विदुर\वितेको पाँच महिनाको अवधिमा नुवाकोट जिल्लाबाट ४२ जना हराएका छन् । त्यसमा अझै १४ जनाको पत्ता लागेको छैन । नुवाकोट प्रहरीको तथ्याङ्क अनुसार ४२ जना हराउदा २८ जना मात्रै फेला परेको छ । यसरी ठूलै संख्यामा हराउने र फेला नपर्नेको कारणमा घरका परिवारले भेटेपछि प्रहरीलाई जानकारी नगराउनु पनि एक मुख्य कारण रहेको बताइएको छ ।
बितेको पाँच वर्षको अवधिलाई हेर्ने हो भने चाँहि ६३७ हरारएकोमा ८८ जना अहिलेसम्म वेपत्ता छन् । आदिवासी जनजातीको समुहमा पर्नेहरु हराउनेको सूचीमा बढि छन् । त्यस्तै अन्य समुहबाट कमै मानिस हराएको सरकारी तथ्याङ्क छ ।
नुवाकोटबाट चालु आवको मङ्सिरमसान्तसम्ममा ४२ जना हराएको छ । प्रहरीको तथ्याङ्क अनुसार हराएकामा महिला बढी रहेका छन् । हराउनेमा महिला ३६ जना रहेका छन् भने २ बालक र ४ बालिका जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार हराएका मध्ये प्रहरीद्वारा ५, आफन्तले खोजी गरि पत्ता लगाएकोमा १५ र आफै घर फर्केकोमा ७ जना छन् । अझैं १२ महिला, १ बालक र १ बालिका नभेटिएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार आव २०७१÷७२ देखि २०७६÷७७ सम्मको छ वर्षमा ६३७ जना हराए । दुई नगरपालिकाबाट १६२ र १० गाउँपालिकाबाट ४७५ जना हराए । विदुर नपाबाट ८५ र बेलकोटगढी नपाबाट ७७ जना हराए ।
गाउँपालिकाहरू ककनीबाट ३५, किस्पाङबाट ४५, तादीबाट ६५, तारकेश्वरबाट ३५ र दुप्चेश्वरबाट ७०, पञ्चकन्याबाट ८१, लिखुबाट ४५, म्यागङबाट ३५, शिवपुरीबाट ३४ र सुर्यगढीबाट ३० जना हराएका थिए । हराएकामध्ये ३८० महिला, ४७ बालक र १२२ बालिका मात्रलाई फेला पार्न सफल भएको प्रहरीले जनाएको छ । तथ्याङ्क अनुसार हराउनेमा बढी मात्रामा १९ देखी ३० वर्ष उमेर समूहका युवायुवतीहरू २२० जना रहेका छन् । १८ वर्षसम्मका १८०, ३१ देखी ५० वर्षसम्मको १८७ र ५१ देखी ७० सम्म ५० जना छन् ।
जातीयको आधारमा हराउनेमा जनजाती २४५, दलित १८३, क्षेत्री, ९८ ब्राहमण ७६ र अन्यमा ३५ जना रहेका छन् । त्यस्तै, सामाजिक सञ्जालको विकृतीबाट हराउनेमा १६१ जना बढी रहेको छ भने ११७ जना साथीको संगतमा लागेर घर छाडेका छन् । प्रहरीले गत आर्थिक वर्ष २०७५÷०७६ मा १५२ जना हराएकोमा १०३ महिला, १३ बालक र ३६ बालिका हराएको जनाएको छर । हराएकामध्ये ९७ महिला, १३ बालक र ३४ बालिकालाई फेला पारी प्रहरीले परिवारलाई बुझाएको थियो भने ६ महिला र २ बालिका अझैं बेपत्ता छन् ।
No comments:
Post a Comment