ककनी\ओखरपौवाको सिसडोलमा व्यवस्थापन हुँदै आएको काठमाडौँ उपत्यकाको फोहोर आउँदो फागुन महिनादेखि नुवाकोटकै बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा लगिने भएको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ बञ्चरेडाँडामा निर्माणाधिन ल्यान्डफिल साइटको सेल नं. १ माघ अन्तिमसम्म तयार हुने बताइएको छ । अब काठमाडौं उपत्यकाको फोहोर त्यही विर्सजन हुने छ । फागुन १ गते देखि नै फोहोरमैला व्यवस्थापन गर्न दिने तयारी भइरहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
गएको वैशाखदेखि निर्माण सुरु भएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा मङ्सिरदेखि नै फोहोर लैजान दिने विभागको योजना थियो । निर्माण ढिला हुँदा क्षमता सकिएको सिसडोलमा नै उपत्यकाका १८ वटा नगरको फोहोरमैला व्यवस्थापन हुँदै आएको छ । लुम्बिनी–कोसी–न्यौपाने जेभीले ३५ करोड रुपैयाँको लागत सम्झौतामा बञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ ।
यसको निर्माणमा भइरहेको ढिलाईको बारेमा नुवाकोटका सांसदहरूले वारम्वार चासो व्यक्त गरिरहेका छन् । सांसदहरूले पटक पटक स्थलगत अनुगमन गरेर समयमानै काम सम्पन्न गर्न निर्देशन पनि दिएका थिए । अहिले फोहोर विर्सजन भइरहेको सिसडोल भरिएपछि त्यहाँ समस्या उत्पन्न भइरहेको छ । फोहोरबाट निस्केको लिचेडले स्थानीयहरू बिरामी पर्न थालेपछि उनीहरूले फोहोरको उचित व्यवस्थापन गर्न समेत काठमाडौं महानगरपालिका र नेपाल सरकारसंग आग्रह गर्दै आइरहेका छन् । तत्काल फोहोर व्यवस्थापनका लागि तयार पार्नुपर्ने भएकाले यो ल्यान्डफिल साइट दुई भागमा विभाजन गरी निर्माण हुँदैछ । विभागका महानिर्देशक मणिराम गेलालका अनुसार पहिलो चरणम ातयार भएको स्थानमा फोहोरको व्यवस्थापन हुन थाल्ने छ । पहिलो चरणमा सेल नं. १ मा फोहोर व्यवस्थापन गर्दै सेल नं. २ को बाँकी काम सम्पन्न गरिनेछ उनले बताए ।
अघिल्लो वर्षदेखिनै निर्माण आरम्भ भएको बञ्चरेडाँडा ल्याडफिड साइडको कामले अहिले तिब्रता पाएको हो । फागुन १ गतेबाटै प्रयोगमा ल्याउनका लागि भौतिक संरचनाको काम समयमै सकेर व्यवस्थापनका लागि हस्तान्तरण गरिने विभागले जनाएको छ । स्यानिटरी ल्यान्डफिल साइटले बाहिरी क्षेत्र सहित १७ सय रोपनी जमिन ओगटेको छ । जसमध्ये १०४ रोपनी क्षेत्रफल जमिनमा फोहोर फाल्ने सेल बनाइनेछ । जमिनको भागमध्ये ४० प्रतिशतमा ल्यान्डफिल साइटको सेल नं. १ तयार हुँदैछ ।
यो स्यानिटरी ल्यान्डफिल साइट फोहोरमैलाको वैज्ञानिक प्रणालीमा आधारित ‘सेमिएरोबिक’ विधि अनुसार निर्माण गरिएको महानिर्देशक गेलालले बताएका छन् । उनका अनुसार जमिनमुनिको पानी व्यवस्थित गर्न सबैभन्दा मुनि ‘ट्रेन्च’ बनाइएको छ । ट्रेन्चमाथि ‘पेबल’ (गोला ढुङ्गा)लाई ‘जियोटेक्सटायल’ले बेरेर खाल्डो भरिनेछ । त्यसपछि चिम्ट्याइलो माटोले वाटर ‘प्रुफिङ गरिने उनले बताए । त्यसमाथि पानी नछिर्ने गरी àजियोमेम्ब्रेन’ ओछ्याइने छ । त्यसमाथि पेबल राखेर लिचेट निकाल्ने पाइप बिछ्याइन्छ । लेदो संकलन गर्न साइटको बाहिरपट्टि दुईवटा पोखरी बनाइनेछ । पोखरीमा जम्मा भएको लेदो प्रशोधन गरेर मात्र खोलामा पठाइनेछ । फोहोरबाट निस्कने ग्यास संकलन गर्न पनि पाइप बिछ्याइनेछ । यस ल्यान्डफिल साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरूले बताएका छन् ।
फोहोरलाई श्रोतमै छुट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोर मात्र ल्याइएमा यो ल्यान्डफिल साइटमा एक सय वर्ष फोहोर व्यवस्थापन गर्न सकिने विज्ञहरूले अनुमान गरेका छन् ।

No comments:
Post a Comment