प्रितिका थापा
नुवाकोट दरवार\नुवाकोटको भैरवी मन्दिर परिसरमा तेश्रो कुमारी पुजा २०७६ सम्पन्न भएको छ । कुमारी पुजामा पुर्व प्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएका थिए । त्यस अवसरमा उनले संस्कृति संरक्षणका लागि नागरिक र सकरका बरोवरी हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए । उनले पहिचान गराउने संस्कारको बिकाश संरक्षण तथा कुप्रथाको परिबर्तन गर्नुपर्ने बताए ।
पृथ्वीनारायण शाहको एकीकरणका कारण नेपाल र नेपाली भएर यहाको कला धर्म संस्कृति र भाषमा गर्व गर्न पाएको बताउदै यी राष्ट्रिय धरोहरको सबै मिलेर संरक्षण गर्नुपर्ने खनालले बताए ।
संघिय सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटका पर्यटकीय तथा धार्मिकक्षेत्रको अबलोकन भ्रमणका लागि काठमाडौंका जनप्रतिनिधि तथा कुमारी पुजामा उपस्थिती सबै सरोकारवाला पक्षहरूलाई आग्रह गरेका थिए । काडमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले नेपाल सरकारले बिकास निर्माणको कामसँगै पर्यटकीय, धार्मिक सम्पदाको क्षेत्रमा निकै बिकास गरेको बताए ।
बागमती प्रदेश सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, सांसद केशवराज पाण्डेले धर्म र संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धमा आफु लागी पर्ने बताए । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, नेताहरू राजु नापित, बिरेन्द्रकुमार शाही लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमको आयोजना ह्युमत महिला समुह काठमाडौ नेपालले गरेको हो । ह्युमत महिला समुह काठमाडौं नेपालको विभिन्न स्थानमा विराजमान रहेको जिवित देवी कुमारीहरूको अवस्थाको बारेमा राज्यलाई जनकारी गराई उचित संरक्षण र सम्बद्र्धनको लागी पहल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको समुह काठमाडांैका अध्यक्ष मचानानी महर्जनले बताए । समुहले नेपालको विभिन्न स्थानमा रहेको जिवित देवि कुमारीहरू रहेको स्थानमानै भक्तजनहरूका साथ २०७० साल देखी पुजा सुरु गरेको बताएको छ । यो समुहले २०७३ मा दोश्रोपटक पुजा गरेको थियो ।
समुहले माघ ११ मा उपत्यकाको ८ जिवित देवी कुमारीहरूको पुजा सम्पन्न गरी नुवाकोटको कुमारीको पुजा गरेको हो । पुजाकालागि काठमाडौ बाट झण्डै ७ सय जना भक्तजनहरू नुवाकोट आएका थिए ।
नेपालमा नुवाकोट कुमारी सहित बसन्तपुर कुमारी, मखन कुमारी, किलाघल कुमारी, तोखा कुमारी, साँखु कुमारी, भक्तपुर कुमारी, साँखु कुमारी, पनौती कुमारी, बुंगमती कुमारी, ललितपुर कुमारी र आजिवन कुमारीलाई जिवित देवी कुमारीको रुपमा पुँजिदै आएकोे छ ।
नुवाकोटकी जिवित देवी कुमारी इतिहास
रिना खनाल
विदुर\नेपालको इतिहासमा नुवाकोटको विशिष्ट स्थान छ । सयौं वर्षअघि देखिको आफ्नै सम्पदा, कला संस्कृतिमा धनी रहेको ऐतिहासिक स्थल हो, नुवाकोट । ऐतिहासिक सम्पदाले भरिपूर्ण, साँस्कृतिक धरोहर तथा पुरातात्विक महत्वका स्थलहरूले सजिएको नुवाकोट आफैंमा दर्शनीय त छ नै यसलाई विश्व समुदायमाझ चिनाउन सकियो भने काठमाडौं आउने कुनै पनि पर्यटक नुवाकोट भ्रमण नगरी फर्किने छैन । यहाँको मौलिक कला, संस्कृति एवं दर्शनीय स्थलहरूको आकर्षणले पक्कै मुग्ध बनाउने छ ।
नुवाकोट कला र संस्कृतिको धनी जिल्ला भनेर चिनिन्छ–तीमध्ये एक हो कुमारी । हामी कुमारी भन्ने बित्तिकै नेपालको राजधानी काठमाडौंको बसन्तपुरमा रहेको जीवित कुमारीलाई मात्र बुझ्ने गर्छौं । यहाँकी कुमारी राजकीय मानिन्छिन् । कुमारीबाट प्रसाद ग्रहण गर्न राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च ओहोदाका व्यक्तिहरू पुग्छन् । तर यति मात्र होइन, नेपालका विभिन्न स्थानमा जीवित देवीस्वरूपा कुमारी रहेका छन् । कति लोपोन्मुख भए भने कतिपय स्थानमा अहिले पनि अस्तित्वमै छन् । त्यस्तै, नुवाकोट मण्डला (दरबार क्षेत्र)का जात्राहरूमा कुमारी नभइ हुँदैन । विभिन्न जात्राहरूमा कुमारीकै विशेष भूमिका रहन्छ ।
नुवाकोट जिल्लाभरमा एकमात्र कुमारी नुवाकोट (दरबार क्षेत्र) मण्डलामा रहेकी छन् । जहाँ २०७० सालदेखि हाल ७ वर्षीया दिनिशा डंगोललाई कुमारीका रूपमा पूजा गरिँदै आएको छ । नुवाकोटमा कुमारी राख्दा १२ भाइ खलकीबाट राख्ने प्रचलन रहेको छ । मौलिक कला र संस्कृतिले नुवाकोटको पहिचानलाई झल्काउने गर्छ । हाल कुमारी प्रथाले यस जिल्लाको लोकसंस्कृतिको गरिमा र इतिहासलाई उच्च र जीवन्त राखेको छ । कला र संस्कृति सधैं कार्य क्षेत्रसँग जोडिएकोले यसको महत्व सबै क्षेत्रमा रहेको छ । कुमारी राख्ने चलन कहिलेबाट सुरू भयो भन्ने सन्दर्भमा ठ्याक्कै मिति नै तोक्न मिल्ने कुनै लिखित प्रमाण छैनन् ।
तथापि, नेपालको इतिहासमा कतिपयले लिच्छवी राजा मानदेवले आफ्नो सम्पत्ति दान गरेर गुठीको सुरूआत गरेको भन्ने पाइन्छ ।
त्यस्तै, अर्को मान्यता, मल्लकालीन समयमा राजालाई सपनामा तुलजा भवानीले आफ्नो खलकमा अन्तिम राजा भएको र शासन अवधि १२ वर्षभन्दा बढी समय टिकाउने हो भने पुजारीहरूको खलकबाट भवानीको प्रतिरूपमा बालिकालाई कुमारी बनाएर मन्दिरमा प्रतिस्थापन गरी पूजा गर्न‘ भनिएको जनश्रुति रहेको छ । सपनाकै आधारमा राजाले कुमारी पूजा गर्न थालेको र त्यो प्रथालाई निरन्तरता दिइएको हो भनिन्छ ।
अन्तिम मल्लहरूका अन्तिम राजा जयप्रकाश मल्लले १८ वर्ष शासन गरे र आफ्नो शासनकालमा कुमारी पूजालाई निरन्तरता दिएका थिए । त्यसपछिका शाह राजाहरूले पनि यो परम्परा
तोडेनन् । कुमारी पूजाको सन्दर्भमा विभिन्न सांस्कृतिक तथा धार्मिक मान्यता रहेका पाइन्छन् । धार्मिक रूपमा कुमारी पूजा हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा प्रतीकका रूपमा लिइन्छ । बौद्ध धर्मावलम्बीहरूले कुमारीलाई बज्रदेवीको रूपमा पूजा गर्ने र हिन्दुहरूले भवानीको रूपमा पुज्ने गरेका छन् ।
कुमारीको पूजा देश र जीवनको रक्षाको रूपमा गरिने भैरवीका पूजारी हरिमानसिंह डंगोल भन्छन्, ‘कुमारीको पूजा देश र जीवनको रक्षाका निम्ति गरिएको हो ।’ कतिपय कुमारी पूजा गर्न‘ भनेको कौमार्यको सम्मान गरिएको अर्थमा पनि बुझ्छन् । वास्तवमा भन्ने हो भने कुमारी भनेको स्त्री जीवन चक्रको प्रारम्भिक अवस्था हो ।
त्यसैले हुनुपर्छ, रजस्वला नभएसम्मको अवस्थालाई कुमारी भन्ने गरिएको ।
जानकारहरूका अनुसार जबदेखि यहाँ मानव बस्ती बस्न थाल्यो त्यही समयदेखि नै यो पूजा गर्दै आइएको हो । यो नेवार समुदायमा बढी प्रचलनमा रहेको, वर्षौंदेखि चल्दै आएको मौलिक, संस्कृति त हो जाति विशेष जनाउने पहिचान पनि हो । नुवाकोटको प्रसिद्ध देवीका पूजारी डंगोलका अनुसार कुमारी जीवित देवी रहेको र तुलजा भवानीको स्वरूप मानिने गरिँदै आइएको छ । यो पूजाले नेवारी समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ ।
नुवाकोटमा कुमारी राख्ने प्रचलन पहिलैदेखि रहेता पनि पछिल्लो समयमा आएर यो प्रथा छायामा पर्दै गएको प्रतीत हुन्छ ।
नेपालमा राजकीय कुमारीबाहेक विभिन्न ११ स्थानमा कुमारी छन् । ती हुन्, बसन्तपुरको राजकीय कुमारी, काठमाडौं मखनटोलको कुमारी, काठमाडौं किलाथलको कुमारी, टोखाको कुमारी, भक्तपुरको कुमारी, पनौतीको कुमारी, ललितपुरको आजीवन कुमारी, बुङ्गमतीको कुमारी, साँखुको कुमारी, पनौतीको कुमारी र नुवाकोटको कुमारी । यसरी सय स्थानहरूमा कुमारी रहेको बताइन्छ । विगत केही वर्षदेखि काठमाडौंका ह्यूमत महिला समूहले, यस संस्थाका प्रचारप्रसार संयोजक राजु नापितले बताएअनुसार, हरेक तीन तीन वर्षमा विभिन्न कार्यक्रम गरी कुमारी पूजा गर्दै आइरहेको छन् ।
यो संस्था कुमारीको प्रचारप्रसार गर्दै यस प्रथाको संरक्षण गर्न‘पर्छ भनेर लागि परेको छ । कुमारी पूजामा स्थानीयहरूको चासोमा कमी रहेको देखिन्छ । यस सम्बन्धमा स्थानीय सरकारको ध्यान जान जरूरी छ । यस्तै, स्थानीय सांस्कृतिक पहिचानले नै समृद्ध नेपालको राजमार्ग बन्न सम्भव हुन्छ । कुमारी भन्ने बित्तिकै यसलाई नेवारी समुदायको पहिचान मात्रै हो भन्न मिल्दैन, यो नेपालकै पहिचान हो । हरेक घरमा कन्या कुमारीको पूजा गर्ने चलन रहेको छ । जीवित कुमारी देशका ११ स्थानमा रहेको कुरा पनि प्रचारप्रसारको कमीले नुवाकोटकी कुमारीबारे कमैलाई मात्र जानकारी भएको स्थानीय नुवाकोट कुमारीका काका उमेशमान डंगोल बताउँछन् ।
विभिन्न रितिरिवाज तथा संस्कृतिको संरक्षण गर्न सके त्यसको रक्षा गर्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ । स्थानीय जात्राहरूको संरक्षणतर्फ यसर्थ स्थानीय समुदाय तथा सरोकारवालाहरूको पनि विशेष ध्यान जानु जरूरी देखिन्छ ।
पुजा गर्न आएका झलनाथले अरु के भने ?
सरोज डंगोल
विदुर\नेकपाका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताए । शनिबार विदुरमा प्रेस सङ्गठन नेपाल नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व प्रधानमन्त्री खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको विकल्प नभएको बताएका हुन् । पत्रकारले पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न गरेको निर्णयलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको भन्ने विषयमा सोधेको प्रश्नको जवाफ दिँदै नेता खनालले भने– ‘पार्टीको निर्णय सबैले मान्नुपर्छ, प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने हुँदैन, पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन ।’ उनले पार्टी एकतामा कहीँकतै आँच आउन नदिनेसमेत बताएका छन् ।
उनले पार्टी फुट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दिवास्वप्न मात्र भएको बताए । ‘पार्टी एक ढिक्का भएर अघि बढ्छ, पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन’, खनालले भने । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को शंसोधन पछि मात्रै पारित गर्नु पर्ने बताए । उनले अनुदान सहायताका बारेमा सरकार र एमसिसीबीच भएको सम्झौता र हिन्दप्रशान्त रणनीति अध्ययन गरेकाले शंसोधनको आबाश्यक रहेको बताए । एमसिसी शंसोधन भएमा मात्रै संसदबाट पारित हुने उनको धारणा रहेको छ । नेकपा पार्टीभित्रै एमसीसीका बारेमा चर्को विरोध भएपछि नेकपा केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गरेको थियो । खनाल कार्यदलका सदस्य थिए ।

No comments:
Post a Comment