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराएको छ । भारतसँग भएको सम्झौता अनुरुप नुवाकोट र गोरखाका भुकम्प प्रभाबितको घर निर्माणको तेश्रो किस्ता बापतको रकम प्रदान गरेको हो । नुवाकोट र गोरखाका ५० हजार निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले ऋण मार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । 

आन्दोलनमा निर्माण व्यवसायी

बर्षा खनाल
विदुर/निर्माण व्यवसायीहरूले आफ्ना माग पुरा नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा मंगलवार धर्ना दिएका छन् ।
महासंघको निर्देशन अनुसार सिबै जिल्लाहरूमा आन्दोलनको निरन्तरता स्वरुप प्रशासन कार्यालयमा उनीहरूले धर्ना दिएका हुन् । सरकारले काम गर्ने वातावरण नबनाईदिने र जनस्तरमा निर्माण व्यवासयीको बद्नाम मात्र हुने काम भएको भन्दै निर्माण व्यवसायीहरू आक्रोशित छन् ।
सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनमा उल्लेख भएका केही शर्तहरू मान्य नभएकाले पुनः शंसोधनका माग गर्दै धर्ना दिएको नुवाकोट निर्माण ब्यबसायी संघका बरिष्ठ उपाध्यक्ष शैलेन्द्र प्याकुरेलले बताए । 

गोसाइँकुण्ड सहकारीको स्थापना दिवस

उषा रेग्मी
बट्टार/ॐ श्री गोसाइँकुण्ड बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेडले बट्टारमा निर्माण भइरहेको क्रियापुत्री भवनका लागि कल्याण प्रतिष्ठानलाई ५१ हजार १२५ रुपैयाँ प्रदान गरेको छ ।
      सहकारीको १८ औं स्थापना दिवसको अबसरमा बुधवार आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ३ को उपसभामुख राधिका तामाङले प्रतिष्ठानका अध्यक्ष मोहनबहादुर खड्कालाई सहकारीको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य कल्पना नेपाली जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रवक्ता टलकमान श्रेष्ठ, जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष राजेश श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, बिदुर खानेपानी, सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष सञ्जिब श्रेष्ठले मन्तब्य राखे ।
२०५८ सालमा स्थापना भएको सहकारीले रेमिट्यान्स सेवा, लघु कर्जा कार्यक्रम, सिप बिकास तालिम तथा जीविकोपार्जनको विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सहकारीका सचिब रामकृष्ण राजभण्डारीले जानकारी दिए । हाल सहकारीमा २१ सय २५ जना शेयर सदस्य छन् । सहकारीले कबिन्द्रमान प्रधान, धननारायण चित्रकार, इन्द्रबहादुर पण्डित, पुष्प अमात्य, कृष्णसिंह प्रधान, ठाकुर पुडासैनी लगायत २५ जना संस्थापक सदस्यहरूलाई सम्मान समेत गरेको छ ।

जिल्लामा ठूला उद्योग सञ्चालनको माग

विदुर/नुवाकोटमा पाँचौ उद्योग दिवस मनाईएको छ । त्यस अवसरमा गएको सोमवार अन्तक्रिया भएको थियो । कार्यक्रममा औद्योगिक क्षेत्रमा लगानी बढाउने र आबाश्यक सम्भाब्यताको खोजी गर्नु पर्ने सरोकारवालाहरूले बताए । नुवाकोट उद्योगको लागी पुर्बाधार सम्पन्न जिल्लाको रुपमा लिएपनि ठुला उद्योग धन्दाहरू खुल्न सकेको छैन । नुवाकोट उद्योग बाणिज्य संघले जिल्लामा ठुला उद्योग तथा कलकारखानाहरू सञ्चालनका लागि पहल गर्नु पर्न सहभागीहरूले बताए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उद्योगको लागी नुवाकोट उपयुक्त रहेको बताए । त्रिदेशिय मार्गको ट्रान्जिट प्वाईन्ट, काठमाण्डौ जस्तो ठुलो बजार क्षेत्रबाट नजिक, जल, जमिन र जङगल पर्याप्त भएकाले नुवाकोटमा उद्योगको प्रचुर सम्भाबना रहेको उनले बताए ।
औद्योगिक क्षेत्रको उत्पादनमा सरकार, उद्योगी र श्रमिकहरूबीच राम्रो समन्वय भएमा मात्रै उद्ययोग फष्टाउन सक्ने बताईएको छ । जिल्ला भित्रै रहेका उद्योगहरूलाई बढावा दिन स्थानिय तहले समेत नीति नियम निर्माण गर्नुपर्ने आबाज उठेको छ । नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जिल्ला बिशेष आर्थिक क्षेत्र ‘सेज’को निर्माण प्रकृयामा रहेको बताए । संघका पुर्ब अध्यक्ष शरणउत्सुक सापकोटाले जिल्ला भित्र उत्पादन हुने बस्तु तथा सेवाको बजारिकरणको लागी समस्या नरहेको दावी गरे । औद्योगिक प्रवद्र्धनका लागि लगानीको वातावरण बनाउन तथा सरकारी, गैरसरकारी र निजि क्षेत्रको सम्बन्ध बनाई समन्वयात्मक रुपमा उद्योग क्षेत्रको विकास अघि बढाउने उद्देश्यले १९९२ मंसिर ९ गते उद्योग परिषद् स्थापना भएको थियो । उद्योग परिषद्को स्थापना भएको स्मरण गर्दै दिबस मनाउने गरिएको छ ।

जेष्ठ नागरिक र सुत्केरीहरूलाई सम्मान

रानिपौवा/ककनी गाउँपालिकाले जेष्ठ नागरिक र सुत्केरीको सम्मान गरेको छ । गाउँपालिकाको अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सिता लामा खतिवडा, प्रमुख प्रशासकीय अधिकृत टुनाबहादुर श्रेष्ठ सहितको टोलीले वडा नं. ६ र ७ का ९० वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई र स्वास्थ्य संस्थामा सुत्केरी भएकाहरूलाई भेटर सम्मान तथा प्रोत्साहन दिएका हुन् ।
वडा नम्वर ६ को क्यौरिनीस्थित नवजीवन माविमा आयोजित कार्यक्रममा उक्त वडाका ९० बर्ष माथिका ९ जना ज्येष्ठ नागरिकहरूलाई जनही दुई हजार रुपैयाँ नगद सहित दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरे भने न्यानो कपडा समेत बितरण भएको छ । वडा नम्वर ७ को चतुरालेस्थित महेन्द्र माविमा आयोजित कार्यक्रममा उक्त वडाका ४ जना ज्येष्ठ नागरिक र ८ जना सुत्केरीहरूलाई पोषिलो झोला बितरण भएको छ । 

क्याम्पसलाई एक रोपनी जग्गा

रातमाटे/बेलकोटगढी नपा–७ रातमाटेमा रहेको महादेव बहुमुखी क्याम्पसलाई स्थानीय बोधप्रसाद न्यौपानेले  एक रोपनी जग्गा दान गरेका छन् । क्याम्पसको भवन निर्माणका लागि समाजसेवी न्यौपानेले क्याम्पसको नाममा जग्गा पास गरिदिएका हुन् । जग्गा सरकारी मूल्य अनुसार ग्रामीण सडकले छोएको हुनाले साढे आठ रुपैयाँ बराबर रहेको क्याम्पस प्रमुख शंकर नेपालले बताए ।

लक्ष्यभन्दा बढी राजस्व

धुञ्चे/रसुवागढी भन्सार कार्यालयले कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
असोज महिनामा लक्ष्यभन्दा केही कम राजस्व संकलन गरेको कार्यालयले कात्तिकमा ४७ प्रतिशत बढी राजस्व संकलन गरेको हो । कार्यालयले कात्तिक महिनामा ९३ करोड ५७ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा एक अर्ब ४७ करोड एक लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयले चार महिनामा वार्षिक लक्ष्यको ५८.७९ प्रतिशत राजस्व संकलन गरिसकेको छ । चार महिनामा लक्ष्यको तुलनामा धेरै राजस्व उठिसकेको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात भइरहेको छ । भाषाका समस्याका कारण दुई महिनादेखि खाद्यवस्तुको आयात तथा निर्यात भने रोकिएको छ ।

१३ हजार पर्यटक आए

बेत्रावती/चालू आर्थिक वर्षको चार महिनामा १२ हजारभन्दा बढी पर्यटकले रसुवा भ्रमण गरेका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार १२ हजार ७ सय १८ जना स्वदेशी तथा विदेशी पर्यटक रसुवा आएका छन् । यो अवधिमा ७ हजार ८ सय १७ जना स्वदेशी पर्यटक आएको लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर रमेश बस्नेतले बताएर । पर्यटकहरू पदयात्राका लागि लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्दछन् ।
रसुवामा पर्यटकका लागि तीनवटा पदमार्ग छ । धुन्चे गोसाइँकुण्ड हुंदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइकुण्ड पदमार्ग, स्याफ्रुबेँसी हुंँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेँसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेँसीसम्म तामाङ सम्पदा मार्ग छन् ।
पछिल्ला वर्ष रसुवाको  लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा  पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।  अहिले तीनवटै पदमार्गमा स्वदेशी तथा विदेशीको चहपहल छ । 

३६ हेक्टर बन अतिक्रमण

विदुर/रसुवाको ३६.२७ हेक्टर वन अतिक्रमणमा परेको तथ्याङ्क सार्वजनिक भएको छ । भुकम्पपछि वन क्षेत्रको अतिक्रमण बढेको हो । वन क्षेत्र अतिक्रमण गर्नेहरू १७१ घरधुरी छन् । यो तथ्याङ्क अझ बढ्ने बताइएको छ । कर्मचारीहरू अभावले पछिल्लो अतिक्रमणको तथ्याङ्क संकलन नभएको बन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय रसुवाका अनुसार बाहुनडाडाँमा ५, नाकथलीमा ६ घ्याङमा ८, गोदाममा १४, तातोपानीमा ४८ बौँसेमा ९०, घरधुरीले ७२५.५६ रोपनी वन अतिक्रमण गरि घर बनाएरका छन् । 

एक चिनियाँ नागरिकको मृत्यु

रसुवा/गोसाइकुण्ड गापा टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाहको लागि ढुङ्गा निकाल्ने क्रममा भोटेकोशीमा स्काभेटर पल्टिदा चिनियाँ नागरिकको मृत्यु भएको छ । बिहिवार बिहान ११ बजे भोटेकोसीमा ढुङ्गा निकाल्दा स्काभेटर पल्टेर चालक छु जियाङको मृत्यु भएको रसुवा प्ररहीले जानकारी दियो ।

प्रजय तामाङको कुबेतमा मृत्यु

विदुर/बैदेशिक रोजगारीका लागि कुवेत पुगेका नुवाकोटका एक युवाको मृत्यु भएको छ । म्यागाङ गाउँपालिका वडा नं. ६ का प्रजय तामाङको मृत्यु भएको हो । उनको अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको बताइएको छ ।

फरक घटनामा पाँच पक्राउ

विदुर/रसुवागढी नाकाबाट अवैध सुन सहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । करिब एक किलो सुनसहित दुई महिला टिमुरेबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।
यसै बीच, जुवा खेलिरहेको अबस्थामा धुलिखेलबाट नुवाकोटका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गापा–७ का सन्तोष पाण्डे र प्रवीण पाण्डे, लिखु गापा–१ का नवराज थिङ, छन् । धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट नौ लाख रुपैयाँ सहित २३ जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो । नौ लाख ५७ हजार नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको हो ।

२०७६ मङ्सिर १६ गतेको सम्पादकिय

सडक कारण नबनोस्
नुवाकोट भित्रिने तीनवटै सडक मार्ग स्तरउन्नतीमा देखिदो काम र खास सुधार नहुँदा वर्षैदेखि यात्रुहरूले सास्ति बेहोरी रहेका छन् । सडक स्तरउनन्तीको नाममा ठेकेदार कम्पनीले समयावधि थप गर्र्दै लगेपछी स्थानियहरू समेत आक्रोशित हुन थालेका छन् । ७० किलोमिटर रहेको बालाजु–त्रिशूलीमा दुई प्याकेजमा काम भइरहेको छ । बालाजु–रानीपौवा–पीपलटार गरी २ प्याकेजमा काम भइरहेको छ । २१ मेगावाट त्रिशूली जलविद्युत् आयोजना निर्माणका क्रममा २०१८ सालमा यो सडकको ट्रयाक खुलेको हो । अर्को गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक ८२ किलोमटिर छ । धादिङको गल्छी, नुवाकोटको कोल्पुटार–देवीघाट–त्रिशूली, रसुवाको बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै रसुवागढी नाकासम्म जोडिन्छ । पीपलटार–गल्छी २०५५ मा ट्रयाक खुलेको हो । अर्को छहरे–टोखा सडकखण्ड । जुन नुवाकोटलाई काठमाडौं जोड्ने सबभन्दा छोटो सडकमार्ग हो । त्रिशूलीदेखि टोखासम्म ५२ किलोमटिर मात्रै लम्वाई छ ।
तीनवटै सडक एकै पटक स्तरउन्नती गर्ने भन्दै लथालिंग अबस्थामा पपु¥याइएको छ वा पुगेको छ । तीन वटै निर्माण कम्पनीले आयोजनाको निर्माण सम्पन्न समय सिमा थप्दै लगेको छ । सडक मार्गको अबस्था दयनिय भएका कारण नुवाकोटको आर्थिक अबस्थामा समेत प्रभाब परेको देखिन्छ । ब्यबसायीहरूले सामाग्री आयात देखि ढुवानी भाडा दरमा समेत सडकका कारण महङ्गो पर्न थालेको आवाज उठाउन थालेका छन् । उनीहरूको मर्का सही हो भने पनि र यही कारण बनाएर सामानको भाउ बढ्यो भने पनि पिडामा पर्ने चाँही आम नागरिकहरू नै हुन् । त्यसो त, नुवाकोट हुँदै रसुवा जाने पर्यटकहरूमा समेत सडकको अबस्थाका कारण प्रभाब परेको सहज अनुमान लगाउसक्छौं । यो संगै बालाजु–ककनी हुँदै नुवाकोट जोड्ने पासाङल्हामु राजमार्ग स्तरोन्नति पुरा नहुँदा व्यवसायमा समेत असर परेको छ ।
यसरी सबै सडक मार्गको निर्माणको अवस्था हेर्दा समस्या बाहेक केही देखिदैन । असाध्यै धिमा गतीमा भइरहेको कामलाई काम भइरहेको छ भन्ने अवस्था नै बनेको छैन । वर्षैदेखि नागरिकहरूलाई वाक्कदिक्क पार्ने यो विकासबाट मुक्ति पाउने विकल्प भनेकै एक दिन भएपनि छिट्टै सडकको निर्माण र अवस्था सुधार मात्रै हो । २९ दिनपछि सुरु हुने नेपाल भ्रमण वर्षमा नुवाकोट र रसुवाले लिने लाभमा निर्माणाधिन सडकका कारण कुनै कमी नआओस् ।