![]() |
कलाकारहरू टुङ्गो लगाउन संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती, महासचिव कृष्ण अधिकारी, प्रवक्ता सविन राजभण्डारी लगायत पदाधिकारी काठमाडौंमा । |
भ्रमण वर्ष लाई लक्षित गर्दै गर्न लागिएको महोत्सवलाई विगतका वर्षहरूभन्दा पृथक बनाउन लागिपरेको नुवाकोट उद्योग वाणिज्य संघका प्रबक्ता सबिनराज भण्डारीले बताए । महोत्सवको लागि अहिले विभिन्न समिति तथा उपसमितिहरू गठन भएको छ ।
महोत्सवमा स्थानिय कला, संस्कृति तथा भेषभुषाको प्रचारप्रसार र स्थानिय पहिचानलाई प्रर्वदन गर्ने बताइएको छ । महोत्सवमा नुवाकोटको १२ वटै स्थानिय तहलाई ५÷५ वटा स्टल उपलब्ध गराउने जनाएको छ । सबै स्थानिय तहले आफ्नो गाँउ झल्किने बस्तुहरूको प्रचार प्रसार गर्ने जनाएको छ ।
धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने मूल नाराका साथ छैटौँ नुवाकोट महोत्सव आगामी माघ १६ देखि २६ गतेसम्म हुने भएको छ ।
११ दिनसम्म सञ्चालन हुने महोत्सवले नेपाल भ्रमण वर्ष र नुवाकोटको आर्थिक समृद्धिलाई टेवा पुर्याउने बताईएको छ । २५० वटा स्टल रहने महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, घरेलु उत्पादन, हस्तकलाका सामग्री र जिल्लामा १२ वटै स्थानीय तहको पहिचान सहितका स्टल रहने नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।
No comments:
Post a Comment