Monday, January 27, 2020

मुआब्जाका लागि विदुर प्रमुखको पहल

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउदै विदुर नगरपालिकाका
प्रमुख सञ्जु पण्डित लगायतका संघीय, प्रदेश सांसदहरू ।
 तस्बिर : रामेश्वर ढकाल\इमेज
विदुर\विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित नागरिक समाज, संघीय सांसद, प्रदेश सांसद तथा आफ्नो वडा अध्यक्षसहितको जम्बो टोली लिएर बुधवार सिंहदरवार प्रबेश गरे । अघि काम विशेषले सिंहदरवार आउजाउ गर्दा भन्दा बुधवार प्रमुख पण्डित तयारी र व्यवस्थापनमा मज्जैले भिडेका देखिन्थ्यें । सिंहदरवार प्रवेश गर्नेहरूको गेट पास तयार गर्नेदेखि, नुवाकोटबाट सिंहदरवार जानका लागि हिडेकाहरू कहाँ आइपुगे भनेर निरन्तर ‘फलोअप’मा थिए ।
लामो समयदेखि राष्ट्रिय गौरवको आयोजनाले विदुर नगरपालिकामा चर्चिने सडकको जमिनको विषयमा चियापसले देखि चौतारसम्म तर्क, फैसला, र टिप्पणी हुने गरेको छ । तर नेपाल सरकारलाई नै चाँही यस विषयमा आधिकारी रुपमा अहिलेसम्म जानकारीसम्म रहेनछ । त्यसैबाट झस्याङ्ग भएका नगर प्रमुख पण्डित जम्बो टोली सहित उपप्रधानमन्त्रीको कार्याकक्षमा हानिएका थिए ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण हुँदै आएको गल्छि त्रिशुली सडक आयोजनाले विदुर नगरपालिका क्षेत्रका नागरिकहरूलाई मुआब्जा नदिने गाइँगुँई चलेसंगै नागरिकका माग बोकेर जनप्रतिनिधिहरू सिंहदरवार पुगेका हुन् । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले अगुवाई गरेको उक्त कार्यक्रममा नुवाकोटका संघीय सांसदहरू हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेश सांसदहरू केशव पाण्डे, बद्री मैनाली, आशामाया तामाङ, विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहाल, विदुर नगरपालिकाका वडा अध्यक्षहरू तथा नेकपा नुवाकोटका नेताहरू सहभागि थिए ।   
उनीहरूले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । गल्छि त्रिशुली आयोजनाले विदुर नगरपालिकाको  वडा नम्बर ५ पिपलटार देखि वडा नम्बर १ ढुङ्गेसम्मका प्रभावितहरूलाई मुआब्जा दिन नमिल्ने बताउदै आएको छ । बालाजुदेखि ढुङ्गेसम्म सहायक राजमार्ग घोषणा भएको भन्दै अहिले गल्छी त्रिशुली सडकमा परेकोले त्यस क्षेत्रमा मुआब्जा दिन नमिल्ने आयोजनाले बताउदै आएको हो । आयोजनाले २०३४ सालको राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशुली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५\१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने दावी गर्दै आएको छ ।
एउटै आयोजनामा कसलाई मुआब्जा दिने कसैलाई नदिने गर्न नहुँदे भन्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले राज्यले सबै नागरिकहरूलाई एकै ब्यबहार गर्न आग्रह गरेका छन् । केही नागरिकहरू सकडकको कारण सुकुम्वासी हुने अवस्थामा पुगेकाले उचित मुआब्जाको व्यवस्था गर्न उपप्रधानमनत्री मार्फत् पण्डितले नेपाल सरकारलाई आग्रह गरे ।
ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले बिकास निर्माणको कार्यमा स्थानिय नागरिक देखि सरोकारवाला निकाय सबैले सहयोग गर्न‘पर्ने बताए । यस विषयमा आफु सकारात्मक रहेको र मुआब्जाको विषयमा मन्त्रिपरिषद्को बैठकमा छलफल हुने मन्त्री पोखरलले बताएका छन् । सडक र विकास निर्माणका कारण राज्यले नागरिकहरूलाई मर्का पार्ने वा सुकुम्वासी बनाउने काम नगर्ने र नुवाकोटबाट जनप्रतिनिधिहरू नै आइपुगेपछि यस मागको सम्वोधन हुने उपप्रधान तथा रक्षामन्त्री पोखरेलले बताएका छन् । 
विदुर नपाले मुआब्जाको विषयमा गरेको यो अगुवाईको नागरिकहरूले सकारात्मक टिप्पणी राखेका छन् । वडा नं. ५ देखि वडा नं. १ सम्मको मुख्य बजार क्षेत्रका नागरिकहरू मुआब्जाविना हट्नु पर्ने अवस्थाको सृजना हुँनै लाग्दा स्थानीय सरकारले गरेको यो प्रयासको प्रशंसा गरेका छन् । उद्धव पनेरुले सामाजिक सञ्जालमै लेखेका छन्–‘राजनितिक स्वार्थ जोडेर विशेषगरी विदुरका जनप्रतिनिधिलाई जनताका नजरमा छारो हाल्ने नियतले चिया र भट्टिमा उफ्रिनेहरूले वझ्न जरुरी छ मुअव्जा सरकार, सदन र मन्त्रालयबाट मिल्ने हो न कि चिया पसलबाट ।’
विदुर स्थित सडक आयोजना कार्यालयले मुआब्जा नदिने बताइरहेको र मुआब्जाको लागि हुने गरेको छलफल र प्रयासकाहरू जिल्लामा मात्रै सिमिति हुँदा नेपाल सरकारको ध्यान केन्द्रित नभइरकेको अवस्थामा आफुहरूले यो प्रयास गरेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । 

No comments:

Post a Comment