Monday, March 09, 2020

राम मन्दिरमा प्राण प्रतिष्ठा

त्रिशुली\विदुर नगरपालिका–१ त्रिशुली बजारमा रहेको राम मन्दिरको मुर्तिमा बिहिबार प्राण प्रतिष्ठा महोत्सव सम्पन्न भएको छ । विनाशकारी भूकम्पले मन्दिरमा क्षति भएको पुनर्निर्माण सम्पन्न गरी मन्दिरको मुर्तीमा प्राण प्रतिष्ठा गरिएको राममन्दिर संरक्षण समितिका अध्यक्ष धनबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
पहिलेको पश्चिम १ नं. भनिने नुवाकोट, धादिङ र रसुवाकै सबैभन्दा पुरानो बजार र केन्द्रका रुपमा लिइने नुवाकोटबासीको आस्थाको केन्द्र रहेको मन्दिरको पुनर्निर्माणको लागि विदुर नगरपालिका, स्थानीय नागरिकबाट एक करोड ४ लाख रकम संकलन जुटेको र अहिलेसम्म ९६ लाख खर्च भएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । महोत्सवमा श्री १००८ कविराज देवाचार्य स्वामीको प्रमुख प्रवचन रहेको थियो । फाल्गुण १८ गते गएको आईतबार देखि सुरु भएको पाँच दिने उक्त महोत्सवमा भक्तालुहरूको उल्लेख्य सहभागिता रहेको आयोजक संस्थाका नारायण श्रेष्ठले बताए । 

No comments:

Post a Comment