महोत्सवको योगदान
नुवाकोट उद्योग बाणिज्य संघले आयोजना गरेको छैठौं नुवाकोट महोत्सवको आरम्भ हुन अब दुई दिन मात्रै बाँकी छ । बिहिवारबाट सुरु हुने महोत्सवले आन्तरिक मात्रै होइन बाहिरि रुपमा समेत चहलपहल बढाउन थालेको छ । हरेक पटक महोत्सव भइरहँदा हुने गरेको बहश भनेकै, महोत्सवको प्रभाव र त्यसबाट जिल्लाले लिन नसकेको लाभको विषय हो । १३ वर्ष अघिको पहिलो नुवाकोट महोत्सव सकिएदेखि यो छैठौं महोत्सव आरम्भको संघारसम्ममा हुने गरेको टिप्पणीहरूमा निराशा र नकारात्मक कोणहरू बढि झल्किएका छन् । महोत्सवले जिल्लामा गर्नुपर्ने परिर्वतनको सूची लामै छ । वा भनौं महोत्सवकै कारण नुवाकोटमा आउनुपर्ने वदलावको फेहरिस्ता अर्कै रहेको बुझाई धेरैमा छ । यो कत्तिपयको पुर्वाग्रह, कतिपयको कम बुझाई र केहीको अरुले व्यक्त गरेका धारणाबाट तयार भइरहेका छन् । कुनै एक समय थियो मनोरञ्जनकै लागि महोत्सवको आवश्यकता थियो । अब अहिले त्यो अवस्था छैन, मानिसका मनोरञ्जको विकल्प हातहातमै सृजना भएको छ । त्यही भएर नै समयसंगै महोत्सवको शैली र आयोजकको प्राथमिकता फेरिदै आएको छ ।
महोत्सवले प्रस्तुत गरेको जिल्लाको सम्भावनका कारण कृषि, पर्यटन र मानविय क्षमता विकासमा नुवाकोटले सुरुवाती समयदेखिनै राम्रो फाईदा लिएको छ । नुवाकोट काठमाडौंबाट कति नजिक छ र यहाँ आउने सडक सञ्जालको सहजता र निकटता यत्तिसम्म छ भनेर टाढाका नागरिकहरूलाई देखाउने काम महोत्सवबाटै भएको छ । पर्यटकिय रुपमा मानिसहरूको चलहपलमा हुन थालेको वृद्धिबाट प्राप्त भएको विषयगत उपलब्धि र परिवर्तनहरू अनगिन्ति छन् । विशेषत व्यवसायी तथा व्यापारीहरूको छाता संस्थाले गर्ने महोत्सव आर्थिक आर्जन र सम्बृद्धिसंग जोडिनु पर्ने र त्यसो पटक्कै नभएको एकांकी चर्चा हुन्छ । तर डेढ दशक बीचको नुवाकोट, नुवाकोट जिल्लालाई प्रतिनिधित्व गर्ने प्रमुख क्षेत्र विदुर, बट्टार, त्रिशुली लगायतका स्थानका होटल व्यवसाय हेर्ने हो भने आकाश–जमिनको परिर्वतन छ । समयक्रमले गराउने विकासले पनि केही होटल र पर्यटनको क्षेत्रका योगदान त पु¥याएकै छ, तर जिल्लामा नियमित रुपमा भइरहेका महोत्सवहरूले पनि जिल्लामा आर्कषक र सुविधा सम्पन्न होटलहरूको संख्या बृद्धि हुनुमा भारी योगदान दिएको छ । जिल्लामा एकैपल्ट भित्रने पाहुनाहरूलाई सजिलोसंग खुवाउने, बसाउने अभिप्रायले होस् वा नुवाकोट घुम्न आउँदा जिल्लामा होटल व्यवसायको सम्भावना देखेर जिल्ला बाहिरका व्यवसायीहरूले गरेको होटल व्यवसाय होस्, यिनीहरूले जिल्लाको शानलाई समेत उचो पारेका छन् । बट्टार स्थित होटल वाटर टावर नुवाकोट जिल्लाको सबै भन्दा आर्कषक होटलको रुपमा छ । यो होटल सञ्चालकहरू पहिलो नुवाकोट महोत्सव हेर्न विदुर आउँदा सुविधा सम्पन्न बसाईको खोजीका क्रममा होटल नभेटेपछि व्यवसायकै लागि गतिलो होटल खोल्ने अभियानमा लागे । फलतः चार वर्षदेखि स्टार होटल बट्टारमा सञ्चालनमा छ । पिपल्टारमा पाइप फ्याक्ट्री सञ्चालन भइरहेको छ । त्यो उद्योगको कथा पनि उही हो । नुवाकोट महोत्सव हेर्न गल्छीबाट विदुर पसेका व्यसायीहरूले पहिलो पटक थाहा पाएकी नेपालकै ‘लाइफलाईन’ पृथ्वि राजमार्ग र संघीय राजधानी काठमाडौंबाट नुवाकोट कत्ति नजिक रहेछ भन्ने । पाँच वर्षदेखि पिपल्टारमा सञ्चालनमा आइरहेको पाइप उद्योगले अहिले देशैभरी आफ्नो व्यापारलाई धानिरहेको छ, माग अनुसारको बस्तु यही उत्पादन गरिरहेको छ ।
महोत्सवहरूबाट जिल्लाले प्राप्त गरेका उपलब्धिहरू भिन्न भिन्न विषयमा ब्यापक छन् । तर नुवाकोट जिल्लाले अहिलेको अवस्थामा जुन उपलब्धि हासिल गर्नुपर्ने हो त्यो न्यून छ । अन्य जिल्लाका तुलनामा राजनीतिक, भौगोलिक र मानविय क्षमताको कोणले सहज भएको नुवाकोटले विकास र परिवर्तनमा प्राप्त गरेको उपब्धिहरूलाई सन्तोषजनक रुपमा लिन सकिदैन । त्यस अर्थमा जिल्लालाई सिङ्गै नेपालमा प्रस्तुत गर्ने अवसरको रुपमा रहने नुवाकोट महोत्सवले जिल्लाका सम्भावनालाई पूर्ण रुपमा छर्लङ्ग पार्नसक्नु पर्दछ । पछिल्लो समयका महोत्सवहरूमा बाहिर जिल्लाहरूबाट निर्यात भएका सामाग्रीहरूको व्यापार बढ्दो छ । निर्यात गरिएका कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्नो श्रमको रकम नुवाकोट बाहिर लैजाने क्रम बढ्दो छ । अब महोत्सवलाई बाहिरको पैसा नुवाकोट आर्जन गर्नेगरी प्रस्तुत गरिनु समयको माग बनेको छ । जिल्लाकै उत्पादित सामाग्रीहरूको विक्रि केन्द्र राख्नका लागि आयोजकले उच्च प्राथमिकता दिनु र आयातित सामाग्रीको कारोवारलाई नियन्त्रण गर्दै लान सक्दा जिल्लाबासीले झन् महोत्सवप्रति गर्व गर्न सक्नेछन् । महोत्सवका मञ्चमा प्रस्तुत हुने कलाकार वा पारिश्रमिक भुक्तान गरेर राखिने विशेष प्रस्तुतीका लागि नुवाकोट जिल्लाकै श्रष्टा, सर्जकलाई पूर्णरुपमा प्रयोग गरिनु बढि सान्र्दभिक रहने छ । बाँकी रहेको यि केही पक्षलाई सुधार मात्रै गर्न सक्दा पनि आयोजक संस्थाले महोत्सव आम जिल्लावासीको साझा पर्वको रुपमा विकास गरेको प्रमाणित हुनेछ ।

No comments:
Post a Comment