![]() |
विदुरमा नगरपालिका अधिवेशन उद्घाटन समारोह । तस्बिर : रोशन |
विदुर नपाको प्रथम भेलाले प्रल्हाद तामाङको अध्यक्षतामा कार्य समिति गठन गरेको छ । उपाध्यक्ष सुशिला वाइवा र वुद्धिबहादुर तामाङ, सचिव दुर्गामाया तामाङ, कोषाध्यक्ष बिरबहादुर तामाङ र सह सचिव सागर तामाङ छन् । सदस्यहरूमा फुलमाया, शंखबहादुर, तुलबहादुर, भिमबहादुर, शेरबहादुर, सरोज, इन्दिरा, कृष्णबहादुर, श्रीवली, विकास र दउत तामाङ छन् ।
बेलकोटगढी नगरपालिकामा भिमबहादुर तामाङको अध्यक्षतामा १७ सदस्यिय, तादी गाउँपालिकामा दीपक तामाङको अध्यक्षतामा ११ सदस्यिय र दुप्चेश्वर गाउँपालिकामा कले तामाङ अध्यक्षतामा १७ सदस्यिय कार्य समिति निर्विरोध रुपमा चयन भएको छ ।
नेपाल तामाङ घेदुङ संघिय परिषद् सदस्य जयमान वाइवा तामाङले विदुरको कार्यक्रममा बोल्दै तामाङहरूको संस्कृति र परम्परा अतिक्रमणमा परेको बताए । आदिवासीको हकका लागि लडेको बताउने राजनीतिक दल र नेताहरू नै आदिवासी जनजातीको कला र संस्कृतिको तेजोवोध गर्न तर्फ केन्द्रित रहेको उनको भनाई छ । पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले नुवाकोट र रसुवा तामाङ समुदायको आदिभुमी रहेपनि तामाङको इतिहासमा छाया पार्ने काम भएको बताए । पृथ्विनारायण शाहसंग जोडिएका पक्षसंग मात्रै गर्व गर्ने नुवाकोटको संस्कृतिले त्यस अघिका घले÷तामाङ राजाको कालखण्डको ईतिहास र योगदानको अवमुल्य भइरहेको उनको तर्क छ । कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रदेश परिषर सदस्य सोमबहादुर तामाङले तामाङ समुदायसंग रहेको संस्कृति र निधिलाई नेपाल भ्रमण वर्षमा सरकारले सदुपयोग गरेर ‘क्यास इन’ गर्न सक्नुपर्ने बताए ।
No comments:
Post a Comment