Monday, January 27, 2020

हाकुवासीको जग्गा फेरि खोसियो

शशी डंगोल
बेत्रावती\नेपाल सरकारको पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–१ (साविकको हाकु गाविस–३) का कामी तामाङ, नोर्जे तामाङ, काजी तामाङ, ताक्र्याल तामाङ, इचुङ तामाङलगायतलाई सुकुम्बासी बनाएको छ । पुरानो हाकु गाविस– ३ देखि ७ सम्मका ५०० भन्दा बढी घरधुरी गुठीको जग्गाका कारण समसयममा थिए । त्रिशूली–१ जलविद्युत् आयोजनाका नाममा नदिई २०७४ सालमा स्वयम्भू गुठीका मोहीलाई दिएको जग्गा हाल सरकारले फिर्ता लिएर आयोजनालाई सुम्पिएपछि नागरिकहरू सुकुम्वासी भएका हुन् । उनीहरूले उक्त जग्गा ४२ वर्षदेखि जोतभोग गर्दै आएका थिए ।
पाँच पुस्तादेखि स्थानीयले कमाइ गर्दै आएको जग्गा हसरकारले खोसेको नेकपाका तेब्रेल तामाङले बताए । २०३५ सालमा त्यसबेलाका लामा र बाठाहरूले जग्गा सोधा गाउँलेबाट हडपेको उनको भनाई छ । यस अघि पनि स्थानीय जनता र जलविद्युत् आयोजना पक्षबीच ११० रोपनी जग्गाबारे चर्को मोलमोलाइ भएको थियो ।
पुस १४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णइ नंं ७ मा भनिएको छ : ‘मन्त्रिपरिषद्को २०७० साउन २४ गतेको बैठकबाट नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि नारायणचौर नक्साल काठमाडौंलाई माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना सञ्चालन गर्न रसुवा जिल्लाको ७९.२७ हेक्टर वन क्षेत्र ३५ वर्षसम्मका लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय भएकोमा मन्त्रिपरिषद्को मिति २०७४ पुस २८ गतेको निर्णय अनुसार मालपोत कार्यालय रसुवाबाट उक्त वन क्षेत्रमध्ये ११० रोपनी जग्गा मिति २०७४ चैत ३० गते स्वयम्भु पुरानो घ्याङ गुठीको नाममा दर्ता कायम भएकोमा वन ऐन २०७६ को दफा ७ को उपदफा २ बमोजिम सो जग्गा दर्ता बदर गरी राष्ट्रिय वन क्षेत्र कायम गर्ने र मन्त्रिपरिषदको मिति २०७० साउन २४ गतेको निर्णयअनुसार नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि नारायणचौर नक्साल काठमाडौंलाई प्रयोग गर्न दिएको ७९.२७ हेक्टर जग्गा सो कम्पनीलाई पूर्ववत रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।’
यसरी नागरिकहरू फेरि भुमिहिन भएपछि भुमी आन्दोलनमा लागेका स्थानीयहरूले असहमती प्रकट गरेका छन् । अन्यत्र जग्गाजमिन भएका स्थानीयहरूलाई अब बासकै समस्या हुनेभएकोले निर्णण्प्रति पुर्नविचार गर्न स्थानीयहरूले सरकारलाई आग्रह गरेका छन् ।

No comments:

Post a Comment