सम्पदा संरक्षणमा उदासिनता
२०७२ सालको विनाशकारी भुकम्पका कारण नुवाकोट जिल्लाको ऐतिहासिक तथा पुरातात्विक सम्पदा र धरोहरहरू खण्डहर बनायो । नुवाकोटको पहिचानसंग जोडिएको सम्पदा संरक्षण, मर्मत, पुननिर्माणका लागि समय बित्दै गएसंगै सरोकारवालाहरूको चासो हराउदै गएको छ । नागरिकसमाजदेखि यस विषयमा सरोकार राख्नेहरूसम्मले देखाएको उदासिनताका कारण नुवाकोटको साततले दरवार लगायतका भौतिक संरचनाको पुनर्निमाण गतिशुन्य जस्तै बनेको छ । चीन सरकारले पुन निर्माणको जिम्मा लिएको साततले दरवार र तुलजा भवानीको मन्दिरको काम लामो समयदेखि रोकिएको छ । चार महिना अघि चीनमा सुरु भएको ल्होछारका कारण कामदारहरू स्वदेश फर्किएपछि रोकिएको कामलाई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको आतंकले झन् प्रभाव पारेको छ । भाइरसका कारण चीनले ब्यहोरेको चौतर्फी समस्या र हैरानीलाई विश्व समुदायले साथ दिएका छन् । यस अवस्थामा नुवाकोटको ऐतिहासिक र पुरातात्विक सम्पदा निर्माणको गतीको लेखाजोखा गरेर टिप्पणी गर्नु सान्र्दभिक देखिन्न । तैपनि कुनैनकुनै कारण र बहानामा निर्माणमा रोकिएको गतीलाई सुचारु गर्नका लागि जिल्लाका सरोकारवाला निकाय तथा नागरिक समाज अग्रसर हुने बेला भएको छ । दुई वर्षदेखि फलामका डण्डी र जस्तापाताले बेरिएको दरवार, तुलजा भवानी मन्दिरको मर्मत÷निर्माण समयमै नहुँदा त्यसबाट उत्पन्न हुने विनाशको विषयमा चर्चा र अनुमान गर्ने बेला भइसकेको छ । अबको केही महिनामै सुरु हने वर्षायामले यो पटक ति सम्पदाहरूमा ठूलै क्षती पु¥याउन सक्नेछ । ति भवनहरूको कत्तिपय स्थानहरू मर्मतका लागि खुल्ला राखिएको छ भने पर्खाल तथा छानोहरू मर्मत गर्दागर्दै खुल्ला छाडिको छ । अबको बर्खायामममा पर्ने पानीका कारण त्यहा पुग्ने क्षति रोक्नका लागि जिल्लावासीले नै पहलकदमी उठाउनु जरुरी छ ।
नुवाकोट जिल्लाका अन्य ऐतिहासिक सम्पदाहरूको निर्माणको अवस्था पनि उस्तै उस्तै देखिएको छ । नुवाकोटको भैरबी मन्दिर, कविलासको कपिलेश्वर महादेवको मन्दिर, ककनीको बशन्ती दरवार लगायतका सम्पदा र ऐतिहासिक संरचनाको पुननिर्माणमा धिमा गती छ । वर्षैदेखि निर्माणकै चरणमा देखिइरहने यि सम्पदाहरूका कारण नेपाल भ्रमण वर्षमा नुवाकोट आइपुग्ने पर्यटहरूको मन प्रफुल्ल पार्न सकेको छैन । पुरातत्व विभाग मार्फत् स्थानीयहरूले नै निर्माणको जिम्मा लिएको कामलाई अब थपिएको समयमै सम्पन्न गर्नका लागि र भ्रमण वर्षलाई बढि प्रभावकारी पार्नका लागि द्रुत गतीमा काम गर्नका लागि नागरिक स्तरबाट दवाव दिनु जरुरी देखिएको छ । अन्यथा सचेत नागरिकहरूको बाहुल्यता रहेको नुवाकोटमा देखिएको उदासिनताका कारण भ्रमण वर्षको लाभ जिल्ला र जिल्लावासीले उठाउन सक्ने छैन ।

No comments:
Post a Comment