विदुर\भिन्दाभिन्दै दुई वटा घटनामा तीन जनाको मृत्यु भएको छ । शुक्रवार फोहोर बोकेर नुवाकोट आएको गाडी दुर्घटनामा दुई जना र ‘मर्निङ वाक’मा निस्किएका एक जना बालकको ज्यान गएको हो ।
त्रिशुली जलबिद्युत केन्द्रको हेलचेक्राईका कारण एक बालकको ज्यान गएको छ । उत्पादनका लागि पानी ल्याएको नहरमा परेर एक बालकको मृत्यु भएको छ । नहर खुल्ला रहेको कारण तामाङ पानीमा खसेका छन् ।
विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका १४ बर्षिया शंकर तामाङको मृत्यु भएको हो । ‘मर्निङ वाक’मा निस्किएका तामाङ जलबिद्युत केन्द्रको पानी ल्याएको नहरको २ नम्बर पुलबाट खसेर उनको मृत्यु भएको हो ।
यसै बीच, काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो । बा ३ ख ३०३८ नम्बरको उक्त गाडी शुक्रबार बिहान तिनपिप्लेबाट पाँच सय मिटर अगाडि ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको हो । मृत्यु हुनेमा चालक माइला लामा र सहचालक कमल तामाङ छन् ।

No comments:
Post a Comment