Monday, January 13, 2020

पाँचथरदेखि मध्ये पहाडी लोकमार्ग प्रचारमा

विदुर\नेपाल भ्रमण बर्षलाई सफल बनाउन पुर्बको चिवाभञ्ज्याङ पाँचथर देखि पश्चिमको झुलाघाट बैतडीसम्म पुग्ने मोटरसाईकल यात्रीलाई गएको हप्ता नुवाकोटमा स्वागत गरिएको छ ।
१७१६ किलोमिटर पुष्पलाल मध्य पहाडी लोकमार्गले २३ जिल्ला छुनेछ । २३ जिल्लाको बिभिन्न एतिहासिक स्थल, पर्यटकिय क्षेत्र, स्थानिय बस्तिहरूको प्रचार प्रसार गर्दै मोटरसाईकल यात्रामा आफुहरू नुवाकोट आईपुगेको पाँचथरका हर्क नेम्वाङले बताए ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गले छोएका सबै जिल्लाहरूको पहिचान स्थापित गर्ने, पर्यटन बर्ष २०२० मा गतिलो गन्तब्य बन्न सक्ने स्थानहरूको पहिचान र प्रचारका लागि हिडेको उनीहरूले बताए छन् । पाँचथरबाट हिडेको छ दिनमा उनीहरू नुवाकोट आइपुगे ।
उनीहरूलाई जिल्ला समन्वय समिति र नुवाकोट उद्योग बाणिज्य संघमा स्वागत गरिएको थियो । संघमा भएको कार्यक्रममा उपाध्यक्षहरू गीता अमात्य, राजेन्द्र श्रेष्ठ, सन्तोष उप्रेती, सचिव उपेन्द्र बुढाथोकी, प्रवक्ता सविन राजभण्डारी, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदीश खनाल लगायतले मोटरसाइकलबाट यात्रा गरिरहेका टोलीको स्वागत गरेका थिए । उनीहरू एक रात नुवाकोटमा बिताएर धादिङ्ग हुँदै बैतडी तर्फ लागेका छन् । 

No comments:

Post a Comment