विदुर\‘धार्मिक ऐतिहासिक कला सस्कृतिको प्रवद्र्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन’ भन्ने नारा सहित आगामी माघ महिनामा छैटौँ नुवाकोट महोत्सव हुने भएको छ । पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै नुवाकोट उद्योग वाणिज्य संघले माग १६ देखि २६ गतेसम्म महोत्सव गर्न लागेको हो ।
पर्यटकीय सम्भावनालाई उजागर गर्दै सम्भावनाहरूलाई सार्थकतामा परिणत गरी जिल्लालाई पर्यटकीय स्थलको रुपमा विकसित गर्न योगलदान पुराउने महोत्सवको मुख्य उद्देश्य छ । महोत्सवमा जिल्लाको धर्म, संस्कृति, जनजाती, भेषभुषा, रितिरिवाज परम्परा र नुवाकोटको कृषि उद्योग, आर्थिक शैक्षिक व्यापार व्यवसाय, पर्यटनको प्रवद्र्धन गरिने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गरी महोत्सव आयोजना गरिएको उनले बताए ।
महोत्सवमा २५० वटा स्टल रहने बताइएको छ । संघमा २४ सय सय ३६ जना साधारण सदस्य छन् । ती साधारण सदस्यहरूले २५ प्रतिशत छुटमा स्टल राख्न पाउने संघका प्रवक्ता सविनराज भण्डारीले बताए । जिल्ला स्थित रहेका स्थानीय तहलाई चिनाउन सफल चिजविजहरूको छुट्टाछुट्टै स्टल रहने पनि बताइएको छ ।
यस्तै, यस बर्षको महोत्सबमा नुवाकोटमा लगानीको बिषयमा बहस गर्ने जनाएको छ । महोत्सबलाई पृथक बनाउन ठुला ब्यबसायिक घरानाका ब्यक्तिहरूसँग लगानीको बिषयमा महोत्सव स्थलमै बहस गर्ने योजना रहेको संघका द्धितिय उपाध्यक्षम सन्तोष उप्रेतीले बताए ।

No comments:
Post a Comment