![]() |
विकासका लागि नागरिक समाज र सञ्चारजगत विषय कार्यपत्र प्रस्तुत गर्दै पत्रकार महासंघका अध्यक्ष खनाल र कार्यक्रममा सहभागिहरू । तस्बिर : संगम\इमेज |
नागरिक समाज नुवाकोटका अध्यक्ष बाबुराम लामिछानेले विकासका लागि नागरिक समाज र सञ्चारजगतले आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्न‘पर्ने बताए । राजनीतिक दलभन्दा पनि एक कदम अगाडी बढेर नागरिक समाजले साझा हितका लागि काम गर्दै आएको उल्लेख गर्दै उनले नुवाकोट जिल्लामा पनि नागरिक समाजको भुमिका उत्कृष्ट रहेको बताए । सडकको सिमाना, मुआब्जा जस्ता साझा विषयमा जिल्लामा नागरिक समाजहरूले पछिल्लो समय खेलेको भुमिकाको उदाहरण दिँदै उनले नागरिक समाजलाई राज्य पक्षले समेत भरोसा र आफ्नो कामकाजको एउटा पाटोको रुपमा लिइरहेको उल्लेख गरे ।
पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनालले बिकासका लागी नागरिक समाज तथा सञ्चार जगतबिचको सहकार्य बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले नुवाकोट जिल्लामा विकासका लागि भइरहेको नागरिक समाज र सञ्चार जगतको सहकार्य, द्धन्द्ध र हालको विद्यमान अवस्थाको बारेमा चर्चा गरे । नागरिक समाजका सचेत सदस्यहरूले प्रयोग गर्ने व्यक्तिगत सञ्चार माध्यम र आम सञ्चारका माध्यम विकासलाई सघाएको उनले बताए । तर विकास भन्ने वित्तिकै भौतिक संरचनालाई कल्पना गर्ने र रहर गर्ने नागरिकहरूका कारण अभौतिक विकासमा सञ्चार जगतले प्रभावकारी भुमिका निर्वाह गर्न नसकिरहेको खनालले बताए ।
नुवाकोट बार एशोसिएसनका अध्यक्ष देवराज कँडेलले विकास, नागरिक समाज र सञ्चार जगत तीन वटै विषय, क्षेत्र असाध्यै फराकिलो रहेकोले यसको सहकार्य र अन्तसम्वन्ध पनि उत्तिकै बाक्लो रहेको बताए । नागरिक समाजले उठान गरेका विषयवस्तु र एजेण्डालाई सञ्चार क्षेत्रले अपनत्व महशुस गर्ने र त्यसलाई मुल विषयका रुपमा नुवाकोटमा उठान भइरहेको उनले बताए । निश्चित मुद्दाका लागि स्वत जम्मा हुने नागरिकहरूको निःस्वार्थ समुहलाई जसरी नागरिक समाज भनिएको छ, नुवाकोटमा त्यसै गरिनै काम भएको कँडेलले बताए ।
गैर सरकारी संस्था महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष मिनकुमार केसीले सञ्चारकर्मीहरूले राजनीतिक सवाललाई मात्र उठान गरिरहेको उल्लेख गर्दै समाजमा विद्यमान नागरिकका सवाललाई उठान गर्न‘पर्नेमा जोड दिए । गैर सरकारी संस्थाहरू पनि नागरिक समाजको अङ्ग रहेको बताउदै उनले समाज परिबर्तन र बिकासमा गैससको योगदान रहेको बताए । राजनीतिले प्रायः क्षेत्र र विषयको नेतृत्व गरिरहेको भएपनि विशेष गरि सञ्चार माध्यमले नागरिक स्तरबाट सञ्चालन हुने अभियान वा गतिविधिहरूलाई राजनीतिक विषय जत्तिकै प्राथमिकतामा राख्नु पर्ने उनको धारणा छ ।
मानव अधिकार एलाएन्सका केन्द्रिय सदस्य यमकुमार खाती क्षेत्री, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित, आदिवासी जनजाती महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगर, सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष नारायणप्रसाद नेपाल, सामाजिक अभियन्ताहरू रामशरण थापा, दिपेश घिमिरे लगायतले धारणा प्रस्तुत गरे ।
No comments:
Post a Comment