शर्मिला उप्रेती
विदुर\कोरोना भाइरसको संक्रमणको सम्भावित खतराबाट जोगिन जिल्लामा कार्यक्रम, सभा सम्मेलन आयोजना गर्न रोक लगाइएको छ । जिल्ला बिपद् ब्यबस्थापन समिति नुवाकोटले कोरोना भाइरसको संक्रमणबाट जोगिनका जिल्लामा उच्च सर्तकता अभियान थालेको हो । समितिको बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सबैलाई सचेत हुन र स्वस्थ्य व्यवहार गर्न आब्हान गरेको छ । भाईरसको सङ्क्रमणबाट बच्न भिडभाडमा नजान, जिल्ला भित्र सभा सम्मेलनको आयोजना नगर्न समेत सबैमा आग्रह गरेको छ ।
अन्तरक्रिया गर्दै रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, जेष्ठ नागरिक, दीर्घरोगीहरूलाई भाइरसले छिट्टै प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन र अन्य व्यक्ति सम्पर्कमा आउँदा तीन फिटको दुरी कायम गर्न आग्रह गरेको छ ।
कोरोना भाइरस हावामा एक मिनेट र मानव शरीरमा चौध दिनसम्म मात्रै जिवित रहन सक्ने हुँदा संक्रमण स्वस्थ्य व्यवहारले नियन्त्रण गर्न सकिने बताईएको छ । यसका साथै, होहल्लाको पछाडी लागेर नआत्तिन समेत आग्रह गरेको छ । समितिको बैठकले जिल्ला भित्र उपभोग्य सामाग्रीको कालो बजारी हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । उपभोग्य सामाग्रीको कृतिम अभाब सिर्जना गर्दै कालोबजारी हुने भएकाले त्यस प्रति सचेत रहदै प्रहरी प्रशासनमा खबर गर्न समेत आग्रह गरेको छ ।
संक्रमण देखिएमा उच्च ज्वरो आउने, स्वासप्रस्वासमा समस्या, लामो समयसम्म रुघाखोकी लागिरहने लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श लिन सुझाव दिएका छन् । जिल्ला भित्र रोगको संक्रमण देखिए छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाइएको समेत समितिले जनाएको छ ।
बिदाको दिनपनि खुल्न थाले स्कुल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र संत्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउन उपयुक्त हुने भन्दै मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरेको छ ।
विज्ञप्तिमा ‘बिद्यालयमा सभा, समारोह, वार्षिक उत्सवलगायतका जनभेला हुने प्रकृतिका कार्यक्रमहरू आयोजना नगर्न, नगराउन पनि उल्लेख छ । यही निर्देशनका कारण अहिले जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरूले आफ्नो शैक्षिक गतिविधिको चाप बढाएको छ । शनिवार, आइतवार र आज सोमवारको सार्वजनिक विदालाई पनि विद्यालयहरूले प्रयोग गरेका छन् । विदाको दुई दिन नियमित रुपमा प्रायः विद्यालयहरूले कक्षा सञ्चालन गरेका छन् भने आज सोमवार पनि विद्यालय आउनका लागि विद्यार्थीहरूलाई आव्हान गरेका छन् । छिट्टै पाठ्यक्रम सक्काएर बार्षिक परीक्षा लिने तयारीमा विद्यालयहरू देखिएको छ । चैत ५ गतेभित्रमा सम्पूर्ण परीक्षा सक्ने गरी नुवाकोटका विद्यालयहरूले कार्यतालिका बनाएका छन् ।
विद्यालयमा हुने जनघनत्व र त्यसबाट बढि हुने भाइरस संक्रमणको जोखिमका कारण सरकारले विद्यालयहरू छिट्टै खाली गराउन लागेको हो । शैक्षिक गतिविधिहरू रोकिदा शहरी क्षेत्रबाट गाउँ जाने नागकिरहरू बढ्ने र त्यसको फाईदा बढि काठमाडौंलाई हुने अनुमान गरिएको छ । काठमाडौं कोरानाको उच्च जोखिममा रहेकोले कमेसम्म काम नागरिकहरू उतप्यकामा रहुन् भन्ने अभिप्रायले सरकारले तयारी गरिरहेको छ ।
कार्यक्रमहरु स्थगन
फागनुको २३ र २४ गते बस्ने भनिएको नेकपा नुवाकोटको बैठक कोरोना भाइरका कारण स्थगित भएको छ । कोरोना भाईरसको संक्रमण विश्वब्यापी रुपमा फैलिदै गएको सन्दर्भमा त्यसबाट पर्न सक्ने असरको सम्भावनालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको नेकपा नुवाकोटले जनाएको छ ।
बागमती प्रदेश संगठन कमिटीको निर्देशन अनुसार अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको पार्टीले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय पुर्व नै नेकपाले यो कार्यक्रम स्थगन गरिसकेको थियो ।
जिल्ला बिपद् ब्यबस्थापन समिति नुवाकोटले औपचारिक कार्यक्रम, सभा सम्मेलन नगर्न आग्रह गरेसंगै जिल्लामा आयोजना गरिएको औपचारिक कार्यक्रमहरू सबै रद्द भएका छन् । शुक्रवारदेखि यता जिल्लाका कुनै औपचारिक कार्यक्रम र सभा समारोहहरूको आयोजना गरिएको छैन । शुक्रवार विदुर नगरपालिकाले नगर सभाको आयोजना गरेको थियो । कोराना भाइरसका कारण लामो समयसम्म औपचारिक कार्यक्रम गर्नका लागि समस्या हुने अनुमान गर्दै नगरपालिकाले शुक्रवार नै आफ्नो नगरसभा सक्काएको हो ।
त्यस अघिनै कार्यक्राको निर्धारण गरेको सरकारी तथा गैर सरकारी संस्था, कार्यलयहरूको कार्यक्रम सबै रोकिएका छन् । कोरानोको त्रानस अन्तय भएपछि मात्रै कार्यक्रमको आयोजना गर्ने गरी सबै संघसंस्थाहरूले नागरिकहरू बढि भेला हुने कार्यक्रम र गतिविधिहरू स्थगन गरेको हो ।
ग्यास, चामल दुई महिनालाई स्टक
कोरानो भाइरसबाट बच्नका लागि अपनाईएको पुर्व सावधानीको असर नुवाकोटको बजारमा भटाभट देखिन थालेको छ । नुवाकोटका प्रमुख बजारहरूमा खाद्यान्न र ‘स्टोर’ गर्न मिल्ने सामाग्रीहरूको खरिद चाप उपभोक्ताहरूले ह्वात्तै बढाएका छन् ।
बजार क्षेत्रमा बसोवास गर्ने उपभोक्ताहरूले दैनिक खाद्यय सामाग्री, नुन, तेल मसाला, ग्यासको माग ह्वात्तै बढाएपछि बजारमा अभाव हुन थालेको छ । नियमति रुपमा खरिद गरिरकेको मात्रामा निक्कैनै बढि खरिद गर्न थालेको व्यवसायीहरूले बताएका छन् । धेरैले कम्तिमा दुई देखि तीन महिनालाई पुग्ने चामल, दाल, तेल, नुन ‘स्टक’ राखेका छन् ।
अरुले खरिद गरेको देखेर पनि चाहिने भन्दा बढी सामाग्री उपभोक्ताले खरिद गर्न थालेका छन् । एक खरिदकर्ता भन्छन् –‘काठमाडौंमा धेरै कुरा सटेज हुनथाल्यो भन्ने सुनिरहेको थिए, नुवाकोटमा पनि धेरैले खाद्य सामानहरू दुई तीन महिनालाई पुग्ने गरि किनेको देखेर मैले पनि राखेको छु ।’ यसरी उपभोक्ताले स्टोर गरेर राख्ने खरिद सामाग्रीमा बढि एलपीग्यास रहेको छ । भुकम्पको समय र भारतले लगाएको नाकाबन्दीको बेलामा ग्यासका कारण जीवन अस्तब्यस्त रहेको स्मरण गर्दै नागरिकहरूले ग्यास स्टोरको मात्रालाई बढाएका छन् । ‘चामल गाउँबाट मिलमा कुटाएर ल्याउला, गुन्द्रुक खाउँला, अब ग्यास भएन भने त दाउरा खोज्न कता जाउ ?’ एक उपभोक्ताले भने ।
उपभोक्ताहरूको यही उच्च मागको मौका छोपेर ब्यापारीहरूले पनि केही उपभोग्य सामाग्री लुकाउन थालेको अनुमान गरिएको छ । अत्यावश्यक सामाग्रीहरू बजारमा अभाव हुन थालेको उपभोक्ताहरूले बताउन थालेका छन् । अरुले अभाव हुन्छ भन्दै किनेको देखेर चाहिने भन्दा बढि मात्रामा सामाग्री उठाएकै कारण जिल्लामा उपभोग्य सामाग्रीहरूको अभाव सृजना हुन थालेको हो । तर जिल्ला प्रशासन कार्यालयले भने त्यस्ता अभावको अवस्था नआउने भन्दै नआत्तिन र चाहिने भन्दा बढी सामान खरिद गरेर अभाव सृजना नगराइदिन आग्रह गरेको छ । साथै ब्यापारीले सामाग्रीको अभाव सृजना गरेमा वा अभावको नाममा मुल्य बढाएमा खबर गर्न आग्रह गरेको छ ।
त्यसो त नुवाकोटको बजारमा खाद्यान्न बाहेकका अन्य सामाग्रीहरूको अभाव मात्रै भएको छैन मुल्य समेत बढेको छ । इलेक्ट्रोनिक्स सामाग्री र लत्ताकपडा अहिले माग अनुसारको बजारमा नपाइएको उपभोक्ताहरूले गुनासो गरेका छन् । त्यस्तै सोही सामानमा अहिले १५ प्रतिशतसम्म मुल्य वद्धि भएको समेत बताइएको छ ।
औषधि तीन महिनालाई छ
नेपाल औषधि उत्पादक संघले कोरोना भाइरस विश्वव्यापी बनिरहेका बेला आउन सक्ने सम्भावित संकटका क्रममा नेपालमा औषधि अभाव हुन नदिने स्पष्ट पाारेको छ ।
संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा ३ महिनासम्म औषधि अभाव नहुने स्पष्ट पारेको हो । त्यस्तै यसअघि नै ल्याइसकेको कच्चा पदार्थ पनि धेरै रहेकाले औषधि अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले बताए । नेपालालई औषधिमा आत्मनिर्भर बनाउने क्रममा एलोपेथिक औषधिका ६२ वटा उद्योगहरू सञ्चालनमा रहेको र अरु ४२ वटा निर्माणाधीन अवस्थामा रहेको पनि संघले जनाएको छ । महासचिव अधिकारीले हाल भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाएको स्मरण गराउँदै अधिकारीले नेपालमै उत्पादित कुनै पनि औषधिको अभाव हुन नदिने बताए ।
कोरोनाको संत्रासले सुनसान नाका
रसुवा\कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण पछिल्लो एक महिनायता रसुवागढी नाकाबाट आउजाउ तथा आयात–निर्यात ठप्प भएको छ । अहिले नाकामा सुरक्षा अधिकारीहरू र केही स्वाथ्यकर्मीहरू मात्र छन् ।
नाकामा सवारी साधन चलेका छैनन् भने पर्यटकहरूको पनि आवतजावत पूर्ण रूपमा बन्द रहेको नाकामा रहेका सुरक्षा अधिकारीहरूले बताए । केरुङमा रहेका नेपालीहरू भने फाट्टफुट्ट आइरहेका छन् । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार टिमुरेको भन्सार यार्ड पनि खाली भएको छर । आयात–निर्यात ठप्प हुँदा राजस्व संकलन पनि प्रभावित भएको खड्काले बताए । नाकामा दुवै देशतर्फका सरकारी कार्यालयहरू भने खुलै छन् ।
चीनबाट आयात हुने धेरैजसो सामग्री २०७२ मंसिरदेखि यही नाकाबाट आउने गरेको थियो । यो नाकालाई २०७४ भदौ १४ गते चीन सरकारले अन्तराष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारी साधनको चाप बढ्दै गएको थियोर । रसुवागढी तथा अन्तराष्ट्रिय विमानस्थलबाट आउनेसहित नेपालको वैदेशिक व्यापारमा चिनियाँ सामग्रीको हिस्सा १६ प्रतिशत हो । गत वर्ष चीनबाट २ खर्ब ५ अर्बको सामग्री आयात भएको थियो ।
यो वर्ष आयात बढेर चीनको हिस्सा बढ्ने क्रममा थियो । यस आर्थिक वर्षको सात महिनामा १ खर्ब ३२ अर्ब रुपैयाँको सामग्री आयात भइसकेको छर । अहिले विमानस्थल भएर केही सामग्री मात्रै आइरहेको छर । गत वर्ष नेपालले चीनतर्फ २ अर्ब १० करोड रुपैयाँको सामग्री निर्यात गरेको थियो । यस वर्ष १ अर्ब ६ करोड रुपैयाँका सामग्री निर्यात गरेको थियो । आयात–निर्यात दुवै सामग्री यही नाकाबाट हुने गरेको थियो ।
रसुवागढी नाकाबाट आवत–जावत र यातायात चल्न छाडेपछि नेपालतर्फको टिमुरे बजार पनि सुनसान रहेको स्थानीय उर्केन घलेले बताए । रसुवागढी नाकामा माघ १० गतेदेखि हेल्थ डेक्स स्थापना गरी नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको जाँच गर्न तयारी अवस्थामा राखिएको छ । नाकामै रहेको उक्त टहराको हेल्थ डेक्स पनि सुनसान छ । नाकाको हेल्थ डेस्कमा अहिले चार जना स्वास्थ्यकर्मी छन् ।
आइसोलेसन कक्ष स्थापना, बेत्रावतीमा हेल्प डेस्क राख्ने
कोरोना भाइरस (कोभिङ—१९) को शंकास्पद विरामीको उपचारर्थ रसुवा जिल्ला अस्पतालमा आइसोलेसन कक्षको स्थापना गरिएको छ ।
जिल्लामा हालसम्म कोरोना भाइरस देखिएको छैन । शंका लागेमा अस्पतालमा तत्कालै आउन असपतालले आग्रह गरेको मेडिकल सुपरिटेन्डेन डा. अनिलकुमार खरेलले बताए । भाइरसको शंका लागेको विरामीलाई आइसुलेसनमा राखेर उपचार गरिने र उपचार हुन नसके काठमाण्डौ रिफर गर्न एम्बुलेन्स तयारी अवस्थामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइकेलले बताए ।
अस्पतालमा प्रयोग विहिन अवस्थामा रहेका अल्मुनियमका बेडलाई प्रयोगमा ल्याई कक्ष सञ्चालनमा ल्याएको हो । रसुवा जिल्लामा रोग भित्रन नदिन नाकामा सम्बेदनशिलता अपनाई दुई जना एमविविएस डाक्टर खटाई सकेको बताइएको छ ।
टेम्पल थर्मेमिटर, व्यक्तिगत सुरक्षा यन्त्र, केस रिपोर्टिङ फर्म्याट, ट्राभल हिस्टोरी, स्क्रिनिङ, स्याम्पल कलेक्सन फर सस्पेक्टेड र आइसोलेसन रुम (रसुवा जिल्ला अस्पताल धुञ्चे मा) व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
त्यसै गरी रसुवा र नुवाकोट जिल्लाको सिमानास्थल बेत्रावती बजारमा समेत हेल्प डेस्क राख्ने तयारी भइरहेको छ ।
No comments:
Post a Comment