रोशन बोगटी
विदुर\विदुर नगरपालिकले चालु आर्थिक वर्ष २०७६÷०७७ को प्रस्तावित तथा संशोधित योजनाहरू सार्वजनिक गरेको छ ।
शुक्रवार विदुरमा भएको नगरपालिकाको छैटौँ नगरसभामा विभिन्न २४ योजनामा २ करोड ६७ लाख रुपैयाँ खर्च गरिने प्रस्ताव पारित भएको नगरप्रमुख सञ्जु पण्डितले जानकारी दिए । नगरसभामा पेश गरिएको योजनाहरू मध्ये वडा नम्बर १ को त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसको भवन निर्माणका लागि ४० लाख, वडा नम्बर १२ मा मुन्थला डिपबोरिङ आयोजनाका लागि २० लाख, वडा नं. २ मा भवन निर्माण गर्न १० लाख रुपैयाँ विनियोजन गरेको छ । पण्डितका अनुसार विदुर नगरपालिकाभरी प्रयोग गर्नेगरी हिमपाइप खरिद गर्न ५ लाख रुपैयाँ, नगरक्षेत्रका सडकहरूको सामान्य मर्मतका लागि १८ लाख र वडाहरूको कार्यालय भवनमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

कन्यादेवी आधारभूत विद्यालयको घेरावार निर्माणमा ५ लाख, अपाङ्गता भएका व्यक्ति संस्था भवन निर्माण योजनामा ४ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख दाहालले बताए ।
विदुर नगरपालिकाकै वडा नं. ३ पुसुन्टार कृषि सहकारी संस्थाको भवन निर्माणका लागि ५ लाख, वडा नं. ११ को अजम्वरी कृषि सहकारी संस्थाको भवन निर्माणमा ५ लाख र ११ नं. वडाको गेर्खु वितलव भवन निर्माण गर्न ७ लाख रुपैयाँ विनियोजन भएको छ । इन्फोग्राफिक्स :सुनील श्रेष्ठ
No comments:
Post a Comment