विदुर\समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालयहरुसंगको समन्वयमा नुवाकोट प्रहरीले शनिवार विभिन्न स्थानमा कोरोना भाईरस सम्बन्धी सचेतनामुल कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कायार्नलय नुवाकोटका अनुसार शनिवार एकैपटक आठ स्थानमा कार्यक्रम भएको हो । चोगते, ढिकुरे, देउराली, तारुका, बाघखोर, कोलनी, खनानीटारमा कार्यक्रम सम्पन्न भएको छ । विश्वमा फैलिरहेको कोरोना भाईरसको कारण आम मानिसमा आउन सक्ने स्वास्थ्य खतरालाई मध्यनजर गर्दै कोरोना भाईरस बाट बच्ने उपायहरु र कोरोना भाईरसका लक्षणहरुको बारेमा सचतनामुलक कार्यक्रम भएको बताइएको छ । त्यस अवसरमा विदुर नगरापालिकाको बट्टार बजार र त्रिशुली बजारमा ‘हेल्पडेक्स’ समेत स्थापना भएको छ ।
No comments:
Post a Comment