त्रिशुली\विदुर नगरपालिका वडा नं. १ ढुंगेका एक नवविवाहित जोडीले सामुहिक आत्महत्या प्रयास गरेकोमा श्रीमतीको मृत्यु भएको छ ।
श्रीमान्को भने सामान्य अवस्थामा प्रहरीले उद्धार गरेको छ । पारिवारिक विवादका कारण जोडीनै घरको छतबाट त्रिशुली नदीमा एकैपल्ट हामफाल थिए । घटना बुधवार रातीको हो । भखैरै विवाह गरेका २२ वर्षीय मौषम खाती र २१ वर्षीया सञ्जु खाती आत्महत्या गर्न एकैपल्ट त्रिशुली नदीमा हामफालेका हुन् । उनीहरूको घर वरपरकाले नदीमा दुवै जना हामफालेको थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए ।
त्रिशुली नदी किनारमै घर भएका उनीहरूले घरको छतबाट एकैपटक हामफाल्दा श्रीमती सञ्जुको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमान् मौशमलाई घटनास्थलबाट घाईते अवस्थामा प्रहरीले उद्धार गरेको छ । सञ्जुको टाउको ढुङ्गामा बज्रिएर घटनास्थलमै मुत्यु भएको थियो भने मौषम चाँही पानीमा परेकोले सामान्य अवस्थामा थिए ।
त्रिशुली नदीमा पानीको बहाव र सतह कम रहेकोले उनीहरूलाई प्रहरीले घटनास्थलमै फेला पारेको हो । उनीहरूको ६ महिनाअघि मात्रै विवाह भएको पारिवारिक स्रोतले जनाएको छ ।
छिमेकीले पारिवारिक विवादका कारण दुवैले आत्महत्या प्रयास गरेको भनिएपनि पनि खास कारण भने खुलेको छैन ।
No comments:
Post a Comment