Monday, January 13, 2020

सामुदायिक होमस्टेमा प्रदेश सरकारको सहयोग

विदुर\आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न प्रदेश नं. ३ सरकारले सामुदायिक होमस्टे सञ्चालनका लागि एक करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको छ । त्यसमा नुवाकोट जिल्लाको पनि केही सामुदायिक होमस्टे पर्ने भएका छन् । प्रदेश सरकारले उक्त कार्यक्रममा समावेश हुन चाहाने समुदायका लागि खुल्ला सूचना जारी गरेको छ । 
उद्योग पर्यटन तथा वन मन्त्रालयले नौ वटा सामुदायिक होमस्टे चलाउन एक करोड १० लाख रुपैयाँ छुट्याएको होर । सामुदायिक रुपमा सञ्चालन हुने होमस्टेलाई राज्यले नै बिकास गर्ने जनाएको छ । सामुदायिक रुपमा सञ्चालन हुने होमस्टेको लागी १० लाख रुपैयाँ सम्मको अनुदान उपलब्ध गराउने तयारी छ । जसका लागि प्रस्तावना माग भएको छ ।  एउटा सामुदायिक होमस्टेलाई १० लाख रुपैयाँ अनुदान दिने नीति रहेको छर ।
नुवाकोटको दुप्चेश्वर गाँउपालिका, विदुर नगरपालिकाको वडा नम्बर २ साततले दरबार पसिर र म्यागङ गाँउपालिकाको बुङताङमा रहेको होमस्टेलाई प्रदेश सरकारले सहयोग गर्न लागेको बुझिएको छ । ति बाहेकका नयाँ स्थानमा होमस्टे सञ्चालन गर्ने समुदायले समेत प्रदेश सरकार समक्ष प्रस्तावना पेश गर्न सकिने बताइएको छ । भ्रमण वर्ष २०२० का लागि यो कार्यलाई अघि सारिएको समेत बताइएको छ । 

No comments:

Post a Comment