Sunday, March 22, 2020

द्धन्द्धमा नुवाकोटका ४३ वेपत्ता

विदुर\बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले नुवाकोट जिल्लाबाट सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका ४३ जनाको नाम प्रकाशित गरेको छ । नुवाकोट रेडक्रससित भने २३ जनाको मात्रै सूची छ । तत्कालीन बिद्रोही नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आएको १३ वर्षपछि मात्रै राज्य पक्ष र तत्कालिन विद्रोहीबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो । 
नुवाकोटका साविकको विभिन्न गाविस र बेपत्ताहरूको नाम आयोगले प्रतिवेदन मार्फत् सार्वजनिक गरेको छ । (हे. सूची) 
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले विस्तृत छानबिनका लागि देशैभरिबाट २ हजार ५०६ वटा उजुरलाई छनौट गरेको छ । छनौट गरिएका उजुरीहरूको विस्तृत छानबिन थालिने आयोगका प्रवक्ता तथा सह–सचिव ईश्वरीप्रसाद ढकालले जानकारी दिएका छन् । आयोगमा कुल ३ हजार १९७ वटा उजुरी परेको थियो । त्यसमध्ये केही उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेर दोहोरो लगत कट्टा गरिएको र तामेलीमा रहेका उजुरी हटाएर २ हजार ५०६ उजुरीलाई भने विस्तृत अनुसन्धानका लागि आयोगले छनोट गरेको हो ।
आयोगका प्रवक्ता ढकालले राज्य र विद्रोही पक्षबाट ती व्यक्तिहरूलाई बेपत्ता पारेको भन्दै उजरी परेको बताए । उजुरीमा उनीहरूको खोजीका लागि माग गरिएको छ । यससँगै वेपत्ता पार्न संलग्नहरूलाई छानबिन गरी कारबाहीको लागि माग गरेका छन् । भदौ १३, २०७६ मा अन्तराष्ट्रिय बेपत्ता दिवसको अबसरमा नेपाल रेडक्रस सोसाइटी नुवाकोटले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको सूचीमा (हे. तस्बिर) २३ जना मात्रै छन् । वेपत्ताहरूको खोजीका लागि नुवाकोट रेडक्रसमा निवेदन परेकोहरूको मात्रै उक्त सूची रहेकोले संख्या २३ रहेको कोषाध्यक्ष श्रीराम पाण्डेले बताएका छन् । 
१. अर्जुन पोखरेल, महाकाली
२. अर्जुनबहादुर पाण्डे ठकुरी, सुनखानी
३. अर्जुनलाल श्रेष्ठ, सुन्दरादेवी
४. उदयप्रसाद सेढाई, सुर्यमती
५. कृष्णबहादुर तामाङ, महाकाली
६. केशवप्रसाद तिमिल्सिना, सुर्यमती
७. कौशल्या पोखरेल, महाकाली
८. तारा भण्डारी, थानसिंग
९. दामोदर भण्डारी, थानसिंग
१०. दीपबहादुर खड्का, कल्याणपुर
११. नमराज रिमाल, गेर्खु
१२. पूर्णबहादुर तामाङ, बेल्कोट
१३. प्रकाश ढुङ्गेल, कुमरी
१४. प्रकाश तामाङ, थप्रेक
१५. बद्रीप्रसाद पुडासैनी, जिलिङ्ग
१६. भरतप्रसाद घिमिरे, थानापती
१७. माइला दर्जी नेपाल, नर्जामण्डप
१८. मोहनराज गिरी, हल्देकालिका
१९. युद्धनाथ नेपाल, बागेश्वरी
२०. रत्नप्रसाद पनेरु, विदुर
२१. रवि तामाङ, मनकामना
२२. रवि डंगोल, सामरी
२३. राजन डंगोल, सामरी
२४. राजु ढुङ्गेल, कुमरी
२५. राजेन्द्र थापा, लिखु
२६. राजेन्द्र लामिछाने, भद्रुटार
२७. रामचन्द्र भण्डारी, थानसिंग
२८. रामजी रेग्मी, कल्याणपुर
२९. रामप्रसाद रिमाल, गो¥स्याङ
३०. रामेश्वर मुडवरी, कुमरी
३१. लछुमनप्रसाद भट्ट, चारघरे
३२. लेखनाथ पौडेल थानसिंग
३३. लोकबहादुर अधिकारी, लच्याङ
३४. विफुल स्याङ्तान, थानापती
३५. श्याम लोहनी, थानापती
३६. श्यामबहादुर बोहोरा, विदुर
३७. सन्तोष अधिकारी, बागेश्वरी
३८. सरोज अधिकारी, नुवाकोट
३९. सितादेवी रिमाल, खड्गभञ्याङ
४०. हरिबहादुर नेपाली, तारुका
४१. हिराबहादुर रोक्का, ककनी
४२. हुकुमबहादुर गुरुङ्ग, सिक्रे
४३. होमनाथ न्यौपाने, चौघडा

No comments:

Post a Comment