Monday, January 13, 2020

२०७६ पुस २८ गतेको सम्पादकिय

स्वागत योग्य कार्य
नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै नेपाली सेनाको टोलीले गोरखाबाट सुरु गरेको पदयात्रा नुवाकोट हुँदै काठमाडौं पुग्यो । आइतवार काठमाडौंमा आयोजित राष्ट्र निर्माता तथा एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रममा यो पद यात्रा विशेष आकर्ष र चर्चा रह्यो । नुवाकोट जिल्ला हुँदै अघि बढेको यो यात्राका कारण नुवाकोटको ऐतिहासिक पक्षहरू सतहमा आएका थिए । जसले गर्दा जिल्लाको शान र गर्व गर्न लाएकको विषवस्तु तयार भएका थिए । राष्ट्र निर्माता तथा एकीकरणकर्ता पृथ्वीनारायण शाहसंग सम्वन्धित कुराहरूलाई राजनीतिक आस्थाका रुपमा हेरिदा कयौं इतिहासहरू ओझेलमा पर्दै आएका छन् । तर, १२ वर्षपछि खोला फर्केको भनेझै नुवाकोट जिल्लामा ठिक १२ वर्षपछि स्थानीय सरकारले शाहको योगदनाको चर्चा गर्दै औपचारिक कार्यक्रमहरूको आयोजना गरेको छ ।
राजनीतिक दलहरूबाटै तिस्कृत पृथ्विजयन्ती र राष्ट्रिय एकता दिवस यो पालीबाट विदुर नगरपालिका र सुर्यगढी गाउँपालिकाले स्थापित गराउने प्रयास गरेको छ । दुवै स्थानीय सरकराले आइतवार सार्वजनिक विदा दियो । विदुर नगरपालिले त झन् आफ्नै अध्यक्षतामा मुल समारोह समितिको समेत गठन गर्यो । आधुनिक नेपालको एकीकरण र विकासक्रमको सुरुवात भएको तिथि रहेको पुस २७ लाई विशेष रुपमा मनाउनुमा इतिहासविद्धहरूले तर्क गरिरहेका छन् । गणतान्त्रिक नेपालमा राजसंस्था र राजाको गुणगान गाउनु उपयुक्त नभएको ठहर दोश्रो जनआन्दोलनपछिको सरकारले गर्यो । त्यसअघि पुस २७ मा दिइदै आएको राष्ट्रिय विदा हटाइयो । हुन त अहिलेपनि संघिय सरकारले आइतवारलाई सार्वजनिक विदा दिएन, तर नुवाकोटका दुई वटा स्थानीय सरकारले आइतवार विदा दिएर पुस २७ को महत्वलाई पुनर्ताजकी गरेको छ । शाहको जन्मजयन्ती, राष्ट्रिय एकता दिवसको महत्व अन्त भन्दा नुवाकोटमा बढी हुनु स्वाभाविक हो । नेपाल एकीकरणको सुरुवात, २५ वर्षसम्म नेपालको राजधानी र शाहको देहबशान भएको नुवाकोट । यसर्थ पनि यस दिवसलाई विदुर नगरपालिका र सुर्यगढी गाउँपालिकाले ग्रहण गर्नु स्वागत योग्य छ ।  

No comments:

Post a Comment