विदुर\बागमती प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपी किशोर कुमार दाहाल गएको सोमवार नुवाकोटमा माईक्रोबसहरूमा लागू ब्यानर टाँग्दै गरेको भेटिए । लागूऔषध दुव्र्यसनी विरुद्ध नेपाल प्रहरीले थालेको साताव्यापी अभियान अन्तर्गत पहिलो दिन ‘स्वस्थ्य, सवल र समृद्ध नेपालको प्रतिवद्धता, लागूऔषध अपराध विरुद्धको ऐक्यबद्धता’ जस्ता नारा लेखिएका ब्यानरहरू टाँग्दै गरेको दृश्य यात्रुले अनौठोसँग हेरे ।
यस अभियानलाई साथ दिँदै थिए स्थानिय नागरिक अगुवा, विद्यार्थी, जनप्रतिनिधिहरू, नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अविनारायण काफ्ले, जिल्ला समन्वय समिति नुवाकोटक उपप्रमुख अप्सरा थापा सहित, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डित, विदुर नपाका प्रमुख प्रशासकिय अधिकृत सुदेबकुमार पोखरेल । यसक्रममा उनले दर्जनजति बसमा दुव्र्यसनी विरुद्ध जनचेतनामुलक ब्यानरहरू टाँग्न भ्याए भने यस अभियानमा सहयोग गर्न यात्रुदेखि सबै सरोकारवालाहरूसँग अपिलसमेत गरे । बागमती प्रदेश प्रहरी कार्यालयको ‘क्लिन बागमती’ प्रदेश अभियान अन्र्तगत गएको सोमबार नुवाकोटबाट सुरु भएको लागुऔषध ओसारपसार तथा दुव्र्यसनी विरुद्धको साताव्यापी अभियानलाई वागमती जिल्लाका १३ वटै जिल्लामा व्यापक रुपमा सञ्चालन गरिएको जानकारी दिँदै निमित्त प्रमुख तथा एसएसपी किशोर कुमार दाहालले अभियान सार्थक बनाउने घोषणा गरे ।
बागमती प्रदेश अन्तर्गतका नुवाकोट, मकवानपुर, धादिङ, चितवन, सिन्धुली लगायतका केही जिल्लाहरूमा गाँजा र अफिमको खेती व्यापक रुपमा फस्टाइरहेको प्रहरीको आँकडाले देखाएको छ । त्यससँगै लागु औषधको सेवन, अबैध ओसारपसार र कारोबार पनि उच्च रहेको बागमती प्रहरी निमित्त प्रमुख दाहालको निष्कर्ष छ । ‘बागमती प्रदेश ‘लागू औषधविरुद्ध सबै सचेत बनौँ र यसको नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गर्दै वागमती प्रदेशलाई लागु पदार्थ मुक्त बनाउने अभियान नै चलाएका हौँ’, एसएसपी दाहालले भने । अहिले किशोर किशोरी अथवा बिद्यालयका बिद्यार्थी यसको लतमा फसेको अनुसन्धानको क्रममा देखिएको हुँदा युवायुवती जानेर वा नजानेर लागू औषधको दलदलमा फस्दै गएको देखेर लागू औषध प्रयोग निर्मुल पारिने नुवाकोट प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेको दाबी छ । उनले भने– ‘लागू औषध प्राप्तिकै लागि उनिहरूले चोरी, लुटपाट, हत्या बलात्कार गर्ने गरेको पाईएको छ ।’ अहिले विशेष अभियानको रुपमा सामुहिक रुपमा प्रतिवद्धता गर्दै गाउँ टोल हुदै निर्मुल पार्ने कार्य थालेको बताउदै यो सुरुवात भएपनि अन्त्य नभएसम्म निरन्तर रुपमा लाग्ने उनको प्रतिवद्धता छ ।
चालू आबमा अपराध बढी
विदुर\नुवाकोटमा आर्थिक वर्ष २०७३÷७४ मा लागू औषधको मुद्दामा ३ जना पक्राउ परेका थिए । त्यसबेला दुई वटा मुद्दा रहेको थियो । वितेको तीन आर्थिक वर्ष र हालको आर्थिक वर्षको तुलना गर्ने हो भने यो वर्ष लागू औषधको मुद्दा ह्वात्तै बढको छ ।
चालु आर्थिक वर्षको साढे आठ महिनामै सात वटा मुद्दा प्रहरी कार्यालयमा छ । त्यसमा १३ जना समातिसकेका छन् भने एक जना फरार छन् । त्यस्तै, आर्थिक वर्ष २०७४ ७५ मा २ वटै मुद्दामा ७ जना पक्राउ गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय नुवाकोटले सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा ३ वटा मुद्दामा ६ जना पक्राउ परेको नुवाकोट प्हरी प्रमुख अभिनारायण काफ्लेले बताए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकामा ११ वटा, बेलकोटगढी नगरपालिकामा एउटा, ककनी गाउपालिकामा दुईवटा १४ वटा मुद्दा अहिले अनुसन्धानमा छ ।
यसै बीच, लागू औषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण सम्वन्धी साताव्यापी अभियान नुवाकोटमा सकिएको छ । ‘स्वस्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता, लागू औषध अपराध
विरुद्धको ऐक्यवद्धता’ भन्ने नारा सहित सञ्चालित लागू औषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण सम्वन्धी साताव्यापी अभियान अन्तर्गत रहेर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, विदुर नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रुपमा गएको सोमबार पहिलो दिन प्रभातफेरी कार्यक्रम गरिएको थियो ।
प्रभातफेरीमा सहभागिहरूले सुन्दर जीवनको रहर, लागू औषध दुरुपयोग असरबारे नबनौँ बेखवर, लागू औषध कारोवार एक पाप, यसले दिन्छ समाज र प्रियजनको घृणा र सन्ताप, स्वच्छ जीवन उच्च विचार, लागु औषधको गरौँ बहिस्कार गरौँ जस्ता वाक्यंशहरू लेखिएको प्लेकार्ड लिएका थिए ।
त्यस अवसरमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले लागू औषध दुव्र्यसन तथा ओसारपसार जस्ता अवैध क्रियाकलापमा आफ्नो सन्तानलाई सम्लग्न हुनबाट जोगाउने मुख्य भूमिका अभिभावकको रहेको बताए । प्रभातफेरी पछि आयोजित कोणसभालाई सम्वोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उपप्रमुख गीताकुमारी दाहाल, नेकपा नुवाकोटका प्रतिनिधि बुद्धिबहादुर प्रधान, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित लगायतले लागु औषध दुव्र्यसन तथा ओसारपसार हुने स्थानको पहिचान गरि कानुनी उपचारमा लाग्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सिंगो देश लागु औषध दुव्र्यसन तथा ओसारपसार मुक्त समाज निर्माण नभएसम्म यस्ता अभियानहरू सञ्चालन भइरहने बताए । नुवाकोट प्रहरी प्रमुख अविनारायण काफ्लेले पछिल्लो समय नेपालमा लागू औषध दुव्र्यसन तथा ओसारपसार जटिल समस्याको रुपमा रहेको बताए । हात हतियार कारोवार पछिको दोश्रो ठूलो अवैध कारोवारको रुपमा लागू औषध दुव्र्यसन तथा ओसारपसार लाई लिने गरिएको भन्दै उनले युवा शक्तिहरू अवैध क्रियाकलापमा लाग्ने गरेकोमा चिन्ता व्यक्त गरे ।
No comments:
Post a Comment