![]() |
रेडक्रसले प्रर्दशन गरेको भूकम्पिय सुरक्षा सम्वन्धि सडक नाटक । |
भूकम्पीय जोखिममा नेपाल विश्वको ११ औ स्थानमा रहेको छ । भने नुवाकोट भूकम्प गएपछिको क्षतीको हिसाबले नेपालको तेश्रो स्थानमा रहेको छ ।
२०७२ साल बैशाख १२ गते गएको बिनासकारी भुकम्पका कारण नेपालमा ठुलो धनजनको क्षती भएको छ । बिनाशकारी भुकम्पका कारण नुवाकोट जिल्लामा मात्रै ११ सय १४ जनाको मृत्यु भएको थियो । यस्तै भुकम्पका कारण घाईते भएकाहरूको संख्या धेरै मात्रामा रहेका छन् । यसका साथै ७५ हजार भन्दा धेरै घुधुरीमा क्षती पुगेको थियो ।
१९९० सालमा गएको भुकम्पको सम्झनामा मनाईदै आएको भुकम्प सुरक्षा दिबसको अबसरमा २०७२ बैशाखमा गएको भुकम्पले पाठ सिकाएको बिज्ञहरूले बताएका छन् । दिवसकै अवसरमा मुलुकभर भूकम्पबाट बच्नको लागि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
नुवाकोटमा पनि आपतकालिन कार्य सञ्चालन केन्द्र, शहरी विकास तथा निर्माण विभाग डिभिजन कार्यालय, जिल्ला समन्वय समिति नुवाकोट तथा अन्य सामाजिक सस्थाहरूले विभिन्न कार्याक्रम गरी दिवस मनायो । त्यस अवसरमा त्रिशुलीबाट बट्टारसम्म चेतनामूलक ¥याली निस्केको थियो । रेडक्रसले बट्टारमा सडक नाटक देखाएको थियो । जिल्लामा सञ्चालित एफएम÷रेडियोहरूले सचेतना सम्वन्धि अन्तरक्रिया र सामाग्रीहरू प्रस्तुत गरेका थिए ।
¥याली पछि आयोजित कोण सभालाई सम्वोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले भुकम्पको जोखिमलाई न्युनिकरण गर्ने उपायको बारेमा घरघरमा चेतना आबाश्यक रहेको बताए । कतिपय स्थानमा अपनाईएको सुरक्षाका उपायमा कमजोरी रहेकाले त्यसलाई नीतिगत सुधारको समेत आबाश्यक रहेको पण्डितले बताए ।
No comments:
Post a Comment