शर्मिला उप्रेती
विदुर\यौन व्यवसायका लागि भारतको विभिन्न कोठीहरूमा बन्धक बनाइएको नुवाकोटका ११ जनाको उद्धार भएको छ । यसरी उद्धार भरएको किशोरी तथा महिलाहरू अहिले सुरक्षित र संरक्षित रुपमा रहेको शक्ति समुह नुवाकोटले जनाएको छ । मानब ओसारपसार तथा आधुनिक दासताको बिषयमा शक्ति समुह नुवाकोटले जिल्लाका पत्रकारहरूसंग शुक्रवार गरेको अन्तरक्रिया उक्त तथ्य सार्वजनिक भएको हो ।
मानब ओसारपसारको चपेटामा नुवाकोट रहेको भन्दै शक्ति समुहले सञ्चारकर्मीहरूले यसको बिषयमा लेख्न आग्रह गरेको छ ।
पछिल्लो पटक उद्धार गरिएकाहरूमा १८ वर्ष भन्दा मुनी उमेर समुहका रहेको समेत बताइएको छ । उनीहरूको शारिरिक विकासका लागि पशुलाई खुवाउने औषधि सेवन गराइएको स्वास्थ्य परिक्षणबाट देखिएको छ ।
रोजगारी, अध्ययन तथा भ्रमणको बिभिन्न बाहना बनाउदै कलिला बालीकाहरूलाई ‘सेक्स ओर्कर’को रुपमा प्रयोग हुँदै आएको शक्ति समुहले जनाएको छ । चालु आर्थिक वर्षको अवधिमै नुवाकोटका ११ जनालाई उद्धार गरिएको तथ्याङ्कका आधारमा जिल्लाबाट मानव विक्रिको अवस्था भयावह रहेको बताइएको छ । उनीहरूलाई नेपाल फिर्ता ल्याइसकिएको छ । तर भारतको यौन बजारमा रहेको नेपाली महिला तथा किशोरीहरूलाई फिर्ता ल्याउन कानूननै परिमार्जन गर्नुपर्ने आबाज समेत उठेको छ ।
शक्ति समुहका केन्द्रिय तालिम तथा कानुन अधिकृत दिलिप कोईरालाले भारतको बिभिन्न स्थानबाट उद्धार गरिएका चेलीहरूलाई नेपाल ल्याउन कानूनी अड्चन रहेको बताए । दुई देश बिचमा रहेको संबैधानिक सम्स्याले सहज रुपमा नेपाली महिला तथा बालिकाहरूको उद्धारमा समस्या रहेको उनले बताए ।
शक्ति समुह नुवाकोटका जिल्ला अधिकृत सम्झना प्रसाईले समस्यामा परेपनि फिर्ता हुन नचाहने र परिवारिक सहयोग नहुने गरेको बताएका छन् । पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जिल्लाका पत्रकारहरू मानव विक्रि जस्तो जघन्य अपराधको विरुद्धमा निरन्तर सक्रिय रहेको बताए । उनले यस विधिमा समाचार लेख्दै आएका पत्रकाहरूको क्षमता विकास र प्रोत्साहका लागि यस क्षेत्रका काम गर्ने सरकारी तथा गैर सरकारी निकायहरूले विशेष कार्यक्रम ल्याउदा समुदायमा लाभ मिल्ने बताएका छन् ।
मानव विक्रको दृष्टिबाट बढि प्रभावित देखिएका नुवाकोटको दुप्चेश्वर गाउपालिकाका सबै वडा, तादी गाउपालिकाको २ नम्बर वडा, पञ्चकन्याको गाउँपालिकाको वडा नं. ४ र शिवपुरी गाउँपालिकाको वडा नं. १ मा शक्ति समुहले दासता र गरिबी विरुद्ध सामुदायिक नेतृत्व बिकासका कार्यक्रम सञ्चालन गरेको छ ।
![]() |
शक्ति समुह नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रम । तस्बिरःजालपान्युज |

No comments:
Post a Comment