Monday, March 09, 2020

बुद्धभुमीले उत्पादन थाल्ने

खरानीटार\तल्लो तादीखोला जलविद्युत् आयोजनाले तीन महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने बताएको छ । सिभिल सहितको ८५ प्रतिशत काम सकिएकाले बाँकी काम छिटो बढ्ने आयोजनाको भनाइ छ । २०७७ जेठ मसान्तभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी निर्माण भइरहेको बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताएका छन् । 
आगामी तीन महिनामा राष्ट्रिय ग्रिडमा जोड्ने तयारी गरेको बताए । आयोजनाले तादीखोला र चन्द्रवती खोलाको संगमस्थल समुद्रटार दोभानमा बाँध बनाएको छ ।
आयोजनाको विद्युत्गृहलगायत संरचना बाहिर छन् । बाँधस्थल दुप्चेश्वर गाउँपालिका–५ हुँदै पञ्चकन्या गाउँपालिका–४ थप्रेक नौटारीमा तीन हजार मिटर लामो पेनस्टक पाइपबाट विद्युत्गृहमा पानी पठाई बिजुली उत्पादन हुनेछ । 
आयोजनाको निर्माण लागत ९८ करोड रुपैयाँ छ । जसमा २५ प्रतिशत कम्पनीको सेयर र बाँकी सिद्धार्थ बैंकको अगुवाइमा बैक अफ काठमान्डु, एनसीसी, माछापुच्छ्रे बैंकलगायतको लगानी छ । 

No comments:

Post a Comment