सडकको धुलोमा ध्यान दिउ
सामान्यताया योजना तथा पूर्वाधार बिस्तारसंगै स्थानीयको दैनिकी र जीवनयापन सहज हुनेगर्दछ । तर यस्ता योजना र पूर्वाधार निर्माणको क्रममा निस्कने बिकार तथा धुलोमैलो र छारो नियन्त्रणमा सावधानी नअपनाउँदा नुवाकोटमा पर्यावरण र जनस्वास्थ्य गम्भीर असर हुन पुगेको छ ।
दर्घिकालिन हित र सुविधाका लागि पछिल्लो समय नुवाकोट जिल्लामा पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत करोडौं लगानीका सडक तथा खानेपानी योजना निर्माणको क्रममा रहेको छ । तर पूर्वाधार निर्माणको क्रममा स्थानीय जनजीवनमा तत्काल र प्रत्येक्ष असर गर्ने धुलोमैलो तथा छारो नियन्त्रणमा सम्बन्धित निकाय उदासिन बन्दा नुवाकोटमा स्थानीय पर्यावरण र जनस्वास्थ्यमा प्रत्येक्ष असर परेको छ ।
बिशेषगरी जिल्लामा हाल निर्माणाधिन बिदुर खानेपानी आयोजनाको पाईपलाईन बिस्तार तथा मध्येपहाडी लोकमार्ग अन्तर्गत छहरे–ढिकुरे–गंगटे सडक लगायत स्तरोन्नतीको क्रममा रहेको पासाङल्हामु सहायक मार्ग अन्तर्गत बालाजु–त्रिशुली सडक र गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजनाजस्ता पूर्वाधार निर्माणमा यस्ता समस्या चर्को पाईएको छ ।
सामान्यतया निर्माण स्थलमा दैनिक एकदुई पटक पानी छरेर सजिलै धुलोमैलो तथा छारो नियन्त्रण गर्न सकिने भए पनि निर्माण पक्षले मुनाफामा बढी जोड दिने र नियामक तथा सरोकारवाला निकायले नजर अन्दाज गरेका कारण नुवाकोटमा अहिले पूर्वाधार निर्माणसंगै आम सर्वसाधारणले हैरानी र सास्ती खेप्नु परेको छ । यस तर्फ तुरुन्तै ध्यान दिनु जरुरी देखिएको छ ।
No comments:
Post a Comment