विदुर\संसारकै जेष्ठ नागरिक दावी गरिएको ककनी गाउँपालिकाका बाटुली लामिछानेलाई बागमती प्रदेश सासंद बद्री मैनालीले २५ हजार रुपैयाँ नगद प्रदान गरेका छन् ।
सासंद मैनालीले नियमित सहयोग अन्तर्गत लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उनले मासिक ५ हजारका दरले लामिछानेलाई सहयोग गर्ने घोषणा गरेका थिए । अन्तरराष्ट्रिय श्रमिक नारी दिवसको दिन उनले एक कार्यक्रमका बीच लामछिानेकलाई रकम हस्तान्तरण गरेका हुन् । थानसिंग आपचौरका ११८ बर्षिया बाटुली लामिछानेलाइ आफु पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने उनले घोषणा गरेका छन् ।
No comments:
Post a Comment