विदुर\नेपाली काँग्रेसमा आस्था राख्ने पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन नुवाकोटको अधिवेशन शनिवार विदुरमा सम्पन्न भएको छ । अधिवेशनले सर्बसम्मत रुपमा नवराज सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति बनाएको हो । उपाध्यक्ष सुरज सिलवाल, महिला उपाध्यक्ष गमला लामा, सचिव रबिन दाहाल, सह सचिव श्रीकृष्ण आचार्य, महिला सह सचिव उषा रेग्मी, कोषाध्यक्ष भगवती लामा चुनिएका छन् । त्यस्तै, कार्य समितिको सदस्यहरूमा राकेश डंगोल, बिशाल देवकोटा, रुप्सना अर्याल, प्रल्हाद केसी र अर्जुन ढुङ्गेल चुनिएका छन् ।
युनियनको केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधिको नाम भने सार्वजनिक भएको छैन । केन्द्रमा २६ र प्रदेशमा २० प्रतिनिधि अधिवेशनका लागि नुवाकोटबाट सहभागि हुनेछन् । आन्तरिक विवदाका कराण प्रतिनिधिको नाममा टुङ्गो नलागेपछि नाम सार्वजनिक नभएको बताइएको छ ।
युनियनको सातौं जिल्ला अविधेशनको उद्घाटन नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले गरेका थिए ।

No comments:
Post a Comment