विदुर\
लोकतान्त्रिक चौतारामा एकदिने गएको साता रञ्जना लिपी कार्यशाला र क्याली जात्रा भएको छ । विदुर सिटी युथ क्लबको आयोजनामा भएको कार्यशालामा नेवार मात्रै नभई तामाङदेखि ब्राम्हण क्षेत्रीसम्मले सहभागिता जनाएका थिए । कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता थियो । १२० जनाले क्यलिग्राफीमा प्रत्यक्ष सहभागिता जनाएका थिए ।
नेपालमा १६ औं र १७ औं शताब्दीसम्म निकै प्रचलनमा रहेको रञ्जना लिपी महायानी बौद्ध धर्म मान्ने भारत, चीन, जापान, मंगोलियालगायत देशमा पनि प्रयोगमा छन् । नेपालमा पनि केही शिलालेख र अभिलेख र हाल कला विधामा पनि यसको प्रयोग बढ्दो छर । संयुक्त राष्ट्रसंघमा नेपालको लिपीमा दर्ता भएको रञ्जना लिपीको प्रवद्र्धनका लागि नुवाकोटमा एक दिने कार्यशालाको आयोजना गरिएको क्लबका अध्यक्ष सुनील श्रेष्ठले बताए । उनले भखैरै सम्पन्न छैठौं नुवाकोट महोत्सवको टाईटल पनि रञ्जना लिपीमै बनाएको जानकारी दिए ।
कार्यशालामा पृथ्वी मावि, स्पार्कल एकेडेमी, कल्याणकारी विद्या मन्दिर, नव जीवन मन्टेश्वरीका विद्यार्थी र शिक्षक शिक्षिका लगायतले सहभागिता जनाएका थिए । सेतो कागजमा रञ्जना लिपीका साधारण शब्द कोर्न सिकिरहेका विदुर नगरपालिका वडा नम्बर ४ का सदस्य बशन्त रिजाले मौलिक लिपीबारे सुने पनि त्यसबारे अध्ययन गर्न नपाएको बताए ।
रञ्जना लिपीले संस्कृति, परम्परा, धर्म र मौलिक पहिचानलाई झल्काउने भएको यसको लेखनलाई सिकाईको माध्यमबाट व्यवहारमा उतार्दै लैजाने र नुवाकोटमा मात्र नभई रसुवामा पनि प्रवद्र्धन गर्नुपर्ने कलाकार शशीकुमार डंगोलले धारणा राखे । लिपीको अध्ययनबाट घरमा प्रयोग गरिने धर्म ग्रन्थ, साधना र तथा गोप्य मन्त्रमा रहेका लिपीहरू सजिलै बुझ्न सकिने नेपाल लिपी गुथीका सचिव पवित्र कसासले बताए ।
कार्यशालामा कतिपय भने लेख्न मात्र नभएर बोल्न पनि सिकिरहेका थिए । कतिपयले मसी छोप्दै लेख्नुपर्ने झन्झट मानिरहेका थिए । पहिलो चरणको सुरुवात भएर लिपी लेखनको लागि कलमलाई साटो कुचोको ड़ाठलाई प्रयोग गरिएको गुठीका सचिव कसासले बताए । त्यस्तै, छैठौं नुवाकोट महोत्सवस्थलमा पनि रञ्जना लिपी क्याली जात्रा गरिएको क्लबका सचिव प्रदीपकुमार पण्डितले जानकारी दिए । क्याली जात्रामा नेपाल लिपी गुठीका उपाध्यक्षको समुहले महोत्सवमा आउने अवलोकनकर्ताहरूको नाम रञ्जना लिपीमा लेखेका थिए । रञ्जना लिपीमा लेख्न मिल्ने मोबाइल एप ‘रञ्जना स्क्रिप्ट’बाट नेपालमा प्रचलित पुरानो लिपी रञ्जनाको वर्णमाला सिक्न र रञ्जना लिपीमा लेखेर सामाजिक सञ्जालमा सेयर गर्न मिल्नेछ ।
कार्यशाला त्रिशुली सामाजिक क्लब, पिपलबोट समुह, न्यू स्पोर्ट्स ब्वाईज क्लब, कोलेनी थ्रीडी क्लब, नुवाकोट युनाईटेड फुटबल क्लब, दारी ग्याङ्ग, सामथ्र्य नुवाकोट, नुवाकोट जेसीज, र समृद्ध नुवाकोटको संयुक्त सह–आयोजनामा भएको हो ।

No comments:
Post a Comment