![]() |
तामाङ घेदुङद्धारा दुप्चेश्वर गाउँपालिका आयोजित सोनाम ल्होछार कार्यक्रम । |
सोनाम ल्होछार मुल समारोह समितिले माघ २९ गते बुधबार त्रिशुली कोलोनीमा आयोजन ागर्न लागेको बृहत्त सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
मञ्जुश्री संवत २८५६ औँ मुसा वर्ग सोनाम ल्होछार कोलनी स्थित थ्रिडि खेलमैदानमा आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा तामाङ समुदायबाट पदिय जिम्मेवारी वहन गर्न माथिल्लो तहमा पुगेका व्यक्तिहरूलाई सम्मान गरिने तामाङ घेदुङ नुवाकोटका अध्यक्ष जयमान वाइवाले जानकारी दिए । तउनले त्यस अवसरमा पुराना पुस्ताको कलालाई सम्मान गर्दै जिल्लाको विभिन्न भेगमा भुभागमा प्रचलित तामाङ सेलो, मेन्दोमायाको साथमा झाँकी प्रस्तुत गरिने बताए । उनले सम्पुर्णलाई तामाङ भेषभुषामा सजिएर आउन आह्वान गरेका छन् ।
यस्तै म्यागङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष एवं राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमका प्रबक्ता रुपबहादुर तामाङले व्यक्ति जुनसुकै राजनैतिक आस्था र सिद्धान्तमा भएता पनि आफ्नो संस्कृति जोगाउन एकजुट हुनुपर्ने बताए । विशेषगरी तामाङ घेदुङ जिल्ला र केन्द्रमा केन्द्रित भएकोले जिल्लाको प्रत्येक वडामा समिति बनाएर काम गर्न सकेमा ल्होछारलाई पहिचानको रुपमा विस्तार गर्न सहयोग पुग्ने उनको भनाई छ ।
नेपाल तामाङ घेदुङ नुवाकोट सहित विभिन्न १७ वटा सस्थाले संयुक्त रुपमा गर्न लागिएको उक्त कार्यक्रममा तामाङ खानालाई विशेष प्राथमिकता दिइने बताइएको छ ।
No comments:
Post a Comment