
नुवाकोट र रसुवमा जिल्लाका कार्यरत दलित समुदायका पत्रकारहरूको भेलाको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले नेपालमा बिधागत रुपमा पत्रकारको बिकास हुन जरुरी रहेको बताए । सक्रियाशिल पत्रकारहरूको क्षमता विकासका साथै नयाँ पत्रकारहरूलाई पेशामा आर्षणका लागि महासंघले काम गर्न लागेको उनले बताए ।
आउँदो माघ देखि १ बर्षसम्म पत्रकार महासंघले तालिम बर्षको रुपमा मनाउन लागेको बताउदै उनले नुवाकोटमा यो अवधिमा क्षमता विकासका लागि विशेष अभियान सञ्चालन हुने बताए ।
राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नम्बर ३ का सचिब बशन्त परियारले पत्रकारितामा आबद्ध दलितहरूलाई एकजुट बनाउनको लागी संघ गठन भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोट शाखाका संस्थापक शिव देवकोटा, केन्द्रिय सभाषद् ध्रुवकुमार रावल, नुवाकोट शाखाका उपाध्यक्ष रुपा अर्याल, फोनिज नुवाकोटका सचिव गमला लामा, आदिवासी जनजाती महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगर, दलित संघ नुवाकोटका अध्यक्ष भोजबहादुर नेपाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
No comments:
Post a Comment