Monday, January 13, 2020

झोरमा सुरुङ अध्यायन

विदुर\उपत्यकालाई कम दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने टोखा नुवाकोट सुरुङमार्गको चिनियाँ टोलीले प्रारम्भिक अध्यायन गरेको छ । काठमाडांैको टोखादेखि थानसिंगको छहरेसम्म चिनियाँ प्राबिधिकहरूले अध्यायन गरेका हुन् । भु–बनोट, माटोको प्रकार र चट्टाटनको नमुना संकलन गरेका छन् ।
अध्यायन टोलीमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी, हाइवे कन्सल्ट्यान्ट लिमिटेडका प्रमुख इन्जिनियर कायी जिङ वाङको नेतृत्वमा नौ सदस्यीय प्राविधिक टोली नेपाल आएको हो ।  सुरुङको अध्ययन तथा निर्माणबारे नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा छ ।
काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्मको सो सुरुङमार्गको कुल लम्बाइ सात किलोमिटर हुनेछ । चौडाइ डबल लेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुने र कुल निर्माण लागत ३० अर्ब रुपैयाँ लाग्न सक्ने प्रक्षेपण छ । 

No comments:

Post a Comment