बट्टार\नुवाकोट, रसुवा र धादिङ्गको अग्रणी क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३४ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न सम्पन्न भएको छ । क्याम्पस परिषरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व पराराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले शिक्षा समाज परिवर्तनका लागि नभई नहुने स्थायी साधन भएको प्रमाणित भई सकेकोले पुनः प्रमाणित गर्न नपर्ने कुरामा जोडदिए ।
उनले शिक्षाले नै समाज परीवर्तन गर्न सकिने भएकोले युग अनुसारको सूचना सञ्चार तथा प्रबिधिको प्रयोग गरी शैक्षिक स्तर माथि उठाउनु पर्ने कुरामा जोड दिएका छन् । नेपालमा भर्खर भर्खर कम्प्युटर शिक्षा र कम्प्युटर प्रणालीको सुरुवात भएको अवस्थालाई स्मरण गर्दे केही वर्ष पहलिा नै भारतीय राजदुतावासको सहयोगमा उक्त क्याम्पसमा भवन सहित कम्प्युटर लाईब्रेरीको लागि आफुले निर्माण गराएको बताए । ‘म मन्त्री नै भइराख्नु पर्दैन नुवाकोट जिल्ला र यस क्याम्पसको विकासका लागि, पदमा हुदाँ वा नहुदाँ जतिबेला पनि भौतिक तथा शैक्षिक क्षेत्रको बिकासका लागि सक्दो सहयोग रहिरहने छ’ डा. महतले भने ।
कार्यक्रमका विशिष्ठ अतिथि तथा प्रतिनिधि सभाका सदस्य एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामा तामाङले जुनसुकै क्षेत्रमा गुरु योजना बनाएर कार्य गर्दा सफल हुने भएकोले नुवाकोटको शैक्षिक धरोहरको रुपमा रहेको यस क्याम्पसको बिकास शैक्षिक श्रोत केन्द्रको रुपमा बिकास गरी अघि बढ्नु पर्ने कुरामा जोड दिए ।
यस्तै, कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाल प्राध्यापक संघका निवर्तमान अध्यक्ष रामेश्वर उपाध्यायले क्याम्पसको शैक्षिक योगदानको चर्चा गर्दै क्याम्पसको शैक्षिक भौतिक बिकासमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । नेपाली काँग्रेस नुवाकोटका पुर्व सभापति ध्रुव अधिकारीले ऐतिहासिक बट्टार क्याम्पसलाई उत्कृष्ठ शैक्षिक गन्तब्यको रुपमा बिकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सभापति तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले देश भरीको क्याम्पसमध्ये ४५ क्याम्पसहरू छनोटमा ४३ स्थानमा उक्त क्याम्प्स छनोट भएको र क्याम्पसको शैक्षिक तथा भौतिक गुणस्तर अभिबृद्धिका लागि बिभिन्न निकायहरूसंगको समन्वय तथा सहयोगमा गरेका प्रयासहरूको बारेमा जानकारी गराए । उनले आगामी दिनमा क्याम्पसलाई उत्कृष्ठ शैक्षिक थलोको रुपमा बिकास गर्न क्यूएए अर्थात् गुणस्तर सुनिश्चितताको प्रत्याभुतिका प्रमाण पत्र यसै वर्ष प्राप्त गरी क्याम्पसलाई देशको नमुना क्याम्पस बनाउने बताए । उनले गएको असारको ७ देखि ९ गते सम्म क्याम्पसमा क्यूएएका लागि प्रिभिजिट सम्मन्न भईसकेको र प्रिजिटले औल्याएका सुझावहरू छिटै कार्यान्वयन गरी अन्तिम भिजिटका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । क्याम्पसका संस्थापक शिवप्रसाद गजुरेलले क्याम्पसको शैक्षिक आरोह अवरोहका बारेमा चर्चा गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई क्याम्पसको विकासमा र क्यूएए प्राप्त गर्नका लागि एक जुट भएर लाग्न अपिल गरेका छन् ।
क्याम्पसका सञ्चालक समितिका सदस्य निवर्तमान तथा विदुर नगर पालिकाका पुर्व कार्यकारी प्रमुख लिलानाथ न्यौपानेले पनि क्याम्पसको शैक्षिक गतिबिधिको चर्चा गर्दै सरोकारवालाहरूलाई क्याम्पसको विकासमा र क्यूएए प्राप्त गर्नका लागि एक जुट भएर लाग्न अपिल गरे । क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले आर्थिक वर्ष २०७६।७७ सालको २ करोड ८१ लाखको आयब्यय र आब २०७६।७७ को अनुमानित ४ करोड ६८ लाख रुपैयाँको बजेट पेश गरे । पूर्व क्याम्पस प्रमुख नारायणमान डंगोलले क्याम्पसको समग्र उत्तरचढावको चर्चा गर्दै क्याम्पसको बिकासमा कसैले रोक्न नसक्ने र सबैको सहकार्यमा हरेक प्रगती सम्भव हुने कुरा उल्लेख गरेका छन् । पब्लिक क्याम्पस प्राध्यापक संघका जितेन्द्र अर्यालले पेशागत हकहितमा सदैव लाग्ने तथा प्राध्यापकहरूले आफ्नो दायित्व निर्वाह गर्न चुक्न नहुने बताए ।
कार्यक्रममा लिखु गाउँपालिका वडा नं. ३ का रुकुमणी सेढाईका प्रतिनिधि तथा क्याम्पसका संस्थापक एवं सञ्चालक तर्कराज सिलवाल ले स्वर्गिय सान्नानी सिलवालल असाहय गरीब तथा जेहेन्दार बिद्यार्थी अक्षय कोषबाट असाहय गरीब तथा जेहेन्दार २ जना बिद्यार्थीहरू श्रीराज पाण्डे र योजना अधिकारीलाई जनही पाँच् पाँच हजारका दरले छाज्ञवृीत्त प्रदान गरे । स्वर्गिय बलबहादुरभक्तकुमारी प्याकुरेल स्मृति उत्कृष्ठ बिद्यार्थी सम्मान पुरस्कार अक्षय कोषका संरक्षक नानीकाजी प्याकुरेलले असाहय गरीब तथा जेहेन्दार ५ जना बिद्यार्थीहरू ज्योती भुजेल, प्रकृती अधिकारी, निर्जला भट्ट, बिशाल घिमिरे र श्रीजन रिजाललाई जनही दुई÷दुई हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरे । सिलबाल समाजको तर्फबाट हरेक बर्ष झै यस वर्ष पनि कोषका संस्थापक सुरज सिलबालले पञ्चमाया तामाङ र भगवती तिमिल्सिनालाई दुई हजार पाँच् सय रुपैयाँको दरले छात्रबृत्ति प्रदान गरेका थिए ।
सानिमा बंैक विदुर शाखाका प्रबन्धक भोलाराज पन्तले हरेक बर्ष २ जना बिद्यार्थीका लागि लाग्ने सम्र्पूण किताब, कापी स्टेशनरी लगायत क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क समेत प्रदान गर्दै आएकोमा क्याम्पसको तर्फबाट सम्मान गरिएको थियो । प्रभु बैंक बट्टार शाखाका प्रबन्धक दिपक सिंखडालाई क्याम्पसका फुटबल खेलाडीलाई जर्सी उपलब्ध गराए बापत पनि सम्मान गरियो ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गीता अमात्य, होटल ब्यावसायी संघ बागमती प्रदेशका अध्यक्ष तथा नुवाकोट उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती, नेपाल शिक्षक संघ नुवाकोटका पुर्व अध्यक्ष श्री सापकोटा, क्याम्पसका पुर्व स्वबियु सभापति लक्ष्मण श्रेष्ठ, अनेरास्वबियुका अध्यक्ष बिष्णुहरि रिमाल सत्य, नेविसंघका अध्यक्ष अनिल ढकाल, अनेरास्वबियु क्रान्तिकारीका अध्यक्ष राजेन्द्र पनेरु लगायतले मन्तब्य राखेका थिए ।
सो अवसरमा उत्कृष्ठ अभिभावक तथा बिभिन्न बिधामा राष्ट्रिय स्तरमा उत्कृठ बिद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने शैक्षिक सत्र २०७५ मा क्याम्पस टप गर्ने, बिभिन्न संकायमा प्रथम, द्धितीय तथा तृत्तिय र अतिरिक्त कार्यक्रममा उत्कृष्ठ बिद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

No comments:
Post a Comment