विदुर\नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरुले चार बर्ष अघिको भूकम्पका कारण करोडौं रुपैयाँ कमाएको खबरले गएको साता तहल्का पिटेको छ । जसमा नुवाकोट रेडक्रसका चार जनाको नाम पनि बरोवरी आएको छ । केन्द्रिय अध्यक्ष सञ्जीव थापा सहितका पदाधिकारी तथा आफन्तका लागि महाभूकम्प अकुत सम्पत्ति कमाउने बरदान सावित भएको समाचार सार्वजनिक भएको छ । रेडक्रसबाट सञ्चालन हुने परियोजनाका आथिृक रकम हनिामिना गरेको, नियमभन्दा बढी भत्ता तथा सेवासुविधा असुलेको बताइएको छ ।
२०७२ साल बैशाख १२ गतेको महाभुकम्प नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका ७ जनासहित भूकम्प प्रभावित जिल्लाका ७० जनाले भूकम्पको नाममा लुट मच्चाएका हुन । केन्द्रीय पदाधिकारीसहित भूकम्प प्रभावित नुवाकोट, रसुवा, धादिङ, दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा र मकवानपुर जिल्लाका रेडक्रस भूकम्प प्रतिकार्य सञ्चालन समितिका ७० जना पदाधिकारी तथा सदस्यहरूले तलबलाई घुमाउरो पाराले मासिक ‘अनोरियम’ भनेर लुट मच्चाएका हुन् ।
आकस्मिक दुर्घटना, विपद्को बेला उद्धार राहत कार्यमा पहिचान बनाएको रेडक्रस नेपालमा भने विनाशकारी भूकम्पपश्चात केन्द्रीय कार्यालयमा भूकम्प प्रतिकार्य सञ्चालन समितिको गठन गरी २०७२÷३÷२५ गते विशेष निर्णय गरेर सुबिधाको नाममा ब्रम्हलुट भएको पाइएको हो । केन्द्रीय अध्यक्ष थापाले मासिक एक लाख २५ हजार, महामन्त्री देबरत्न धाख्वाले मासिक ९८ हजार एक सय, कोषाध्यक्ष देबेन्द्रबहादुर प्रधानले मासिक ६३ हजार, उपमहामन्त्री हरिप्रसाद न्यौपानेले मासिक ५४ हजार, केन्द्रीय उपाध्यक्ष अजितकुमार शर्माले मासिक ४० हजार र केन्द्रीय सदस्य भक्त खवासले ४० हजार चार वर्षदेखि लिदै आएका छन् । रेडक्रलाई भुकम्प पिडितको नाममा खर्च गर्न दाताले लिउको रकमबाट उनीहरुले यसरी मासिक रुपमा रकम बुझेका हुन् ।
२०७२ असार १ गतेदेखि २०७५ भदौं १४ गतेसम्म ‘अनोरियम’ बुझे पनि कर भने नतिरेको पाइएको छ । यति धेरै रकम लिएर पनि राज्यलाई एक प्रतिशत मात्र कर तिरेको उजुरीपछि आन्तरिक राजश्व कार्यालय कालिमाटीले अनुसन्धान गरी २०७५ पुस २५ गते १५ प्रतिशत कर अशुली गर्न रेडक्रस केन्द्र तथा जिल्ला शाखाहरूलाई निर्देशन दिएको थियो । रेडक्रस केन्द्रले ढिलो गरी ‘अनोरियम’मा बाँकी १४ प्रतिशत व्याज र जरिवानासहित असुली गरिसकेको छ भने १४ जिल्लाले भने कर तिर्न आनाकानी गरिरहेकोले आन्तरिक राजश्व कार्यालयले पुनः रेडक्रस केन्द्रलाई २०७६ मंसिर ११ गते ‘अनोरियम’को कर तिर्न ताकेता गरेको छ । ताकेतापछि रेडक्रस केन्द्रले आन्तरिक राजश्व कार्यालय कालिमाटीमा मासिक ‘अनोरियम’ खाने तर हालसम्म कर नतिर्ने सोसाइटीका पदाधिकारी तथा सदस्यहरूको विबरण पठाएको छ । जसमा नुवाकोट शाखाका समेत चार जना छन् । नुवाकोट रेडक्रसका सभापति सुरतबहादुर चित्रकार, उप सभापति राजकुमार भट्टराई, मन्त्रि हरि श्रेष्ठ र कोषाध्यक्ष श्रीराम पाण्डेपनि यही सूचीमा दर्ज भएका छन् । उनीहरू तर्निुपर्ने कर र त्यसको हर्जना इन्कार गरिरहेका छन् ।
यस्तै, रसुवाका बाबुलाल तमाङ, दिनेशकुमार तामाङ, लामा रिंजेल घले, धादिङ्गका सीताराम कोईराला, नारायण तिमिल्सेना, दूर्लबकुमार तामाङ, ओखलढुङ्गाका सुमनराज भण्डारी, मोहनकुमार श्रेष्ठ, नारायप्रसाद दाहाल, गोपालचन्द्र श्रेष्ठ, पोकलनाथ दाहाल, कान्ती राजभण्डारी छन् । रामेछाप शाखाका शिबकुमार कार्की, जयप्रकाश श्रेष्ठ, दिनेशकुमार कार्की, सिन्धुली शाखाका अशोक श्रेष्ठ लालबहादुर कार्की, शकुन्तला श्रेष्ठ, पवन पाख्रिन, शान्ता मैनाली छन् । ललितपुर शाखाका बाबुराजा महर्जन, बेखामान व्यञ्जनकार, कल्पितकुमार त्रिपाठी, हरिगोविन्द महर्जन, दिनेश कार्की, विनोद ताम्राकार छन् ।
भक्तपुरका मनोजकुमार थापा, परशुराम पाण्डे, प्रदिपकुमार केसी, शिवबहारी केसी, कृष्णश्वरी हाडा पनि छन् ।
काठमाडौं शाखाका मथुराराम श्रेष्ठ, नविन मानन्धर, बुद्धीमान शाक्य, उत्तमनारायण महर्जन, श्यामकाजी डोटेल, कमल नकर्मी, लक्ष्मीरत्न तुलाधर छन् । काभ्रेपलाञ्चोक शाखाका रघुवर चौ प्रधान, श्यामसुन्दर श्रेष्ठ, उद्धवप्रसाद पौडेल, कुमार कार्की, रघुनाथ हुमागाईं, अनन्तकृष्ण श्रेष्ठ छन् । सिन्धुपाल्चोक शाखाका राजेन्द्रमान ताल्चाभडेल, कमलचन्द्र कक्षपति, भरतकुमार बस्नेत छन् । गोरखा जिल्ला शाखाका भगवानबाबु मास्के, रामकृष्ण राजभण्डारी, टोपबहादुर बाँनिया, यदुनाथ भट्टराई, शुक्रराज पन्त, शंकरबहादुर कुँवर, राजेन्द्र न्यौपाने, रामशरण आचार्य, कृष्णबहादुर आले रहेका छन् ।
यस्तै, दोलखा जिल्ला शाखाका टिकानारायण प्रधान, गोकर्ण पोखरेल, रँगध्वज बुढाथोकी, राधादेवी मास्के, इश्वरीप्रसाद दाहाल छन् ।
मकवानपुर शाखाका सूर्यचन्द्र न्यौपाने, यशोदाकुमारी श्रेष्ठ, लालबहादुर थापा, खेमराज सापकोटा, पिताम्बर बास्तोला ।
कर नतिर्नेको सूची रेडक्रस केन्द्रले पठाएकोमध्ये प्रदेशका महामान्यधिबक्ता सुर्यचन्द्र न्यौपाने समेत छन् । यस्तै नगर प्रमुख मोहनकुमार श्रेष्ठ, वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, वडा सदस्य शिबहरि केसी र नेपाल सरकारका कर्मचारी टोपबहादुर बाँनिया रहेका छन् ।

No comments:
Post a Comment