Monday, January 13, 2020

प्रहरीको काम र गतिविधिको समीक्षा

विदुर\जिल्ला प्रहरी कार्यालय नुवाकोटले सञ्चालन गरिरहेको प्रहरी समुदाय साझेदारी कार्यक्रमको समीक्षा भएको छ ।
बिद्यालय देखि समुदायसम्म साँझेदारीमा सञ्चालन भइरहेको प्रहरीको कार्यक्रम प्रभावकारिताको समीक्षा भएको हो । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले प्रबिधिको बिकाससँगै सुरक्षा चुनौती बढ्दो रहेको बताए । जसले गर्दा यो अभियानका कारण प्रहरी नागरिकहरूसंग हुने घुलमिलले नयाँ चुनौतीको समाधान भइरहेको विश्वास राखे । उनले पछिल्ले समय नुवाकोट प्रहरीले बढाएको सक्रियताले समुदायमा शान्ति र अमनचयन स्थापित भएको बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले प्रहरीलाई पर्ने जुनसुकै सहयोग स्थानिय तहले गर्ने र गर्दै आएको बताए । नुवाकोटमा देखिएका अपराधिक कार्यहरूलाई रोक्न १२ वटै स्थानिय तह प्रतिबद्ध रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरलले अपराधिक कार्यको अनुसन्धान स्वतन्त्र हुनु पर्ने बताए । दुरदराजमा घटेका घटनाहरूको अनुसन्धानमा स्थानिय समुदाय र राजनीतिक दलबाट हस्तक्षेप नभएको उल्लेख गर्दै नुवाकोटमान न्याय सम्पादनमा सहजता रहेको सुनाए ।
१२ वटै स्थानिय तहमा ईलाका प्रहरी कार्यालयको स्थापना भैसकेकाले जिल्ला भरिनै बलियो सुरक्षाको प्रत्याभुत दिलाउन प्रहरी सक्षम रहेको प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक अभिनारायण काफ्लेले बताए । 

No comments:

Post a Comment